Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

नजिकिँदै होली पर्व, गाईघाट बजारको चहलपहल

नजिकिँदै होली पर्व, गाईघाट बजारको चहलपहल

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन २१ । नेपालीहरले विशिष्ट रङ्गिन पर्वको रुपमा मनाउँने गरेको होली पर्व भन्नोबित्तिकै धेरै उत्साहित हुन्छन् । एउटा बेग्लै खाले उमंग बोकेर आउने होली पर्वले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उत्साहित बनाउने गरेको छ । हिन्दु धर्मबलम्बीहरुको महान पर्व फागू पूर्णिमा अर्थात होली पर्व यस वर्ष फागुन २२ गते पहाडी होली र २३ गते तराई होली पर्व परेको छ । होली नजिकिएसँगै गाईघाट बजारका कपडा पसलहरुमा होली लक्षित कपडा, रङ, अबिर, पिचकारी देखिन थालेका छन् । बालबालिका रङ, पिचकारी किन्न अभिभावकसँगै बजार पुगेको देखिन्छ । तर अघिल्ला वर्षमा जस्तो धेरै चहलिपहल भने अहिलेसम्म देखिएको थिएन् । होलीको मुख्य दिन नजिकिंदै गर्दा यसपटक व्यापार ठिकठाकै भएको व्यवसायीहरुको अनुभव छ । फागु पूर्णिमाको दिन मनाउने बिशेष यो पर्वमा उदयपुरको गाईघाटका सडक छउँ छाउँमा अवस्थित कपडा पसलहरुले सानो र ठुला गरि दुई साइज...
उदयपुरको कटारीमा गाँजा सहित युवक पक्राउ

उदयपुरको कटारीमा गाँजा सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २१ । उदयपुरको कटारीमा लागुऔषध गाँजा सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–४ सिराहाका २२ बर्षीय ललित सिंह रहेका छन् । उदयपुरको कटारी नगरपालिका–१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बेलस्रोत उदयपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले सिंहलाई पक्राउ गरेको हो । शनिवार दिउँसो प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै सिंहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
फ्रेन्च लिग वानमा नान्ट्समाथि पिएसजीको शानदार जित

फ्रेन्च लिग वानमा नान्ट्समाथि पिएसजीको शानदार जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ । फ्रेन्च लिग वानमा नान्ट्समाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पिएसजीले नान्ट्समाथि ४–२ गोल अन्तरमा जित निकालेको हो । खेलको १२ औं मिनेटमा मेस्सीको गोलमा पिएसजीले आग्रता लिएको थियो भने १७ औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीको आग्रता दोब्बर भएको थियो । ३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए। ६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए । नान्ट्स विरुद्ध गोल गरेका एम्बाप्पेले पिएसजीका एडिन्सन काभानीको रेकर्ड तोडेका छन् । एम्बाप्पेले पिएसजीका लागी २४७ खेलमा २०...
एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने

एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २१ । एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने चयन भएको छ । उदयपुरको कटारीमा अयोजित प्रदेश संगठनको दोस्रो जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ४३ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा डिल्ली प्रसाद खतिवडा, राजेश प्रसाद यादव, महिला उपाध्यक्ष खिनामाया लिम्वु, कोमल प्रसाद रिमाल माहासचिव कपिलदेव तिमिल्सिना, उपमाहासचिव कमल प्रसाद बास्कोटा, अर्थ उपमाहा सचिव टेक नाथ नेपाल, महिला सचिव गोमा पोख्रेल, सचिव शिवराम राई, ऋद्धि बहादुर चर्मकार रहेका छन् । यस बाहेक अन्य सबै सदस्यहरु गरी ४३ कार्यसमिति निर्माण भएको छ । पूर्व सभामुख माओवादी नेता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्षको उपस्थितिमा बृहत अधिवेशन भएका थिए ।  ...
प्रिमियर लिगमा बोर्नेमाउथमाथि आर्सनलको उत्कृष्ट पुनरागमन

