Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

प्रदेश १ को नाम कोशी राख्ने पक्षमा माओवादी केन्द्र सहमत

प्रदेश १ को नाम कोशी राख्ने पक्षमा माओवादी केन्द्र सहमत

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १७ । प्रदेश १ को नेत्तत्व गरिरहेको नेकपा एमाले र नेपाली काग्रेसले प्रदेशको नाम कोशी राख्न प्रदेशसभामा प्रस्ताव पेश गर्नेमा नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । माओवादी केन्द्रका प्रदेश १ सांसद गणेश उप्रेतीले पहिचाको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोशीमा मतदान गर्ने बताए । उनका अनुसार यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेतापनि संसदीय दलको बैठकले कोशीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।...
धनुषामा प्रहरी भ्यानबाट हामफालेर फरार भएका युवक पक्राउ

धनुषामा प्रहरी भ्यानबाट हामफालेर फरार भएका युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १७ । धनुषामा प्रहरी भ्यानबाट हामफलेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखियालाई बुधबार पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । गत फागुन १४ गते अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए । उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै सीमा क्षेत्रबाट भारततर्फ जान लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । थुनुवालाई भ्यानमा सुरक्षाका लागी खटिएका ६ जना प्रहरीलाई पनि आवश्यक कारर्वाही प्रक्रिया अघि बढाएको धनुषा प्रहरीले जनाएको छ ।...
आज १ नं प्रदेशसभामा नामकरणको प्रस्ताव पेश हुने

आज १ नं प्रदेशसभामा नामकरणको प्रस्ताव पेश हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । आज १ नं प्रदेश सभामा प्रदेशको नामकरणको प्रस्ताव पेस हुने भएको छ । १ नं प्रदेशको नेत्तृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसबिचको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा पेश हुन लागेको हो । पहिलो कार्यकालबाट प्रदेशको नाम टुङ्गो लगाउन नसकेको प्रदेश सरकारले दोस्रो कार्याकलको पहिलो अधिवेशन देखि नै प्रदेशको नामकरण गर्ने प्रयास गरिरहेको छ । प्रदेशको नाम कोशी राख्न सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच सहमति भईसकेको छ । प्रदेश १ मा स्थानीय पहिचानको आधारमा नामकरण गर्नुपर्नेमा सरकारको नेत्तत्व गरिरहेको नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै आएका छन् । ६ वटा प्रदेशमा नाम टुङगो लागीसकेको छ भने १ नं प्रदेशको मात्र नामकरण गर्न बाकिरहेको छ । अघिल्लो प्रदेश सरकारबाट राजधानीको टुङ्गो लागेपनि नामकरण भने गर्न सके...
पीएसजी डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

पीएसजी डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

समाचार
पूर्णपुष्टि,फागुन १७ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेण्डर अच्रफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । पीएसजी फुटबलर हाकीमीले गत २५ फेब्रअरी २४ वर्षीय युवातीलाई बलात्कार गरेको आरोप लागेको थियोे । पेरिसियनका अनुसार पिडित भनिएकी ती युवती आफुले फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको स्रोतले बताएको छ । पेरिसको पश्चिमी उपनगरमा रहेको नान्टेरेमा मुद्दा ह्यान्डल गर्ने सार्वजनिक अभियोजकको कार्यालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान सुरु भएको पुष्टि गर्‍यो । हाकिमी र पीएसजीले दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका लयरले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।...
सातै प्रदेशमा रास्वपाद्वारा प्रदेश समिति गठन

सातै प्रदेशमा रास्वपाद्वारा प्रदेश समिति गठन

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । प्रदेश समिति गठनसँगै आ–आफ्नो जिम्मवारीसमेत तोकिसकेका छन् । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन् । यता सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।...
सन्दीप र अर्जुन ‘दी हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

सन्दीप र अर्जुन ‘दी हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन १७ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको फ्रेन्चाइज क्रिकेट ‘दी हन्ड्रेड’को ड्राफ्टमा समावेश भएका छन् । प्रतियोगिताको तेस्रो संस्करणका लागि दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका हुन् । सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् । प्रतियोगिता खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ ।...
आज शून्य भेदभाव दिवस

आज शून्य भेदभाव दिवस

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १७ । के तपाइँ भेदभाव गर्नुहुन्छ रु आखिर के हो त भेदभाव रु भेदभाव प्रायस् गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ । भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन । कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केहि नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो । यदि हाम्रो समाज कुनैपनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ । थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दिमा छौ हामि, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्दिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्शाउदछ। प्राय अरु सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किन...
पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि,फागुन १७ । नेपाल पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी वायुमा सामान्य प्रभाव रहेको भएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली बाँकी भू(भागमा बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...