Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

कप्तान रुबिना सहित सीता फेयरब्रेक खेल्न हङकङ प्रस्थान

कप्तान रुबिना सहित सीता फेयरब्रेक खेल्न हङकङ प्रस्थान

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १७ । राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुबिना क्षेत्री सहित सीता राना मगर फेयरब्रेक इन्भाइटेसनल टी–२० लिग खेल्न हङकङ प्रस्थान गरेकी छन् । फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण खेल्न क्षेत्री र मगर आज (शुक्रबार) हङकङ प्रस्थान गरेका छन् । हङकङमा हुने फेयर ब्रेक इन्भाइटेसनल टी–२० लिगको दोश्रो संस्करण अप्रिल ३ देखि सुरु हुदैँछ । दुबै खेलाडीले दोस्रो पटक सो प्रतियोगिता खेल्न लागेका हुन् । रुबिनाले बार्मी आर्मी र सीताले टोर्नाडोजबाट खेल्नेछन् । गत सिजन सीता आबद्ध टोर्नोडोजले उपाधि जितेको थियो । सो प्रतियोगितामा विश्वका २८ देशका कुल ८३ खेलाडीहरुले ६ टोलीमा रहेर खेल्नेछन् ।...
आगामी बैशाख १० को उपनिर्वाचनपछि रवि र रमेशको पार्टी एकता हुने

आगामी बैशाख १० को उपनिर्वाचनपछि रवि र रमेशको पार्टी एकता हुने

राजनीति, समाचार
पुर्णपुष्टि,चैत्र १७ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ । यी दुई पाटीबीच आगामी बैशाख १० गते हुने उपनिर्वाचनपछि पार्टी एकता हुने भएको हो । खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने र सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी भएको रास्वपाका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । उनका अनुसार रास्वपा र सुशासन पार्टीबीच औपचारिक सम्झौता भने उपनिर्वाचनपछि हुनेछ । खरेल रास्वपाबाट बारा–२ मा उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली कांग्रेस त्यागेर युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि रास्वपा प्रवेश गरेका छन् । उनी तनहुँ १ मा रास्वपाबाट उपनिर्वाचन लड्दैछन् ।...
स्थानिय तहबाट नै श्रम स्वीकृती आवेदन दिन मिल्ने

स्थानिय तहबाट नै श्रम स्वीकृती आवेदन दिन मिल्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १७ । स्थानिय तहबाट नै श्रम स्वीकृती आवेदन दिन मिल्ने भएको छ । आगामी बैशाख १ देखी सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै मन्त्रालयले स्थानीय तहका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न मिल्ने व्यवस्था गरेको प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए । उनका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री दाहलले सो निर्णय गरेको हो । स्थानिय तहबाट नै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने छ । आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए । यसअघि सातवटै प्रदेशको श्रम कार्यालयबाट ...
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १७ । नागरिक उन्मुक्ती पार्टीको तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मन्त्री बन्ने भएकी छन् । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार (नाउपा) ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको सांसद गंगाराम चौधरीले बताएका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा चार सांसद रहेको मध्ये अध्यक्ष चौधरीलाई नै मन्त्री बनाउने पार्टीले निर्णय गरेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । आज दिउँसो तिन बजे मन्त्रीहरुले सपथ ग्रहण गर्नेछन् ।...
प्रधानमन्त्री थ्री नेसन्स कपको फाईनल खेल नेपालले लाओस्सँग खेल्ने

प्रधानमन्त्री थ्री नेसन्स कपको फाईनल खेल नेपालले लाओस्सँग खेल्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाईनल खेल आज नेपालले लाओस्सँग खेल्दै छ । आज (शुक्रबार) साझँ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले लाओस्सँग उपाधिका लागी प्रतिस्पर्धा गर्नेछ । दुवै टोली एकअर्कालाई हराएर उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्नेछन् भने नेपाली टोलीलाई घरेलु मैदानमा दर्शकको पुरा समर्थन रहने छ । उपाधि विजेताले ५ हजार अमेरिकी डलर पाउने छन् भने उपविजेता टिमले ३ हजार डलर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । तिन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।...
उदयपुरमा करिव ६ हजार १ सय भन्दा बढि एसइई परीक्षार्थी सहभागी