प्रिमियर लिगमा बोर्नेमाउथमाथि आर्सनलको उत्कृष्ट पुनरागमन

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ । प्रिमियर लिगमा शिर्ष स्थानमा रहेको आर्सनलले बोर्नेमाउथमाथि शानदार पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथलाई २–३ गोल अन्तरमा आर्सनलले जित हात पारेको हो । खेलको ९.११ सेकेण्डमा फिलिप बिलिङले बोर्नेमाउथलाई आग्रता दिलाएका थिए । प्रिमियर लिगको ईतिहासमा बिलिङले दोस्रो चाँडो गोल गरेका हुन् । यसअघि सेन लङले सन् २०१९ मा साउथह्याम्पटनका लागि वार्टफोर्डविरुद्ध ७.६९ सेकेण्डमा गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ५७ औँ मिनेटमा मार्को सेनेसीले टोलीको अग्रता दोब्बर बनाए । खेलको ६२ औँ मिनेटमा थोमास पार्टलेले एक गोल फर्काएपछि आर्सनल खेलमा फर्कियो । लगत्तै बेन वाइटले बराबरी गोल गरे । इन्जुरी समयमा रेइस नेल्सनले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । जीतसँगै आर्सनलले शीर्ष स्थानमा पुनः ५ अंकको अग्रता लि...
माओवादी केन्द्रले सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

माओवादी केन्द्रले सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २१ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएका छन् । माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डको) निर्देशन पछि माओवादीले विश्वासको मत दिने भएको हो । हिजो सुदूरपश्चिम माओवादी केन्द्रका संसदीय दलले पत्र लेखेर विश्वासको मत दिने नदिने भन्ने बारेमा पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेको थियो । त्यसपछि प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका थिए । विश्वासको मत दिन निर्देशन आएको र भागवण्डा, पावर सेयरिङको विषयमा पनि माथिबाट नै टुङ्गो लागेको सुदूरपश्चिम माओवादीका नेता खगराज भट्टले बताए । प्रचण्डको निर्देशनपछि अहिले माओवादी केन्द्र दलको बैठक बस्ने तयारीमा छ । उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ ।...
आज सुन चाँदीको मुल्यमा बृद्धि, कतिमा हुदैँछ कारोबार ?

आज सुन चाँदीको मुल्यमा बृद्धि, कतिमा हुदैँछ कारोबार ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २१ । आज (आईतबार) सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ भने त्यस्तै चाँदीमा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ भने चाँदी तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
ओखलढुङ्गामा बलेरो दुर्घट्ना : घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर

ओखलढुङ्गामा बलेरो दुर्घट्ना : घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर

समाचार
पूर्णपुष्टि,फागुन २१ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकास्थित दियालेमा बलेरो दुर्घटना भएको छ । आइतवार बिहान बलेरो दुर्घट्नामा परी सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिइन् । घटनामा एक जनाको मृत्यु भएको भन्ने जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कुमारीको भनाइ छ । उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको जानकारी दिइन् ।...
आधा घण्टाको फरकमा नेपालका दुई ठाउँमा भूकम्पको धक्का

आधा घण्टाको फरकमा नेपालका दुई ठाउँमा भूकम्पको धक्का

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन २१ । अछाममा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछामको छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको दाप्चा छत्रेबाँझ आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो । ३२ मिनेटको फरकमा देशका भिन्दाभिन्दै स्थानमा चार म्याग्निच्युडमाथिका भूकम्पका दुई धक्का मापन गरिएको हो । अछाममा नयाँ भूकम्प र काभ्रेको धक्का विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । यी भूकम्पका कारण कुनै क्षतिको विवरण आएको छैन ।...
काभ्रे केन्द्र बनाएर भूकम्पको झड्का

काभ्रे केन्द्र बनाएर भूकम्पको झड्का

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २१ । काभ्रे जिल्लालाई केन्द्रबिन्दु बनाएर पनौती आसपासको क्षेत्रमा भूकम्प गएको छ । आईतावर बिहान करिव ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेसहित छिमेकी जिल्लामा महसुस भएको छ।...