Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा स्ववियु निर्वाचनको तयारी धमाधम

उदयपुरमा स्ववियु निर्वाचनको तयारी धमाधम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन २१ । उदयपुरको बिभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको छ । जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियु रहेका छन् । ती सबैमा चुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ । क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् । क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो ।...
चलचित्र ‘छक्कापञ्जा ४’ले पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको कमाई

चलचित्र ‘छक्कापञ्जा ४’ले पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको कमाई

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन २१ । नेपला चलचित्र ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त मै कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो । शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोडसहित उछाल कमाइ गर्‍यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रहे । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् । आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोडभन्दा बढी कमाइ गरेको जानकारी दिए । फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च देखियो । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ...
ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकले नि : शुल्क प्रवेश पाउने

ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकले नि : शुल्क प्रवेश पाउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते । शहिद स्मारक ए डिभिजन लिगमा अपाङ्गता र ज्येष्ठ नागरिकहरुले नि:शुल्क प्रवेश पाउने भएका छन् । लिगको सबै खेलमा अपाङ्ता र ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेश गरिएको आयोजकले जनाएको छ । फागुन १९ बाट सुरु भएको लिग दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । खेल हुने तिन वटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकको परिचय पत्र देखाएर नि:शुल्क प्रवेश पाउने व्यवस्था रहेको छ । अन्य दर्शकहरुलाई भने टिकट नै लिनु पर्नेछ । सामान्य प्याराफिटतर्फ टिकटको मूल्य १०० र भीआईपी प्याराफिटतर्फ टिकटको मुल्य ३०० तोकिएको छ ।...
खाली पेटमा दुध चियाको असर के ?

खाली पेटमा दुध चियाको असर के ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । मानिसहरु बिहानी समय चिया पिउन आतुर हुन्छ । उसोत बिहानी समय चियाकै समय पनि मानिन्छ । तर यसलाई पिउने तरिकाहरु नअपनाईदा हामी प्रत्यक्ष असरमा पर्ने डाक्टरहरु बताउँछन् । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अबषेश भण्डारीका अनुसार खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन । उनका अनुसार कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या नहुने तर खाली पेटमा खाँदा भने यसले समस्या देखाउने भण्डारीको भनाई छ । दूधको चिया स्वास्थ्यका लागि हानिकारक नभएपनि यसको अत्यधिक सेवन गरेमा भने स्वास्थ्यलाई हानि गर्न सक्ने भण्डारीले सुझाएको छ । जसले गर्दा दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्ने उनको सुझाव...
उदयपुरमा स्ववीयु निर्वाचनको चहलपहल सुरु

उदयपुरमा स्ववीयु निर्वाचनको चहलपहल सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा स्ववियु निर्वाचनको तयारी र चहलपहल सुरु भएको छ । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी धमाधम थालिएको हो । जिल्लाको सदमुकाम गाईघाट, मोतिगडा, बसाहा, बेल्टार र कटारी गरी पाँच क्याम्पसमा स्ववियुु रहेका छन् । ती सबैमा चुुनावी तयारीसंगै विद्यार्थी राजनीतिको चहलपहल सुरु भएको छ । क्याम्पसहरुमा अखिल क्रान्तिकारी, ने.वि. संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी बहुुमत, अखिल क्रान्तिकारी विप्लब लगायतका संगठनहरु दर्ता भएका छन् । क्याम्पसका निर्वाचन समितिहरुले आवश्यक बैंठक, छलफलसहितको तयारी थालेको हो । यस्तै त्रियुगा बहुमुखी क्याम्पस मोतिगडामा भने शनिवार दर्ता भएको बिभिन्न संगठनहरुको चुनावी तयारीको बैठक समेत बसिसकेको छ । संगठनहरुले निर्वाचनलाई कसरी सफल बनाउने भन्ने सम्बन्धित केन्द्रीत रहेर छलफल बसेको हो ।...
लिम्चुङबुङ गाउँपालिकाद्धारा सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा

