Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको फाइन खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । प्रतियोगितामा नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे । खेलमा लाओसले पहिले अग्रता लिएको थियो । खेलको १७ मिनेटमा लाओसले गोल गरेको थियो । फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो । खेलको सात मिनेटपछि नेपालले बराबरी गोल फर्कायो । २४ मिनेटमा आयुषले गोल गरेको गोल उत्कृष्ट बने । उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए । नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । लिग चरणमा नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यसअघि भुटानलाई लाओसले २१ गोलले हराएको थिय...
कोरोना अपडेट : आज १ सय ४२ जना संक्रमण पुष्टि

कोरोना अपडेट : आज १ सय ४२ जना संक्रमण पुष्टि

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १७ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको संख्या पढ्दो देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार ७९ जनाको परीक्षण गरिएकोमा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार एकैदिन एक सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो पछिल्लो ६ महिनायताकै सर्वाधिक संक्रमित संख्या हो । गत दुईसातादेखि भारतमा पनि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो। हिजो ९बिहीबार० पनि ४२ जना संक्रमित भेटिएका थिए । स्वास्थ्य मन्त्रालयले पनि छिमेकी भारतमा संक्रमण बढेपछि स्वदेश छिर्ने नाकामा कडाइ गर्न थालेको छ। मन्त्रालयले अहिले नाकामा भित्रिने व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएका व्यक्तिहरूको परीक्षण गर्दै आएको छ । साथै संक्रमण बढेपछि मन्त्रालयले सर्वसाधरणलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ।...
कटारीमा रक्तदान कार्यक्रम सम्पन्न, ३९ जनाले गरे रक्तदान कार्यक्रम

कटारीमा रक्तदान कार्यक्रम सम्पन्न, ३९ जनाले गरे रक्तदान कार्यक्रम

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १७ । उदयपुरको कटारीमा प्रेमवाद दर्शनका स्वामी डा.वालतपशी सतगुरु ओमनन्द हि जलोहिनेश मास्टर गड एन्जल गुरुहजुरको ४२ औं जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेवेन्ली निर्माणा पाथको आयोजनामा सम्पन्न रक्तदानमा ३९ जनाले गरे रक्तदान गरेको हो । कार्यक्रममा २४ महिला र १५ पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी सुनसरी र उदयपुर उद्योग वाणिज्य संघ कटारीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । समितिले कटारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । सामाजिक रुपमा विभिन्न सहयोग तथा गतिविधिलाई निरन्तरता दिएको पनि समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।...
राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई गराए शपथ ग्रहण

राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई गराए शपथ ग्रहण

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ ।राष्ट्रपतिले रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेसका चार जना, नेकपा एकीकृत समाजवादीका २ जना, जनता समाजवादी र जसपाबाट १–१ जना र आफ्नो दल माओवादीका १ जना र नागरिक उक्मुक्तिबाट १ जनासहित १० मन्त्रीलाई प्रधानमन्त्रीले शुक्रबार नियुक्ती गराएका हुन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यात...
कोशी प्रदेश नाम खारेज माग गर्दै राजधानीमा बृहत् नागरिक आन्दोलन

कोशी प्रदेश नाम खारेज माग गर्दै राजधानीमा बृहत् नागरिक आन्दोलन

Breaking News 3, समाचार
पुर्णपुष्टि,चैत्र १७ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाण्डौँमा बृहत नागरिक आन्दोलन प्रदर्शन भएको छ । पहिचानवादी संघ–संस्थाहरुले शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन नगरेको हो । पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । प्रदर्शनमा सांगितक क्षेत्रका अग्रज गायक गायिकाहरुको बोक्लो उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । उनले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्नेमा जोड दिए । प्रदर्शनकारीहरुले ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्न, प्रदर्शनका क्रममा मृत्यु भए...
जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि चैत्र १७ । आफुले चाहेका मन्त्रालय नपाएपछि सिके राउत नेतृत्वका जनमत पार्टीले सरकार छाडेका छन् । सरकार छाडेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।...
कोशी प्रदेश नामाकरण विवाद  : पूर्वमा चर्किँदै आन्दोलनको स्वरुप

