Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

मसाल जुलुस सहित गृहमन्त्रीको राजीनामा माग

मसाल जुलुस सहित गृहमन्त्रीको राजीनामा माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।  ...
धरान इटहरी रोडमा पर्ने जंगलमा गोली प्रहार हुँदा एक गम्भीर घाईते

धरान इटहरी रोडमा पर्ने जंगलमा गोली प्रहार हुँदा एक गम्भीर घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ साउन । सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ । मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो । धरान(इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ । चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ । गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए । गोली प्रहार हुनुको कारण नखुलेको उनले बताए ।  ...
नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य प्रतितोला ८ सयले घट्यो

नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य प्रतितोला ८ सयले घट्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ५ । नेपाली बजारमा बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज प्रतितोला ८ सयले घटेको छ । बिहिबार प्रतितोलामा ५ सय रुपैँया बढेर हाल सम्मकै उच्च मुल्यमा कारोबार भएको सनुको भाउ शु्क्रबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार नेपालमा हालसम्मकै उच्च मूल्य १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार चाँदी शुक्रबार १५ रुपैयाँ घटेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।...
वृद्धामाथि सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ

वृद्धामाथि सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ

Breaking News 1
पूर्णपुष्टि, साउन ५ । दाङमा एक बृद्धामाथि सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानकी ७३ वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा तुलसिपुर महानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी पुष्पराज मल्लका अनुसार बिहिबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र बृद्धमाथि सामुहिक बलात्कार भएको हो । वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको डिएसपी मल्लले बताए । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आफन्तबाटै खाडीमा बेचिन्छन नेपाली महिला

आफन्तबाटै खाडीमा बेचिन्छन नेपाली महिला

Breaking News 1
पूर्णपुष्टि, ५ साउन । बेरोजगारको सिकार बनिरहेकी कयौँ नेपाली महिलाहरु रोजगारको नाममा खाडीमा बेचिरहेको छ । उनिहरुलाई बेचबिखन गर्ने मान्छेहरु भने आफन्तहरुनै भएको पाईन्छ । आफन्तकै जालोमा परी ऋणको भारीले थिचिंएकी दाङ बबई–७ की ३२ वर्षीया लुम्बिनी–१ (परिवर्तित नाम) विदेशिने सोचमा पुगिन् । उनलाई यो सोच बनाउन गाउँकै मामा नाता पर्ने जीतबहादुर थापाले सघाए । भारत ओहोर–दोहोर गरिरहने थापाले लुम्बिनी–१ लाई फ्रि भिसा, फ्रि टिकटमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने भनेर लोभ्याए । भने जस्तै सहयोग पनि गरे थापाले । पासपोर्ट बनाउँदा र विदेश जान लाग्ने सबै खर्च उनैले व्यहोरे । घरेलु कामदारमा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेपछि मामा नाता पर्ने थापाको विश्वासमा विदेश उड्न तयार भइन्, लुम्बिनी–१ । जीतबहादुरले उनलाई रामेछापका रमेश पाण्डे भन्ने अर्का एजेन्टसँग भेट गराए । पाण्डेले उनलाई नेपालगञ्ज नाकाहुँदै ...
मिटरब्याजी विधेयक : राष्ट्रिय सभा अध्यक्षले जनाए प्रक्रियामा असहमति

मिटरब्याजी विधेयक : राष्ट्रिय सभा अध्यक्षले जनाए प्रक्रियामा असहमति

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ५ श्रावण । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिटरब्याजीलाई कारबाही गर्नका लागि कानुनी व्यवस्था गरिएको विधेयक प्रक्रियामा असहमति जनाएको छ । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भए पनि त्यसको प्रक्रियामा प्रश्न उठाउँदै अध्यक्ष तिमिल्सिनाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ को सन्देश सभामा सुनाउने विषय बैठकको कार्यसूचीमा राख्न अस्वीकार गरेका हुन् । मधेशका विभिन्न जिल्लाबाट हिँडेरै गत चैत दोस्रो साता काठमाडौं आइपुगेका पीडितको माग सम्बोधन गर्ने गरी सरकारले वैशाख २० मा अध्यादेश ल्याएको थियो । वैशाख २४ बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै अध्यादेशबारे दुवै सदनलाई जानकारी गराइएको थियो । तर, सरकारले असार ५ मा मात्रै अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा दर्ता गर्‍यो । उक्त विधेयक असार १५ मा पारित भयो । राष्ट्...
बगाहा स्थित खिलराज राईको घरमा चार दिनदेखी सर्प आतंक : नियन्त्रण गरिदिन माग

