Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको बताएका छन् । ठुला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ‘उनले भने’ तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाईने छ । सुन प्रकरणको जरैसम्म पुग्ने गरी निर्देशन दिएको र दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने पनि उनले बताए । भ्रष्टचार विरुद्धको अभियान दृढताका साथ अघि बढाइने र पछिल्लो समय सरकारले भ्रष्ट्राचारविरुघ चालेको कदमले नेपाली समाजमा आशा र विश्वास पलाएको गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवन...
अविरल वर्षाको कारण दाङको देउखुरी क्षेत्रको दर्जन बढी घर डुबानमा

अविरल वर्षाको कारण दाङको देउखुरी क्षेत्रको दर्जन बढी घर डुबानमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । अविरल वर्षाको कारण दाङको देउखुरी क्षेत्रका दर्जन बढी घर डुबानमा परेको छ । गएरातिदेखी लगातार बर्षात भएपछि लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका केही घर डुबानमा परेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जानकारी दिएको छ । भारी वर्षासँगै राप्ती नदीमा आएको बाढीले राजपुर गाउँपालिका ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। त्यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार घर डुबानमा परेको छ। लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ । डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि प्रहरी खटिएका छन् ।त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको...
भिमगिठेका इन्चार्ज होटलमा मृत फेला

भिमगिठेका इन्चार्ज होटलमा मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ९ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज एक होटलमा मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थितमा रहेका आशा होटलमा पासो लगाएको अवस्थामा वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल भेटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । प्रमुख श्रेष्ठका अनुसार होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको देखेपछि होटल साहुजीको छोराले पासो काटेर वडा अभ्यक्षलाई खबर गरेको खबर आएको छ । घटनाको अनुसन्धानको लागी होटेल साहुनी र छोरालाई चौकीमा पठाएको उनले बताइन् । सोमबार राति साढे १२ बजेतिरको घटना रहेको र घटना भएपछि होटल सञ्चालनकले १ बजेतिर वडा अध्यक्षलाई फोन गरेर सुचना दिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा खटिएको र यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बत...
बिद्युतीय सवारीको आयत बढ्यो

बिद्युतीय सवारीको आयत बढ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९(८० मा अहिलेसम्मकै सबैभन्दा धेरै विद्युतीय सवारी भित्रिएका छन् । सरकारले प्रत्येक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने कर, भन्सार शुल्क र अन्तःशुल्क परिवर्तन गर्दै आइरहेको छ । यसका बाबजुद निजी कम्पनीहरुले आफ्नो पहलमा नेपालमा विद्युतीय सवारीको आयात र बिक्रीवितरण उल्लेख्य रुपमा गरिरहेका छन् । भन्सार तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका छन् जुन, अहिलेसम्मकै धेरै हो । अघिल्लो आर्थिक वर्ष २०७८(७९ मा नेपालमा जम्मा १८ सय ७ वटा विद्युतीय सवारी भित्रिएका थिए । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् । यसमध्ये ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारी साधन सबैभन्दा धेरै आउने गरेका छन् । यसपछि १०० देखि २०० किलोवाट क्षमताका सवारी धेरै ...
कोशी सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले तोक्यो पूर्ण इजालस

कोशी सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले तोक्यो पूर्ण इजालस

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन ९ । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पूर्ण इजालसमा पेसी तोकिएको छ । चार दलको समर्थनमा कांग्रेस संससदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । सभामुख सहितको समर्थनमा थापा मुख्यमन्त्री भएपछि नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले असंवैधानिक रुपमा सरकार गठन गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारविरुद्ध परेको रिटमा सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । यस मुद्धाको सुनुवाईका लागी न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलास तोकिएको छ । सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अन...
गृहमन्त्री श्रेष्ठको अभिव्यक्ति माथि ओलीको आपत्ति

गृहमन्त्री श्रेष्ठको अभिव्यक्ति माथि ओलीको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । पछिल्लो समय सुन प्रकरणको कुरालाई लिएर गृहमन्त्री नाराणकाजी श्रेष्ठ दिईएको अभिव्यक्ति प्रति नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार भएको उल्लेख गरे । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए । उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए । उ...
माल्टा पठाइदिने भन्दै लाखौँ उठाएर उपप्रमुखका श्रीमान् सम्पर्क बिहिन

