Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

कटारीमा शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने

कटारीमा शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ४ । उदयपुरको कटारी नगरपालिकामा यही श्रावण ५ गते शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने भएको छ । ताल डान्स हाउसको आयोजनामा राईजिङ कटारी नृत्य तथा गायन प्रभियोगिता हुने भएको हो । संस्थाको १० औ वार्षिकोत्सवको सन्दर्भ पारेर नृत्य र गायन प्रतियोगिता सञ्चानलन गर्न लागिएको संचालक एवं नृत्य निर्देशक एमजे मिथुनले बताउनुभयो । नगर क्षेत्रमा रहेका बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा देखाउने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ प्रतिभाको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिका तथा युवाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक मिथुनले जनाए । यस प्रतियोगितामा बिद्यालयका बालबालिका देखी लिएर किशोरकिशोरी सबैले भाग लिन सक्नेछन् भने राष्ट्रिय भावका वा शिष्ट गीतमा नेपालको सबै भाषामा एकल प्रस्...
भन्सार पास भएर बाहिरिएको सुन प्रकरणमा ६ जना पक्राउ

भन्सार पास भएर बाहिरिएको सुन प्रकरणमा ६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको करिब एक सय सुन प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । यस प्रकरणमा एक भारतीय नागरिक सहित ६ जना पक्राउ परेको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार पक्राउ पर्नेमा ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राई, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक रहेका छन् । मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको सुन बुधबार भन्सार पास भएको थियो । मोटरसाईकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याईएको करिब सुन भन्सार पास भएर विमानस्थलको गेटबाट सुन लगिएको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार विभागले नियन्त्रणमा लिएको थियो...
आजदेखी महिला फिफा विश्कप सुरु

आजदेखी महिला फिफा विश्कप सुरु

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ४ । नवौँ संस्करणको महिला फिफा विश्वकप आजदेखी सुरु हुदैँछ । यस पटकको विश्वकप अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको छ । पहिलो पटक दुई राष्ट्रले आयोजना गरेको यस संस्करणमा ३२ राष्ट्रबिच प्रतिस्पर्धा हुनेछ । अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा आजदेखी खेलाईने विश्वकपको उद्घाटन खेलमा नर्वे र न्युजिल्याण्ड भिड्ने छन् । समुह ‘ए’ मा रहेको नर्वे र न्युजिल्याण्डको उद्घाटन खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै आज समूह बी मा रहेको आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबिचको दोस्रो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । महिला विश्वकपमा अमेरिका सार्वाधिक उपाधि जित्ने राष्ट्र हो । अमेरिकाले ४ पटक महिला विश्वकपको उपाधि जितेको छ । यस्तै जर्म...
‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

‘पोलिटिसियन अफ द इयर’ को अवार्ड रास्वपा सांसद सोविता गौतमलाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ४ असार । नेपालकै कान्छी सांसद सोविता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् । गौतम नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद हुन्। बिजुली नभएको गाउँमा जन्मेकी र कम सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी गौतम राजनीतिमा उक्लिएका छन्, उनको भाषणले सामाजिक सञ्जालमा लाखौंले हेरेका छन् । उनी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र विपन्न वर्गका अधिकारहरूमा पहुँचको च्याम्पियन हुन्। यी आधारमै गौतमलाई अवार्ड प्रदान गरिएको हो । गौतमले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई...
केहि दिन पानी कम पर्ने

केहि दिन पानी कम पर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई(तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ। यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो। अहिले मनसुन सक्रिय हुने समयमा वर्षा मत्थर भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित भएकाले दुई–तीन दिन पानी कम पर्ने वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए। ‘अहिले मौसमको न्यून चापीय रेखा पूर्वपश्चिम सबैतिर सरदर स्थानभन्दा दक्षिणतिर देखिएको छ,’ उनले भने, ‘यो भन्दैमा पानी नै नपर्ने हुँदैन। बेलुकातिर हल्का वर्षा हुन पनि सक्छ। तर, लगातार झरी परिरहने अवस्था भने हुँदैन। यो क्रम दुई–तीन दिन देखिन सक्छ।’ उनले न्यून चापीय रेखा दक्षिण, उत्तरतिर सर्ने स्वाभाविक प्रक्रिया भएको पनि बताए । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। केही भूभागमा आंशिक बदलीदे...
सप्तकोशी किनारको कुटपिट घटनामा संलग्न थप दुई युवती पक्राउ

