Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

असारीका युवाको मलेसियामा मृत्यु, शब ल्याउने पहल हुदै

असारीका युवाको मलेसियामा मृत्यु, शब ल्याउने पहल हुदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १८ । त्रियुगा नगरपालिका १३ असारीका सन्तोष कुमार राईको मलेसियामा दुर्घटनामा परि ज्यान गएको छ । र्घटनामा गम्भिर घाइते भएका राईको उपचारको क्रममा आठदिन अघि मृत्यु भएको परिवारले जनाएको छ । मोटरसाईकलमा सवार रहेको अवस्थामा पछाडिबाट आएको गाडीले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनापछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा तीनदिनपछि मृत्युभएको जनाइएको छ । उनको शब नेपाल ल्याउन पहल भईरहेको बुुवा सिंहबहादुर राईले बताए । काम गर्ने कम्पनीमा कागजपत्र र आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । प्रक्रियामा सरकारको पहल कमजोर रहेको गुनासो उनको छ । छोरोको शब छिट्टै ल्याउने र क्षतिपूर्तीको लागी सरकारले ब्यवस्था गरिदिन माग उनको छ ।...
कोशी प्रदेश नामाकरणमा  यायोख्खाको असहमति

कोशी प्रदेश नामाकरणमा यायोख्खाको असहमति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । किरात राई यायोख्खाले कोशी प्रदेश नामकरणमा आपत्ति जनाएको छ । पहिचानको आधारमै नामकरणको प्रस्ताव गर्दै आएका यायोख्खाले कोशी प्रदेशमा असहमति जनाउने जनाए । बुधबार प्रदेश १ सांसदको बैठकमा ८२ जना सांसदहरुले कोशी प्रदेश तर्फ हात उठाएर सहमति जनाए सँगै कोशी प्रदेश नामकरण भएका थिए । सोही नामकरणको बिषयमा यायोख्खाले असहमति जनाउँदै आएको छ । हिजो मात्रै खोटाङमा किरात प्रदेशको माग सहित बिरोध प्रदर्शन भएका थिए । यायोख्खाले उक्त नामकरणको असहमति जनाउँदै बिभिन्न १४ जिल्लाहरुमा बिरोध कार्यक्रम राखेको छ । २ घण्टा चक्का जाम, सिडियो कार्यालयलाई ज्ञापन पत्र र कालपट्टी बाँधेर कालो दिनको घोषणा लगायतको कार्यक्तम रहेको जनाईएको छ ।...
घाँस काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १८ । उदयपुरको फोक्सिङटारमा घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपलिका १६, फोक्सिङटारकी स्थानीय ३९ वर्षीया निलम राईको लडेर मृत्यु भएको हो । मंलबार बिहानको १० बजे घर नजिक चिलाउने भिरमा घाँस काटने क्रममा भिरबाट लडि मृत्त अवस्थामा रहेको स्थानीयले प्रहरीलाई खबर गरेको थियो । उक्त खबर पाए लगतै प्रहरी चौकी सुकौराबाट प्रहरी टोली घट्ना स्थालमा खटिएको थियो । मृत्यु हुने राईलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याई पोष्टमाटम पश्चात शव आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
राष्ट्रपति निर्वाचनको तयारी : आठ दलका सांसदलाई आज अभिमुखीकरण

राष्ट्रपति निर्वाचनको तयारी : आठ दलका सांसदलाई आज अभिमुखीकरण

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १८ । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रमको अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले मत मागिरहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् । उन...
प्रदेश १ कोशी प्रदेश भए पछि आज सार्वजनिक बिदा

प्रदेश १ कोशी प्रदेश भए पछि आज सार्वजनिक बिदा

समाचार
पूर्णपुष्टि,फागुन १८ । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश भएको छ । आज बिहिवार कोशी प्रदेश भएकै खुशीयालीमा सार्वजनिक बिदाको घोषणा भएको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश १ नामाकरण : पहिचानवादीद्धारा विरोध प्रदर्शन