माल्टा पठाइदिने भन्दै लाखौँ उठाएर उपप्रमुखका श्रीमान् सम्पर्क बिहिन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । माल्टा फाउने भन्दै १९ जनाबाट लाखौँ रकम ठगी भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका कमानसिं कामीले १९ जनालाई माल्टा पाउने नाममा ठगि गरेको पाईएको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लाखौँ रकम उठाएर कमानसिं अहिले बेपत्ता छन् । युरोपेली देश माल्टामा राम्रो कमाई हुने प्रलोभन देखाएर सुर्खेत, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट १९ जनासँग कमानसिंले सुरुमा २ लाखको दरले पैसा उठाएको पीडितहरु बताउँछन् । आफ्नो कम्पनी भारतको दिल्लीमा रहेको र आफ्नो जेठान यामबहादुर विकको माध्यमबाट माल्टा पठाउने आश्वासन दिएर पैसा लिएको पीडितहरुको भनाइ छ । यामबहादुर दाङका हुन् । लाखौँ रकम उठाएर पनि माल्टा नपठाएको र केही महिना यता कमानसिं फरार रहेको भन्दै पीडितहरु सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गर्न आएका थिए । यद्यपि मुद्दा दर्ता हुन नसकेको र मंगलबार दर्ताको प्रक...
खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेको महिला सहित पाँच जना रिहा

खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेको महिला सहित पाँच जना रिहा

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ साउन । खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना रिहा भएको छ । उनिहरुलाई जनही १० हजार धरौटीमा रिहा गरिएको खोटाङ प्रहरीले जनाएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका ५ जलेश्वरका खिमाया तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्वुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुवुका हेम कुमार तामाङ असार ३१ गते पक्राउ परेका थिए । उनिहरुलाई गोरु काटेर मासुको भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । उनिहरु साउन ८ गते साँझ प्रहरीबाट छुटेका थिए । रिहा भए सँगै उनिहरुलाई नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय परिषदले सुखद विदाई गरेको छ ।...
सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले सुन समातियो : अर्थमन्त्री महत

सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले सुन समातियो : अर्थमन्त्री महत

Breaking News 3, समाचार
पूर्णपुष्ट, साउन ८ । अर्थमन्त्री डा. प्रकाशशरण महतोले सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकोले १०० किलो सुन समातिएको बताएका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भन्सारमा हुने अनियमिततालाई निश्तेज गर्न सुचना दिनेलाई पुरस्कारको व्यवस्था गर्न बजेटमा प्रस्ताव गरेको कारण सुन समातिएको उनले दाबी गरेका छन् । ‘सुचना दिनेलाई पुरस्कार दिने व्यवस्था बिचमा हटेतापनि पुन : आफुले बजेटमा प्रस्ताव गरेकोले सुचना दिनेलाई प्रोत्साहन मिलेको उनले बताए । यस्ता घटनामा सुशासन सुनिश्चित गर्न, दुरुप्रयोग अनियमितता र गैरकानुनी क्रियाकलापलाई अन्त्य गर्न राज्य पुरै प्रतिबद्ध रहेको छ ‘मन्त्री महतोले भने’सुन प्रकरणको जरासम्म पुगेर अनुसन्धान हुन्छ । राजश्व अनुसन्धान विभागले पनि छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । तस्करी हुन नदिन् विमानस्थलमा आधुनिक मेसिनहरु जडान गरिने बता...
कोरियाली भ्लगरसँग पैसा लिने ट्राफिक प्रहरी हवल्दार निलम्बित

कोरियाली भ्लगरसँग पैसा लिने ट्राफिक प्रहरी हवल्दार निलम्बित

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । भारतको दिल्लीमा कोरियाली भ्लगरसँग पैसा लिने ट्राफिक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई पाँच हजार घुस लिएको आरोपमा निलम्बन गरेको हो । कोरियन भ्लगरले ट्राफिकले पैसा लिएको भिडियो १३ लाख सब्सक्राईबार रहेको आफ्नो FITVELY युट्युब च्यानलमा अपलोड गरेका थिए । यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँदैन । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ । उक्त भिडियोमा कारबाट कतै गहरहेको भ्लगरलाई चेकिङमा खटिएको ट्राफिक हवल्दारले रोकेको देखिन्छ । त्यसपछि ट्राफिकले पाचँ हजार भारु मागेको देखिन्छ, तर भ्लगरले पाचँ सय होला भनेर पाचँ सय भारु झिकेर दिएका छन् । भ्लगरले पाचँ सय झिकेर दिदाँ ट्राफिकले पाचँ हजार होईन पाचँ हजार भनेर माग्छन र भ्लगरले पाचँ हजार झिकेर दिएको देख्न सकिन्...