सप्तकोशी किनारको कुटपिट घटनामा संलग्न थप दुई युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ । सुनसरीको बाराहक्षेत्र–९ स्थित राजाबास सप्तकोशी किनारमा युवतीमाथि कुटपिट गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ रहेकी छन् । मंगलबार पक्राउ परेका दुबै युवतीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार सार्वजनिक गरेको हो । उनिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । यसअघि बराहक्षेत्र नगरपालिका–१० की १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरी गत सोमबार प्रहरीले सार्वजनिक गरेको थियो । असार २९ गते ५ जना युवतीको समुहले बराहक्षेत्र–९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई बोलाए कुटपिट गरेको र आफैले भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत राखेको प्रहरीले जनाएको छ। कुटपिट घटनामा संलग्न फरार दुई युवतीको खोजी...
अन्तिम खेलमा नेपालको सान्त्वना जित

अन्तिम खेलमा नेपालको सान्त्वना जित

Breaking News 3, खेलकुद
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुहगतको आफ्नो अन्तिम खेलमा नेपालले यूएई ‘ए’ माथि ३ विकेटको जित निकालेको छ । यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो । नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । फराजुद्दिनको बलमा नवाजबाट क्याच हुनु अघि भुर्तेलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे । अर्का ओपनर अर्जुन साउद जवादुल्लाहको पहिलो बलमै रन बिहिन आउट भएका थिए । नेपालका लागी देव खनाल र सन्दीप जोराले २४–२४ रन जोडे। गुल्सन झाले ११ रन, कप्तान रोहित पौडेलले ९ रन, पवन सर्राफ रन बिहिन आउट भए भने प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। युएईका पराजुद्दिनले ५ विकेट लिए भने जवादुल्लाहले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुदैँ १५७ रन बनाएको थियो । युएईका ओपनर लवप्रित सिंहल...
साउने संक्रान्तिको अवसरमा शिव मन्दिर उद्घाटन

साउने संक्रान्तिको अवसरमा शिव मन्दिर उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि,साउन ३ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ बेलसोतमा निर्माण गरिएको शिव मन्दिर साउने संक्रान्तिको अवसरमा उद्घाटन गरिएको छ । कटारी नगरपालिकाले ३ लाख र पुराणबाट १५ लाख संकलित रकम गरी जम्मा १८ लाख रुपैयाँ खर्चबाट निर्माण सम्पन्न भएको मन्दिरको नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले उद्धघाटन गरेको हो । मन्दिरको उद्घाटन संगै मन्दिरमा पुजापाठ समेत सुरु गरिएको छ । समितिका अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ठ अथिति कोशी प्रदेश पूर्व राज्य मन्त्री कला घले, कटारी नगर पालिका उप प्रमुख गीता खड्का कटारी १ का वडा अध्यक्ष सुनिल खपाङ्गी मगर ,पूर्व वडा अध्यक्ष नवराज पोखरेल लगायतको उपस्थित रहेको थि यो ।...
युएई ‘ए’ ले नेपाललाई दियो १६८ रनको लक्ष्य

युएई ‘ए’ ले नेपाललाई दियो १६८ रनको लक्ष्य

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ ले नेपाललाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो । युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे । ८२ बल खेलेका सिंहले कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि ५२ रन बनाए । अर्का ओपनर आयान्स शर्मा १४ रनमा कुशल मल्लको बलमा पवन सर्राफबाट क्याच हुन पुगेका थिए । त्यस्तै अश्वन्त वल्थापाले १६ रन, निलन्सले ९ रन, मोहम्मद फराजुद्दीन र पहद नवाजले ४–४ रन, अनिस तन्डनले ३ रन र अलि नासिरले १ रन बनाए । नेपालका लागी कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम (मौसम) ढकालले २ र कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए । यसअघि भारत र पाकिस्तानसँगको दुबै खेलमा हारेको नेपार र युएई समुह चरणबाटै बाहिरिसकेको छ । समुह ए बाट भारत र पाकिस्तान सेमिफा...
एसीसी इमर्जिङ टिम्स एसिया कप : युएई ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

एसीसी इमर्जिङ टिम्स एसिया कप : युएई ‘ए’ विरुद्ध बलिङ गर्दै नेपाल

Breaking News 2
पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स एसिया कपमा युएई ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा टस जितेको यूएईले पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । यूएई विरुद्धको खेलमा नेपालले ४ खेलाडी परिवर्तन गरेको छ । यसअघि भारतसँग खेल खेलेको नेपालका सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई आराम दिएर प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई मौका दिएको छ । भारत ए र पाकिस्तान ए सँग हारेर बाहिरिसकेको नेपाल र यूएईले अफ्नो अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छन् । नेपालले पाकिस्तानसँगको आफ्नो पहिलो खेलमा ४ विकेटले हार व्येहोरेको थियो भने भारतसँगको दोस्रो खेलमा ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै युएई पनि भारतसँग ८ विकेटले परपारजित भएको थियो भने पाकिस्तनसँग १८४ रनले हार्दै बाहिरिएको हो ।  ...