Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

बाग्लुङमा प्रहरीको बरिष्ठ सई पौडेलको हत्या भएको निष्कर्श

बाग्लुङमा प्रहरीको बरिष्ठ सई पौडेलको हत्या भएको निष्कर्श

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० साउन । मृत फेला परेको भनिएको बागलुङका बरिष्ठ सईको हत्या भएको निष्कर्श अनुसन्धानले निकालेको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ९सई० उज्जल पौडेल सोमबार बिहान होटलमा मृत भेटिएका थिए । पर्दाको पासो लगाएको अवस्थामा आशा होटलको तल्लो तलामा मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए । पौडेल बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएपछि घटनालाई संकास्पद मानिएका थिए । उक्त घटनाको घटनाले सई पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा प्रहरीले होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन...
राष्ट्रिय अनुसन्धान विभागका अधिकृत मृत भेटिए

राष्ट्रिय अनुसन्धान विभागका अधिकृत मृत भेटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृतअवस्थामा भेटिएका छन् । ईश्वर नगरपालिका– ६ बयलवास बजार निवासी २९ बर्षीय बसन्त साह सोही नगरापलिका ९, खोरिया टोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए । ड्युटी सकेर राति घर फर्किइरहेका साहले परिवारलाई फोन गरेर रातको १० बजे घर आईपुग्ने जानकारी गराएका रहेछन् ‘एसपी सुवेदीले भने’ तर भनेको समयमा नफर्क...
मेस्सीको दुई गोलमा मियामी विजयी

मेस्सीको दुई गोलमा मियामी विजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १० । अमेरिकी मेजर सकर क्लब इन्टर मियामी लिग कपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले लिग कपको खेलमा लगातार गोल गरेका छन् । बुधबार डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेस्सी र रोबर्ट टेललरे समान दुई–दुई गोल गर्दा मियामीले एटलान्टा युनाइटेडमाथि ४–० को जित निकालेको छ । मियामीका लागी मेस्सीले खेलको ८ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने २२ औं मिनेटमा रोबर्ट टेलरको पासमा दोस्रो गोल गर्दै आग्रता दोब्बर पारे । खेलको ४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमा मियामीले ३ गोलको आग्रता लिएको थियो भने ५३ औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले गोल गर्दै ४–० को आग्रता बनाए । यसअघि मेस्सीको डेब्यु खेलमा मियामीले अजुलमाथि २–१ को जित निकालेको थियो । एक–एक गोलको बराबरीमा रहेको खेलमा मेस्सीले इन्जुरी टाईममा फ्रिकिकमार्फत गोल गर्द...
प्रकृया विपरित गोरखापत्र संस्थामा कर्मचारी नियुक्त गरेको भन्दै खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

प्रकृया विपरित गोरखापत्र संस्थामा कर्मचारी नियुक्त गरेको भन्दै खारेज गर्न सतर्कता केन्द्रको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । गोरखापत्र संस्थामा प्रकृया विपरित करारमा १२ जना कर्मचारी नियुक्ति गरेको भन्दै खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले संचार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियामावली २०५२ को विनियम बमोजिम पदपुर्ती सिमतिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा, विनियानामावलीको प्रकृया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको भन्दै कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदी सहित पाचँजनालाई कारवाही गर्न समेत केन्द्रले निर्देशन दिएको छ । कार्यकारी अध्यक्ष सुवेदीले १२ जनालाई करारमा प्रकृया विपरित नियुक्त गरेको केन्द्रको ठहर छ । अध्यक्ष सुवेदीले उपसंपादक पदमा दिनेश लुईटेल र विनोद न्यौपाने, समाचारदातामा सूर्य प्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोक बहादुर कटुवाल, श्रृजना खत्री, गोविन्द रेग्मी र सनम महर्जन,...
२२ जना प्रहरी बिदा स्वीकृत बिना गैर हाजिर, सात दिन भित्र हाजिर हुन निर्देशन