लिम्चुङबुङ गाउँपालिकाद्धारा सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन १९ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध गराउने भएको छ । गत फागुन ३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले ‘एम्बुलेन्स सेवा संचालन निर्देशिका २०७९’ स्वीकृत गरेको थियो । सोहि आधारमा आफ्नो गाउँपालिका भित्रका सुत्केरी महिलाहरुलाई यस्तो सेवा दिने निर्णय भएको हो । पालिकाको सुत्केरी महिलासँगै जो आर्थिक रुपमा विपन्न परिवारका बिरामीलाई समेत एम्बुलेन्स सेवामा छुट दिइने गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । उनका अनुुसार अस्पातालले रेफर गरेको नेपालका जुनसुकै अस्तालमा पनि लैजादा पालिकाले निशुल्क एम्बुलेन्स उपलब्ध गराउने अध्यक्ष राईले जानकारी दिनुभयो ।...
उप-सभामुख रानाको गुनासो: राज्यबाट पाउने सेवा, सुविधा समेत पाइएन

उप-सभामुख रानाको गुनासो: राज्यबाट पाउने सेवा, सुविधा समेत पाइएन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १९ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो व्यक्त गरेकिछिन् । शुक्रवार काठमाडौँमा आयोजना भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो व्यक्त गरेकि हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाई थियो । उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् । उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुन सक्ने बताइन् ।...
त्रि.ज.व क्याम्पसमा स्वविय निर्वाचानका लागि ६ वटा संगठ दर्ता

त्रि.ज.व क्याम्पसमा स्वविय निर्वाचानका लागि ६ वटा संगठ दर्ता

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १९ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्तत्र विद्यार्थी युनियनको चुनावका लागि त्रियुगा जनता बहुमुखी क्याम्पसमा छुट्टा–छुट्टै रुपमा ६ वटा संगठने दर्ता गराएको छ । जस्मा अखिल क्राीन्तकारी, ने.बि. संघ, अनेरास्वावियु, अनेरास्वावियु, अखिल क्रान्तिकारी विप्लव र अखिल क्रान्तिकारी–नेकपा बहुमत निकट रहेको छ । क्याम्पसको सूचनामा उल्लेखित अनुसार भोली २० गते शनिवार विहान ७ बजे सर्वदलिय बैठक आह्वान गरिएको छ ।...
कोशी प्रदेश राखेकोमा माओवादी मजदुरको आपत्ति

कोशी प्रदेश राखेकोमा माओवादी मजदुरको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । माओवादी मजदुर पार्टीले साविक प्रदेश नं १ लाई कोशी नामाकरण गरेकोमा आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय तदर्थ समितिले बिज्ञाप्ती मार्फत आपत्ति जनाएको हो । प्रदेश नं १ लाई पहिचानको आधारमा नामाकरण गरिनु आम जनताहरुको इच्छाचाहानालाई दवाउँदै सरकार पहिलाको पंञ्चायत तर्फ नै उन्मुख रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । वर्तमान सरकारले पहिचानलाई मेटेको र अहिलेको प्रदेश नामाकरणहरु सबै गलत भएको बिज्ञाप्तीमा ठहर गरेको छ । किरात प्रदेशको बदलामा कोशी प्रदेशको नाम राखिएको छ, प्रदेश सरकारले १८ गते फागुनमा कोशी प्रदेश नामाकरण प्रति पहिचानका उत्पिडित जातीहरुलाई नयाँ खालको दमन सुरु भएको हुनाले यस प्रति हामि घोर भर्तसना गर्दछौँ, बिज्ञाप्तीमा भनिएको छ ।...
बलिउड अभिनेता रितिक रोशनले प्रेमिका सबा आजादसँग विवाह गर्दै

बलिउड अभिनेता रितिक रोशनले प्रेमिका सबा आजादसँग विवाह गर्दै

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १९ । बलिउड अभिनेता रितिक रोशनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारी गरेका छन् । उनिहरुको विवाह नोभेम्बरमा हुने भारतीय सञ्चार माध्यम बलिउड लाइफले जनाएको छ । ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि उनीहरूले भेट्ने निर्णय गरेका थिए । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन् । पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन् । अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको दुई छोरा छन्।...