Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरगढीमा प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईद्धारा कुटपिट

उदयपुरगढीमा प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईद्धारा कुटपिट

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ वागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ । विद्यालयका प्रअ अम्बरबहादुर कार्कीमाथि व्यववस्थापन समितिका वर्तमान अध्यक्ष तसबहादुर राईले हातपात गरेका हुन् । आफू अनुकूल भेला नबोलाएको र अभिभावक भेला स्थगित नगरेको भन्दै प्रअमाथि कुटपिट भएको थियो । स्थानिय ढकबहादुर राउतले विद्यालयको अभिभावक भेला कार्यक्रम भईरहेको समयमा मादकपदार्थ सेवन गरी पुगेका अध्यक्ष राईले ज्यानमार्ने धम्की दिदैँ प्रअमाथि हातपात गरेको बताए । प्रधानध्यापक कार्कीले नयाँ नेतृत्व चयनकालागी बोलाईएको भेला रोक्न आएको आदेश नमान्दा आफुमाथि हातपात भएको बताएका छन् । उनका अनुसार व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि बोलाईएको भेला हो । उनले भने ‘अध्यक्ष ज्यु आफु अनुकुल खोज्नु हुन्छ’ कति पटक सार्नु । कार्यक्रम स्थलमानै हातपात भएपछि प्रअ कार...
कोपा डेल रे : रियलको आत्मघाती गोलमा बार्सिलोना बिजयी

कोपा डेल रे : रियलको आत्मघाती गोलमा बार्सिलोना बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १९ । कोपा डे रे फुटबलको सेमिफाईनलमा पहिलो लेगको खेलमा आफ्नै गल्तीबाट रियलले बार्सिलोनासँग हार व्योहोरेको छ । रियलबाट आत्मघाती गोल हुँदा बार्सिलोनाले ०–१ गोलको जित हात पारेको हो । रियलको घरेलु मैदानमा बिहिबार राति भएको खेलको २६ औं मिनेटमा रियलका डिफेण्डर एडर मिलिटाओको आत्मघाती गोलबाट नै बार्सिलोनाले जित निकालेको हो । यि दुई बिचको दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा अप्रिल ५ मा हुदैँछ ।...
आजको सुनको भाउ : तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

आजको सुनको भाउ : तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

समाचार
पूर्णपुष्टि,फागुन१९ । नेपाली बजारमा आज तोलामा १०० रुपैयाँले सुनको भाउ घटेको छ । हिजो बिहिबार एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदी बिहीबार तोलाको १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन आज १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३८ अमेरिकी डलर छ।...
देशभरका क्याम्पसमा विद्यार्थी सङ्गगठन दर्ता सुरु

देशभरका क्याम्पसमा विद्यार्थी सङ्गगठन दर्ता सुरु

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १९ । स्तन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशभरका विद्यार्थी सङ्गठनहरुले सङ्गठन दर्ता राउँदै छन् । त्रिभुवन विश्वविद्यालयमा बिहान १० बजे दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्व...
मिटर ब्याजका कारण युवकले गरे आत्महत्या

मिटर ब्याजका कारण युवकले गरे आत्महत्या

समाचार
पूर्णपुष्टि,फागुन १९ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर–८, सुडालमा मिटर व्याजका कारण एक युवाले आत्महत्या गरेका छन् । मिटर ब्याजका कारण सुडालका स्थानीय निवासी श्याम तिमिल्सिनाले आत्महत्या गर्न बाध्य भएका हुन् । लामो समय देखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो । एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् । करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुञ्याएको आफन्तजनले बताएका छन् ।...
चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट प्रदर्शनमा

चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट प्रदर्शनमा

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन १९ । आज शुक्रबाट देखि सिनेमाहलहरुमा एकै दिन दुई नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ आवबाट प्रदर्शनमा आएको हो । दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रमा राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। यता चलचित्र ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ। ग...
आज आमलकी एकादशी