२२ जना प्रहरी बिदा स्वीकृत बिना गैर हाजिर, सात दिन भित्र हाजिर हुन निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई गैरहाजिर भएका २२ जना प्रहरीलाई सात दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले बुधबार एक सुचना जारी गर्दै सात दिन भित्र हाजिरी हुन भनेको छ । कार्यालयले गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुनु पर्ने, अन्यथा सेवाबाट हटाउने चेतावनी समेत दिएको छ । प्रहरी चौकी सतिघट्टा ज्यामिरगढीबाट झापा दरबन्दी भएका प्रहरी जवान सप्तरी शुभनाथ नगरपालिका १२ का नरेन्द्र कुमार शाह सबैभन्दा लामो समयदेखि गैरहाजिर छन् । उनि २०७९ चैत २७ गतेदेखि कार्यालयमा हाजिर भएका छैनन् ।...
आज कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १० । आज देशभर आंशिक देखि सामान्य बदली रही कोशी सहित पाचँ प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुर पश्चिममा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी पहाडी भु–भाग तथा थोरै स्थानहरुमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ सहित र कोशी सहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती देशका पहाडी भू–भागका...
नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका : भाजपा

नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका : भाजपा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । भारतीय दल (भाजपा) ले नेपाल परिवर्तनमा माओवादीको मुख्य भुमिका रहेको जनाए । भारतिय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए । माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् । माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए । यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस। जयशंकरसँग भेट्ने कार्...
दिल्लीमा एक नेपाली महिला मृत अवस्थामा फेला

दिल्लीमा एक नेपाली महिला मृत अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ । ती महिलाले झुण्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले महिलाको नाम कमला भएको जानकारी दिएको छ । महिलाको घर नेपालको लामडाडामा रहेको बताइएको छ । प्रहरीले सोमबार दिउँसो १ः२५ बजे घटनाबारे जानकारी पाएको थियो । टाइम्स अफ इन्डियाको समाचारमा जनाइए अनुसार, लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारेको थियो । महिला सलको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएकी थिइन् । कमला श्रीमान, १४ वर्षीया छोरी र आठ वर्षीय छोरासहित विगत १७ वर्षदेखि त्यो घरमा बस्दै आएकी थिइन् । कमलाका श्रीमानले त्यही घरमा घरेलु कामदार थिए । घट...
विमानस्थल भन्सारको प्रमुख पोखरेललाई जिम्मेवारीबाट हटाईयो

विमानस्थल भन्सारको प्रमुख पोखरेललाई जिम्मेवारीबाट हटाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भन्सार प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाईएको छ । पोखरेललाई सुन प्रकरणबारे छानबिन गर्न उक्त जिम्मेवारीबाट हटाईएको अर्थ मन्त्रालयले जनाएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएका होँ, मन्त्रालयका प्रवक्ता धनिराम शर्माले भने । पोखरेलको ठाउँमा भन्सार कार्यालय प्रमुखका लागि सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । प्रवक्ता एवं सहसचिव शर्माका अनुसार पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।  ...
साउदीमा दाजु बहीनीलाई मृत्युदण्डको सजाय

साउदीमा दाजु बहीनीलाई मृत्युदण्डको सजाय

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । साउदीको मक्कामा दाजुबहीनीलाई मृत्युदण्डको सजाय दिईएको छ । यी दुईलाई आफ्ना आमाबुवा र दाइ बहिनीको हत्यामा दोषी पाइएको थियो । यसवारे साउदी अरब सरकारले जानकारी दिएका हुन् । अल अरेबियाको खबर अनुसार अब्दुल्ला अजिज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहूदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधी मिसाइदिएकी थिइन् । त्यसपछि यी दुई दाइ–बहिनीले आफ्नी आमा र एक भाइलाई सुतिरहेका बेला गोली हानी हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्को भाइलाई पनि गोली हानियो । साउदी सरकारका अनुसार अपराधपछि दुई जना मिलेर शवलाई एउटा स्थानमा लिएर गएको र त्यहाँ आफ्ना बुवालाई बोलाएर उनलाई पनि गोली हाने । सरकारका अनुसार यी दाइ बहिनीले पूरा घरलाई आगो लगाइदिएको र ग्यास लिक भएका कारण सल्किएको आगोमा परी सबै जना मरेको बताए । साउदी सरकारले सुरक्षा र स्थिरता यथावत् राख्नका लागि आफू प्रतिब...