उदयपुरमा करिव ६ हजार १ सय भन्दा बढि एसइई परीक्षार्थी सहभागी

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १७ । मुलुकभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भए संगै उदयपुमा ६ हजार १ सय ९३ विद्यार्थी सहभागी हुने भएको छ । ११५ समुदायिक र ४५ संस्थागत विद्यार्थीबाट ३ हजार ३११ छात्रा र २ हजार ८८२ छात्र परीक्षामा सामेत हुने छन् । परीक्षामा साधारणतर्फ ५ हजार ८५९, प्राविधिक तर्फ १८४ र ग्रेडबृद्धि तर्फ १५० जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका प्राविधिक सहायक मैनाकला लिम्बुले बताउनुभयो । उदयपुरमा २५ विद्यालय छनोट गरेर परीक्षा केन्द्र निर्धाण गरिएको छ । जसमा सबै भन्दा बढी त्रियुगा नगरपालिकामा ९ परीक्षा केन्द्र रहेको छ । चैदण्डीगढी नगपालिकामा ४ स्थान, कटारी नगरपालिका ४, बेलका नगरपालिका तीन, उदयपुरगढीमा २, रौँतामाई, लिम्चुङबुङ, ताप्ली गाउँपालिकामा एक÷एक परीक्षा केन्द्र ताकिएको इकाई उदयपुरले जनाएको छ । परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र...
मिटरब्याज पीडित र सरकारी बीच आज दोस्रो चरणको वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारी बीच आज दोस्रो चरणको वार्ता हुँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १७ । बर्दिबास देखि राजधानी काठमाण्डौँ हिडेर आएका मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदैछ । बिहिवार साँझ ६ बजे बस्ने भनिएको दोस्रो चरणको वार्ता पीडित पक्षबाट नै आज बिहानलाई सारिएको हो । गृह मन्त्रालयमा हिजो दिउँसो भएको पहिलो चरणको वार्तामा डा। भीष्म भुसालको नेतृत्वमा तयार पारिएको प्रतिवेदन अध्ययन गर्न पीडित पक्षलाई दिइएको थियो। प्रतिवेदनमा भएका कानुनी विषय बुझ्न कानुनविद्को परामर्श आवश्यक परेकाले वार्ता आजलाई सारिएको पीडित पक्षका वार्ता टोलीका सदस्य संघर्ष दाहालले बताए । हिजोको बैठकमा सरकार र मिटरब्याज पीडितले आ–आफ्नो धारणा राखेका मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। त्यसक्रममा संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाइएको थियो।...
आज देखि एसइइ परिक्षा शुरुः करिव पाँच लाख परिक्षार्थी सहभागी हुँदै

आज देखि एसइइ परिक्षा शुरुः करिव पाँच लाख परिक्षार्थी सहभागी हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १७ । २०७९ सालको एसइई परीक्षा आज शुक्रबार दखि चैत्र २९ गते सम्म संञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले चैत्र १७ गतेदेखि २९ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय गरेको थियो । तालिका अनुसार परिक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थ...
रौतामाईमा ‘बाल विवाह र वहु विवाह’ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतामाईमा ‘बाल विवाह र वहु विवाह’ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १६ । उदयपुरको रौतामाई गाउँपालिकामा प्रहरीद्धारा सञ्चालन ‘बाल विवाह र वहु विवाह’ सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रौतामाई गाउँपालिका वडा नं ४ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा सम्पन्न भएको कार्यक्रम ईलाका प्रहरी कार्यालय रौतामाई उदयपुरको आयोजनामा गरिएको हो । आजको जनचेतनामुलक कार्यक्रममा करिब ६० जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
लागुऔषध कोकिनसहित २ भारतीय महिला पक्राउ

लागुऔषध कोकिनसहित २ भारतीय महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १६ । लागुऔषध कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी रहेकी छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको हो । उनलाई प्रहरीले २ किलो ८८७ ग्राम कोकिन सहित पक्राउ गरेको हो । त्यस्तै १४ चैतमै लालिम्पुरीलाई ठमेलको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । प्रवक्ता जोशीका अनुसार दुबै महिलाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।...