आज आमलकी एकादशी

समाचार
पूर्णपुष्टि,फागुन १९ । आज आमलकी एकादशी अर्थात फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गरिन्छ । भगवान् बिष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । जसरी भगवानमा बिष्णु पुजनीय हुनुहुन्छ त्यसैगरी फलहरुमा अमला पवित्र र पुजनीय मानिएको छ । बिष्णुले जब सृष्टिको रचनाका लागि ब्रम्हालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि बृक्षका रुपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास छ । यसैगरि यो एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह ...
किरात प्रदेश नामकरणको माग सहित उदयपुरमा घर्ष सुरु

किरात प्रदेश नामकरणको माग सहित उदयपुरमा घर्ष सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । उदयपुरमा किरात राई यायोख्खाले कोशी प्रदेश ख्यारेज गरी किरात प्रदेश नामकरण गर्न माग गर्दै संघर्ष सुरु गरेको छ । किरात राई यायोख्खा केन्द्रीय कार्य समितिले बिभिन्न ३ ओटा निर्णय सहितको बिज्ञाप्ती जारी गर्दै संघर्ष सुरु गरेको हो । पूर्वको १४ ओटै जिल्लाहरुमा यायोख्खाले संघर्ष सुरु गरेको छ । गाईघाट स्थित पिपलचोकमा किरात प्रदेश नामाकरण गर, कोशी प्रदेश ख्यारेज गर, पहिचान विरोधी होसियार जस्ता नारा लगाउँदै संघर्ष सुरु गरेको छ । उदयपुरमा भोली शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र कालो पट्टी बाँधेर कालो दिनको रुपमा कोशी प्रदेश नामाकरणको दिनलाई घोषणा गर्ने जस्ता कार्यक्रम रहेको छ । कार्यक्रममा यायोख्खाका केन्द्रीय सहअध्यक्ष ज्ञान बहादुर राईले कोशी प्रदेश कुनै हालतमा स्वकार्य नहुने जनाएको छ । त्यसका लागि आफु जस्तो सुकै संघर्ष गर्न तयार रहेको जनाए ।...
सन्दीपद्धारा नेपालई चौथौ सफलता दिलाए

सन्दीपद्धारा नेपालई चौथौ सफलता दिलाए

खेलकुद
पूर्णपुष्टि,फागुन १८ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत स्कटल्याण्डसँग भिडिरहेको नेपाललाई चौथौ सफलता मिलेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएको हो । सन्दीपले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका हुन् । यसअघि नेपालका लागि कुशल मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए थिए ।...
त्रियुगाको प्रथम मेयर स्व. लालशेर राई र पत्नी मिथिला राईको स्मृतिमा निशुल्क आँखा शल्यक्रिया

त्रियुगाको प्रथम मेयर स्व. लालशेर राई र पत्नी मिथिला राईको स्मृतिमा निशुल्क आँखा शल्यक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । त्रियुगा नगरपालिकाका पहिलो मेयर स्वर्गीय लालशेर राई र धर्मपत्नी स्वर्गीय मिथिला राईको स्मृति दिवसमा मंगलबार निशुल्क आँखा शल्यक्रिया गरिएको छ । छोराहरु सचिन सागर राई र समिप राईको आर्थिक सहयोगमा साउनेका करिब ४५ जना मोतिविन्दु समस्याका बिरामीहरुको शल्यक्रिया भएको छ । माघ १० गते साउनेमा संञ्चालित निशुल्क आँखा सिविरको क्रममा शल्यक्रिया गर्नु पर्ने देखिएका बिरामीहरुलाई गाईघाट स्थित मदन भण्डारी आँखा अस्पतलामा शल्यक्रियाको व्यवस्था गरिएको हो । छोरा समिप राईका अनुसार आमा र बाबुलाई सम्झदै आखाँको मोतिविन्दु समस्या परेकाहरुलाई सेवा गरेको जनाए । शल्यक्रियामा प्राविधिक सहयोग डा. कमल खड्काको टोलीले गरेका थिए ।...