बगाहा स्थित खिलराज राईको घरमा चार दिनदेखी सर्प आतंक : नियन्त्रण गरिदिन माग

Breaking News 2, समाचार
पूर्णपुष्टि, ४ साउन । त्रियुगा नगरपालिका ४ बगाहा बुद्ध चोकका खिलराज राईलाई चार दिन देखी गोमन सर्पको बच्चाले सताएको छ । घरको कोठाबाट दैनिकी ५ देखी ७ ओटा सम्म गोमन सर्पको बच्चा निस्किएपछि राईको परिवार त्रसित भएर बस्नु पर्ने अवस्था आएको छ । २८ गते मरेको सर्पको बच्चा फेला परेको राईको कोठाबाट त्यसको भोली पल्टबाट दैनिक रुपमा निस्कन सुरु गरेको हो । सर्पका कारण रातमा सुखको निन्द्रा र घर भित्रको काम गर्न बाधा पुगेको राईको परिवारले जनाएको छ । दैनिक रुपमा सर्प निस्किएको भन्दै राईको परिवारले सम्बन्धित निकायहरुले यसलाई नियन्त्रण गर्न सहयोग गर्नु पर्ने माग गरेको छ । घरको कोठाको खाँवुको पुवाँलबाट सर्पको बच्चा दैनिक रुपमा निस्कने गरेको राईले जनाए । त्यसरी घरको कोठामा सर्पको बच्चाहरु दैनिक फेला परेपछि वस्नलाई समस्या भएको जनाए । घरको भित्र बाहिर सर्पको बच्चाले सताएपछि यसको नियन्त्रण के हुन सक्ला भने...
गृहमन्त्री श्रेष्ठको भ्रामक प्रचार गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेत बिरुद्ध साईबर ब्युरोमा उजुरी

गृहमन्त्री श्रेष्ठको भ्रामक प्रचार गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेत बिरुद्ध साईबर ब्युरोमा उजुरी

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ४ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजि श्रेष्ठको भ्रामक प्रचार गर्ने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरी साईबर ब्युरोमा उजुरी परेको छ । नेकपा (एमाले) निकट पत्रकारहरुको संस्थाको अध्यक्ष बस्नेतले गृहमन्त्रीले ‘सुन पास गराएको’ भन्दै सामाजिक सञ्जलमा भ्रामक प्रचार गरेकोले उनिविरुद्ध उजुरी गरेको श्रेष्ठको सचिवालयले जनाएको छ । त्यस्तै विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुनलाई जोडेर भ्रामक समाचार प्रकाशन गर्ने जनबोली डटकम (अनलाईन) विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । अध्यक्ष र अनलाईन विरुद्ध उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले आजै उजुरी दिएका हुन् । अध्यक्ष बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकको स्ट्याटसमा लेखेका छन् ‘मलाई आएको सूचना यस्तो छ, ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते।’ मैले सोधें– कसर...
सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

सन्दिप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ४ । सन्दिप क्षेत्रीले होस्ट गर्दै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ को प्रसारण नहुने भएको छ । कान्तिपुर टिभि एचडीमा प्रसारण हुँदै आएको कार्यक्रमलाई टेलिभिजनले बिहिबार एक सुचना जारी गर्दै प्रसारणमा रोक लगाएको हो । ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा रोक लगाईएको सुचनामा जनाईएको छ । गत असार २३ गते शनिबारको एपिसोडमा सन्दिपले अभिनेता पल शाहसँगको अन्तर्वातामा महिलालाई मजाकको विषय बनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि टेलिभिजनले उक्त एपिसोड हटाएको थियो भने बिहिबार सुचना जारी गर्दै ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।...
फोहोर ब्यवस्थापनका लागि त्रियुगा नगरले २ करोड बरावरको सवारी साधन खरिद

फोहोर ब्यवस्थापनका लागि त्रियुगा नगरले २ करोड बरावरको सवारी साधन खरिद

Breaking News 1, समाचार
पुर्णपुष्टि, साउन ४ । जिल्लाको त्रियुगा नगरपालिकाले नगर क्षेत्रका फोहोर ब्यवस्थापन गर्नको लागि २ करोड बरवरको सवारी साधन खरिद गरेको छ । गएको आर्थिक बर्षमा भिज भएको बजेटलाई सदुपयोग गर्दै नगरले आर्थिक बर्ष २०७९र८० मा सवारी साधन खरिद गरेको हो । थपिएका सवारी साधानलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए । “पहिले र अहिले भएका नगरका साधन प्रयोग गरि अब हामी नगरमा नयाँ सडक ट्र्याक खोल्न र सडक ग्राभेल गर्न आफै सक्ने भएका छौ।” नगर प्रमुख बस्नेतले भने, ” बढ्दो शहरीकरणले फोहोर व्यवस्थापनका लागि पनि साधनको अभाव थियो अव समयमा फोहोर उठ्ने छ र साना गल्लीमा ट्याक्टर नछिर्ने सडकमा समेत अटोले फोहोर उठाउने छ ।” हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की रहे...