जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु, ३१ गम्भीर
पूर्णपुष्टि, ८ साउन ।
गत आर्थिक वर्ष २०७९÷०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।
मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवार...