कोशी प्रदेश नामाकरण विवाद : पूर्वमा चर्किँदै आन्दोलनको स्वरुप

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १७ । कोशी प्रदेश नामाकरण विवादका कारण कोशी प्रदेशका बिभिन्न ठाउँमा आन्दोलनहरु भड्कीलो अवस्थामा परिणत हुँदैछ । प्रदेश १ लाई पहिचानको आधारमा नामाकरण गर्नु पर्ने माग राख्दै आएका पहिचान पक्षधारहरुले कोशी प्रदेशको बिरोध गर्दै आन्दोलनहरु थप चर्काउँदै आएका छन् । प्रदेश नं। १ पुन नामाङ्कन संयुक्त संघर्ष समितीले पछिल्लो समय पूर्वमा आन्दोलनहरुलाई थप सक्रिय बनाएको छ । शुक्रबार ईटहरीको २० नंम्बर वडा कार्यलय बन्द गर्न गएका आन्दोलनकारीमाथी वडा अध्यक्षको आदेशमा प्रहरी द्वारा प्रहरीले बल प्रयोग गर्न खोजेपछि  आन्दोलनकारीहरुले वडा कार्यालय र प्रहरीको गाडीनै तोडफोड गरेको भिडियो सामाजिक संञ्ञालहरुमा भाईरल भैरहेको छ । वन्द गरिएको वडा कार्यालय वडाअध्यक्षले प्रहरीलाई आदेश दिँदै खोलेको भन्दै आन्दोलनकारीहरुले ढुँगा मुडा गर्दै तोडफोड गरेका हुन् । यस सँगै पूर्वको बिभिन्न जिल्लाहरुमा पनि क...
खानेपानी मन्त्री अब्दुल खानले उद्योग मन्त्रालय नपाएपछि दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले उद्योग मन्त्रालय नपाएपछि दिए राजीनामा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १७ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । जनमतले सुरुदेखि नै उद्योग या कृषिमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, त्यसबेला दुवै मन्त्रालय एमालेले लिएको थियो । त्यसबेलै असन्तुष्ट रहेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले पछि मिलाउछु भनेपछि जनमत सरकारमा गएको थियो । उनका अनुसार मन्त्रिमण्डल पुनर्गठनका क्रममा उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइपछि खानले मन्त्री पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आज कांग्रेससहितका दलहरुसँगको गठबन्धनमा मन्त्रिमण्डल पुनर्गठन गर्दै छन् ।...
आठ मन्त्रालय भागमा परेको कांग्रेसको आज ४ मन्त्रीले मात्र सपथ लिने

आठ मन्त्रालय भागमा परेको कांग्रेसको आज ४ मन्त्रीले मात्र सपथ लिने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ । साँतौ पटक मन्त्री मण्डल तयार भएको प्रचण्ड सरकारले आज सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादी केन्द्रलाई ५ एकिकृत समाजवादी र जसपाले २÷२, र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ । शुक्रबार प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । भागबन्डामा ८ मन्त्रालय पाएको कांग्रेसबाट पहिलो चरणमा ४ जना मात्र मन्त्री बनेका छन् । आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल...
आज राष्ट्रपति पौडेलद्धारा नयाँ मन्त्रीहरुले शपथ लिदै

आज राष्ट्रपति पौडेलद्धारा नयाँ मन्त्रीहरुले शपथ लिदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । गठबन्धन दलमा मन्त्रालयको सहमति जुटेपछि आजै ३ बजे मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन्। प्राप्त अनौपचारिक सूचीअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री हुँदैछन्। यता माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन् । नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अकोश राई, लोसपाका शरतसिंह भण्डारी, उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मन्त्रीको शपथ लिँदै छन्।...