प्रदेश १ नामाकरण : पहिचानवादीद्धारा विरोध प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १७ । प्रदेश १को प्रदेश नामाकरण विषयमा प्रदेश सभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । कोशी प्रदेन नाम घोषणनको घोर विरोध गछौँ भन्दै लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् । धर्ना र नारा जुलुस बढेसँगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ ।...
‘कोशी’ प्रदेशको पक्षमा ८२ जना सांसदको हात उठ्यो, अब मतदान प्रकियामा जाने

‘कोशी’ प्रदेशको पक्षमा ८२ जना सांसदको हात उठ्यो, अब मतदान प्रकियामा जाने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । नेकपा एमालेले १ नं प्रदेश को नाम ‘कोशी’ प्रदेश राख्नुपर्ने भन्दै प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जना र विपक्षमा ४ जना सांसदले हात उठाएका छन् । नेपालको संविधान अनुसार प्रदेशको नामकरणको लागी दुई तिहाई मत आवश्यक पर्छ । जुन नेकपा एमालेले प्रस्ताव गरेको ‘कोशी’ प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी सांसदले हात उठाएपछि सो प्रस्ताव अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । एमालेको कोशी प्रदेशमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेको हो । नेकपा एस र जसपाले राखेको ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेशको प्रस्तावमा भने छलफल नै नहुने भएको छ । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।...
उदयपुरको ताप्लीबाट ३८ किलो गाँजासहित दुई जना पक्राउ

उदयपुरको ताप्लीबाट ३८ किलो गाँजासहित दुई जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन १७ । जिल्लाको ताप्ली गाउँपालिका–१, देबरेबाट प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ का स्थानीय ७४ बर्षीय ईन्द्र बहादुर शाही र ५८ बर्षीय सेर बहादुर सेना रहेको रहेका छ । गत शनिवार गाँजाको कारोवार भई रहेको छ भन्ने गाप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी संयुक्त टोलीले उनीहरुको घरबाटै गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने शाहीको घरबाट १४ के.जि. र सेनाको घरमा लुकाई छुपाई रोखेको २४ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमात थप आवश्यक अनुसन्धान भईरहेको बताएको छ । पक्राउ परेकाहरुलाई ९ दिन म्यदा थप गरी अनुसन्धानको लागि जिल्ला अदालत उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
प्रदेश १ : नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरे

प्रदेश १ : नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । नेकपा एकीकृत र जसपाले प्रदेश १ कोे नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्नुपर्ने प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् । नेकपा एमालेले प्रदेशको नाम कोशी प्रदेशका लागि प्रस्ताव दर्ता गराएको छ भने नेकपा माओवादी केन्द्रले एमालेको प्रस्तावमा सहमती जनाएको छ ।...
निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर

निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १७ । मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा निःशूल्क आँखा शिविर कार्यक्रम अन्तरगत मोतिविन्दु शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइकेयर फाउन्डेसनको सहयोग र नेपाल नेत्र ज्योति संघको समन्वयमा शिविर सम्पन्न भएको हो । निशुल्क आँखा शिविर कार्यक्रम अन्तरगत जिल्लाको त्रियुगा नगरपालिका वडा न.१४,बाट ५७ जनाको उपस्थितिमा ३० जनाले निशूल्क आँखाको शल्यक्रिया पाएका छन् । गत पुष १० गते वडा १४,साउनेमा निःशुल्क आँखा शिविरको कार्यक्रमको आयोजना गरिएको थियो । सोहि शिविर मार्फतबाट प्राथमिक उपचार पछि सल्यक्रिया गर्नु पर्ने अवस्थाका विरामीहरुलाई मदन भण्डारी आँखा अस्पताल उदयपुरमा ल्याई नि:शूल्क शल्यक्रिया गराईएको हो ।...