Tuesday, July 7News That Matters

Month: ३ वर्ष अगाडि

कास्कीमा ४ रेक्टर स्केलको भूकम्प

कास्कीमा ४ रेक्टर स्केलको भूकम्प

समाचार
पूर्णपुष्टि,साउन ३ । पोखराको कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९ः५३ मिनेटमा भूकम्प गए जनाएको छ। केन्द्रका अनुसार ४ दशमलव र‍ेक्टर स्केलको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो । यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।...
भैरहवाबाट नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

भैरहवाबाट नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

समाचार
पूर्णपुष्टि,साउन ३ । रूपन्देही जिल्लाको सदरमुकाम भैरहवाबाट भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज तर्फ जाँदै गरेको ट्रक दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा दुर्घटनामा परेको छ। बुधवार बिहान पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीर बहादुर वालीका अनुसार भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जनाएको छ । उनका अनुसार घाइते चालक रुपन्देहीका बस्ने ३७ वर्षमा वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको रातोपाटीलाई बताए । सहचालक भने निस्किन सफल भए।...
आज सुनको मूल्य बढ्यो, कति छ आजको भाउँ

आज सुनको मूल्य बढ्यो, कति छ आजको भाउँ

समाचार
पूर्णपुष्टि,साउन ३ । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
कास्किमा भुकम्प गयो

कास्किमा भुकम्प गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३ । कास्कीमा आज भुकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर गएर गएको भुकम्पको समान्य धक्का महसुस भएको थियो ।
फिल्म “बगान” लाई ५० हजार जरिवाना

फिल्म “बगान” लाई ५० हजार जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । काठमाडौं महानगरपालिकाले मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको छ । फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म ुबगानु लाई ५० हजार जरिवाना तिराएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए। महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन्। ुबालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला,ु उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, ुहाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ।ु गत चैत ३० गते प्रकाशन भएको ुकाठमाडौं महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका २०७९ु ले महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो। सर्वसा...
बाहिनीपती बैदवार र डिभिजन प्रमुख सापकोटालाई स्वागत, सेनापति भण्डारीलाई बिदाई

बाहिनीपती बैदवार र डिभिजन प्रमुख सापकोटालाई स्वागत, सेनापति भण्डारीलाई बिदाई

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले उदयपुरमा जिम्मेवारी बोकेर आउने सरकारी कर्मचारी र सरुवा भएर जानेहरुलाई विदाई तथा स्वागत गरेको छ । संघले उदयपुरमा भर्खरै जिम्मेवारी सम्हाल्न आईपुगेका नेपाली सेनाक १८ नं बाहीनी भुल्केका बाहिनिपती मनोज बैदवार र डिभिजन वन कार्यालयका अधिकृत इन्द्र सापकोटालाई स्वागत गरेका छन् । यस्तै उदयपुरबाट जिम्मेवारी पुरा गरी सरुवा भएका नेपाली सेना पशुपति प्रसाद गण बोक्सेका प्रमुख सेनानी बिजय भण्डारीलाई विदाई गरेको छ । भण्डारी गित १५ महिनादेखी बोक्से गण सम्हालेर बसेका थिए । उनको काठमाण्डौँ सरुवा भएको छ । भण्डारीलाई संघका अध्यक्ष रमेश रसाईलीले मायाँको चिनो समेत प्रदान गर्दै विदाई गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाहिनिपती बैदवारले उदयपुरे जनताहरु सँग समन्वय गरी काम गर्ने जनाए । उनले नेपाली सेना जनताहरुसँग प्रत्यक्ष रुपमा नजिक हुन ...
किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २ । सप्तरीमा एक किशोरीलाई समुहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गत शुक्रबार मध्यराति कञ्चनरुप नगरपालिकाकी एक १७ बर्षीय किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायले जनाकारी दिए । आईतबार पिडितको परिवारले किटानी जाहेरी दिएको थियो । सोही आधारमा सोमबार तिन जना र आज मंगलबार एक जना गरी चारैजनालाई पक्राउ गरिएको डिएसपी रायले बताए । उनका अनुसार यस घटनका मुख्य योजनाकार पक्राउ परेका कैलाश पोखरेल हुन् । पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कुर्सिमै मृत भेटिए कर्मचारी

कुर्सिमै मृत भेटिए कर्मचारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ साउन । बाजुरामा कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जयलाल दानी रहेको प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहराले दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए । उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेपाली राष्ट्रिय भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

नेपाली राष्ट्रिय भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय पूरुष भलिबलको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उनलाई सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन आर्मी क्लबका स्पाईकर श्रेष्ठ २०१५ देखी नेपाली राष्ट्रिय टिमका लागी खेल्दै आएका छन् । उनले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जितेको थियो । उक्त प्रतियोगितामा श्रेष्ठले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए । यसअघिको कप्तान हरी हजुर थापालाई संघले गत आईतबार बर्खास्त गरेको थियो । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै संघले थापालाई निलम्बन गरेको हो । गत महिना मात्र कीर्गिस्तान...
किरण चेम्जोङ इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबमा अनुबन्ध

किरण चेम्जोङ इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबमा अनुबन्ध

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबले थप एक वर्ष अनुबन्ध गरेको छ । भारतको पहिलो श्रेणीको लिग (आईएसएल) मा बढुवा गराउन दोस्रो श्रेणीको आई लिग जिताउन मद्दत गरेको चेम्जोङलाई पञ्जाबले २०२४ सम्मको लागी अनुबन्ध गरेको छ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । २०२३ सेप्टेम्बरदेखि २०२४ मार्च सम्म चल्ने आईएसएलको यो नयाँ सिजनमा १२ टिमबिच प्रतिस्पर्धा हुनेछ । किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ । आई लिग खेल्दा पहिलो रोजाईमा खेलेका चेम्जोङको आईएसएलमा पनि पहिलो रोपाईमा खेल्ने सम्भावना छ । आईएसएलमा खेल्ने पहिलो नेपाली खेलाडी अनन्त तामाङ हुन् । उनले गत सिजन इस्ट बंगालबाट एक खेल खेलेका थिए । यदी पहिलो रोजाईमा खेल्न पाएमा चे...