Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव महोत्तरीमा कुटिए

जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव महोत्तरीमा कुटिए

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । महोत्तरीमा प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्देश्वर यादव कुटिएका छन् । कुटपिटबाट डिएसपी यादव घाइते भएको प्रहरीले जनाएको छ । शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाईते अवस्थामा फेला परेका डिएसपी यादवलाई उपचारको लागी अस्पताल पु¥याईएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको र हाल उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन। यस घटनाको छानबिन गर्न तिन सदस्य समिति गठन गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिले अनुसन्धान गरिरहेको छ । ‘अज्ञात व्यक्तिहरुले कुटपिट गरेको भन्ने आएको छ ‘प्रदेश प्रह...
ड्युटीमा खटिएको ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

ड्युटीमा खटिएको ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । ललितपुरको चापागाउँ दोबाटोमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । ड्युटीमा खटिएको ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि कुटपिट गरेको आरोपमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार शाहमाथि निर्घात कुटपिट गर्ने राईलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए। राईले ट्राफिक व्यवस्थापनको काममा खटिएको शाहसँग निहँ खोजी एक्कासी कुटपिट गर्न थालेको एसपी कार्कीले बताए । सिसीटिभी फुटेज हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिएको उनले बताए । पक्राउ परेका राईलाई प्रहरी वृत सातदोबाटोमा राखी अभद्र व्यवहारमा मुद्ध...
राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक हुने

राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । ४ प्रतिशत रहेको सीआरआरलाई यथावत राख्दै घट्दो मुद्रा स्फीतिलाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउन सक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध...
सिमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

सिमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ साउन । नेपाल(भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।...
चिर्पट प्रहार गरी भिनाजुको हत्या

चिर्पट प्रहार गरी भिनाजुको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ साउन । आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । लक्ष्मिनिया गाउँपालिका(७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका २५ वर्षीय सुरज सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते शिवमुरतको रामा अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सितामाढीतर्फ लैजाने क्रममा गएराति मृत्यु थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरको फुलजोरमा स्कुर र मोटरसाईक एक आपसमा दुर्घटना, ४ जना घाईते

उदयपुरको फुलजोरमा स्कुर र मोटरसाईक एक आपसमा दुर्घटना, ४ जना घाईते

Breaking News 1, समाचार
पुर्णपुष्टि,साउन ६ । मदन भन्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रिनपा १ फुलजोरमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर हुँदा ४ जना घाइते भएको छ । पुर्वबाट पश्चिम् तर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२०५१ प ३१६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको स ७ प २८१५ नम्बरको स्कुर दुर्घटना हुँदा स्कुटर र मोटरसाइकलमा सवार ४ जना घाइते भएको हो । जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परि ५७ वार्षिए बद्री नारायण चौधरी, ४७ बर्षका बिकाश चौधरी र अर्का २१ बर्षका जोन राई र २० बर्षका बद्रीनाथ गौतम घाइते भएका हुन । दुर्घटनामा घाइते भएकालाइ एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका वरिष्ठ हवल्दार सागर दियालिले जानकारी दिनुभयो । दुर्घटना के कारण भएको हो भन्ने खुल्न नसकेपनी तीब्र गतिका कारण भएको हुनसक्ने प्रत्येक्षदर्शीलाई उदृत गर्दै ...
सुन प्रकरणमा भन्सार विभागले थप एक कर्मचारी निलम्बन ग¥यो

सुन प्रकरणमा भन्सार विभागले थप एक कर्मचारी निलम्बन ग¥यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भई बाहिरिएर ट्याक्सीबाट बरामद भएको सुन प्रकरणमा भन्सार विभागले थप एक कर्मचारीलाई निलम्बित गरेको छ । विभागको शुक्रबार बेलुकाको निर्णयले एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठलाई निलम्बन गरेको हो । करिब सय किलो सुन प्रकरणमा निलम्बन हुने श्रेष्ठ तेस्रो कर्मचारी हुन् । यसअघि विभागले अधिकृत सन्तोष चन्दसहित दुई जनालाई निलम्बन गरिसकेको छ । मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको सुन बुधबार भन्सार पास भएर विमान्स्थलबाट बाहिरिएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन विमानस्थलबाट बाहिरिएको खबर पाएपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो सुन प्रकरणमा विदेशी नागरिक सहित केही व्यक्तिहरु पक्राउ परेका छन् ।...
मेस्सीको डेब्यु खेलमा मियामी बिजयी

मेस्सीको डेब्यु खेलमा मियामी बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ६ । विश्व विजेता लिओनल मेस्सीको डेब्यु खेलमा इन्टर मियामी बिजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलको इन्जुरी टाइममा मेस्सीले गोल गरेपछि मियामीले क्रुज अजुलमाथि २–१ को जित हासिल गरेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ९४ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेपछि मियामीले नाटकिय जित हात पारेको छ । त्यसअघि मियामीका थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने खेलको ६५ औं मिनेटमा क्रुजका उरियल अन्टुनाले गोल गर्दै खेल बराबरी बनाएका थिए । पूर्व स्पेनिस क्लब बार्सिलोनादेखी सन् २०२१ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका मेस्सी यसै समर मेजर सकर लिग क्लब इन्टर मियामीमा आबद्ध भएका हुन् ।      ...
प्रकाश सपुतको “दमाई राजा” युट्युवको शिर्ष स्थानमा

प्रकाश सपुतको “दमाई राजा” युट्युवको शिर्ष स्थानमा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ६ साउन । गायक प्रकाश सपुतको गित “दमाई राजा” युट्युवको शिर्ष स्थानमा परेको छ । भर्खरै सार्वाजानिक सपुतको गित युट्युवको ट्रडिङ एकमा पर्न सफल भएको हो । च्यानलमा अपलोड गरेको करिब १६ घण्टामै झण्डै ८ लाख भ्युज उक्त भिडियोले प्राप्त गरेको हो । गितमा शान्ति श्री परियार र गायक सपुतको आफ्नै स्वरमा रहेको छ भने शव्द संगित पनि सपुतकै रहेको छ । सपुतको लगतार गित भिडियोहरु च्यानलको शिर्ष स्थानमा पर्दै आएको छ । यस भन्दा पहिले पनि गायक सपुतको सकम्वरी एक हप्तामै करोड क्लवमा पुगेका थिए । भिडियो जात र धर्ममा हुने बिभेदवारे समेटिएको छ ।...
उपचारको क्रममा महिलाको मृत्यु, डाक्टर फरार

उपचारको क्रममा महिलाको मृत्यु, डाक्टर फरार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ साउन । जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् । घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए । मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो । मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए । शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स...