Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

बेलायतका राजा चाल्र्सद्धारा राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो

बेलायतका राजा चाल्र्सद्धारा राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, फागुन २२ । बेलायतका राजा चाल्र्सले मेमा हुने आफ्नो राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो दिएका छन् । बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई राज्याभिषेकमा बोलाईएको समाचार संस्था रोयटर्सले जनाएको छ । राजा चाल्र्सको राज्याभिषेक समारोहमा ह्यारी र मेघन उपस्थित हुने वा नहुने भन्ने टुङ्गो लागिसकेको छैन् । ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी–मेघन सम्बन्धमा तिक्तता आएको थियो । केही दिन अघि ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनिहरुको घर खाली गर्न भनिएको द गार्डियनले जनाएको छ । ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन् । खाली गर्न लगाईएको भवन १७ औं शताब्दीमा बनेको बताइन्छ । बेलायतका राजा च...
आजबाट राट्रपति निर्वाचनको आचारसंहिता लागु, प्रचार प्रसारमा रोक

आजबाट राट्रपति निर्वाचनको आचारसंहिता लागु, प्रचार प्रसारमा रोक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २२ । निर्वाचन आयोगले आजबाट राट्रपति निर्वाचनको आचारसंहिता लागु गर्दै प्रचार प्रसारमा रोक लगाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज (सोमबार) राति १२ बजेदेखि फागुन २५ गते मतदान नसकुन्जेलसम्मका लागी प्रचार प्रसारमा रोक लगाईएको बताए । यस समयअवधिमा प्रचार प्रसार लगायत छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी गर्न निषेध गरिएको छ भने एसएमएस, फेसबुक, भाईबर लगाएतका ईन्टरनेटको माध्यमबाट मत माग्न वा प्रचार प्रसार गर्न नपाईने आयोगले जनाएको छ । विज्ञप्तीमा राष्ट्रपति देशको सर्वोच्च र गरिमामय पद रहेकोले निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको थियो । आयोगले २०७९ फागुन १७ गत...
शहिदहरुको सम्झनामा दिपप्रज्वलन

शहिदहरुको सम्झनामा दिपप्रज्वलन

राजनीति, समाचार
पूर्णपुष्टि,फागनु २२ । नेकपा एमाले त्रियुगा नगर कमिटिद्धारा सुखानीका शहिदको सम्झनामा दिप प्रजवलन गरेको छ । आईतवार त्रियुगा नगरपालिका वडा नं.१२ स्थित बुद्ध चोकमा कमिटिले दीप प्रच्वलन गरेको हो । ग्रासरुट अभियान (संगठन सुदृढिकरण) अन्तरगत सुखानीमा ज्यान गुमाएका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको सम्झनामा दीप प्रजवलन गरिएको एमालेका युवा नेता खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । दीप प्रज्वलन कार्यक्रममा कम्युनिष्टलाई सिद्ध्याउनको लागि तत्कालिन पंचायन सरकारले २०२९ सालमा झापाको तत्कालिन खुदुनावारी गाविसमा झापा विद्रोहका अगुवाहरुको हत्या गर्यो, त्यही शहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनु भयो । दिपप्रज्वलन कार्यक्रममा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश कमिटी सदस्य भागवत राउत लगाएत जिल्ला तथा वडा कमिटीका सदस्यहरुको उपस्थिती रहेको नगर उपाध्यक्...
ताप्लेजुङमा निःशुल्क आँखा शिविर, ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

ताप्लेजुङमा निःशुल्क आँखा शिविर, ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

समाचार
पूर्णपुष्टि,फागुन २२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उत्तः शिविरमा ७० जना मोतियाविन्दुका स्थानीय बिरामीहरुको शल्यक्रिया गरिएको छ । गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा फागुन ८ गतेदेखि भेटिएका मोतियाविन्दुका बिरामीको गत शनिबार र आइतबार शल्यक्रिया भएको हो । नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । शिविरमा २ हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ। गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङको भनाइ छ। बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपा...
कक्षा १२को परीक्षा समय तालिका सार्वजनिक

कक्षा १२को परीक्षा समय तालिका सार्वजनिक

समाचार
पूर्णपुष्टि,फागुन २२ । आगामी नयाँ वर्ष देखि कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२को साधारण,परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ । परीक्षा तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को व्यवस्था नगरिएको बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित हुनेछैन । २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ ।...
फागु पूर्णिमा आज, पहाडी जिल्लामा होली मनाइँदै

फागु पूर्णिमा आज, पहाडी जिल्लामा होली मनाइँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन २२ । आज फागुन पूर्णिमा पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्प...
गाईघाटमा होली हंगामा सिजन–२ हुने

गाईघाटमा होली हंगामा सिजन–२ हुने

समाचार
पूर्णपुष्टि,फागुन २१ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको अवसरमा गाईघाटको पिपलचोकमा होली हङगामा सिजन–२, हुने भएको छ । पूर्वेली मिडिया प्रालीको आयोजनामा अगामी मंगलबार मध्यायन्नको १२ बजे देखि त्रियुगा नगरपालिका ११ पिपल चोकमा होली हंगामा २०७९ आयोजना हुने भएको हो । कार्यक्रमलाई टुबोर्गले मुख्य प्रायोजन गरेको छ । यता रेड ब्लुइ, त्रियुगा नगरपालिका, एसिएन पेन्ट्स, शिब शक्ति ब्लोक्स र उदयपुर सिमेन्ट प्रालिले सह–प्रायोजन गरेको छ । गतसाल हजारौं स्थानीय दर्शकहरुको साथ पाएको यो मिडियाको यो दोश्रो सिजन रहेको छ । आयोजक समितिका अध्यक्ष सरोज निरौलाको अनुसार यस पटक राष्ट्रिय तथा स्थानीय कलाकारहरु शिबथापा मगर, लोक स्टार बिनोद दनुवार, टिकटक भाइरल जोडी गोपाल कृति नमु न्यौपाने, इटहरीका पप सिंगर साइरस श्रेष्ठ लगायतका कलाकारहरुले प्रस्तुती दिने भएको हो । होली हंगामा कार्यक्रममा अन...
छक्कापञ्जा ४ को क्लिप टिकटकमा राख्नेलाई कारबाही गर्ने चेतावनी

छक्कापञ्जा ४ को क्लिप टिकटकमा राख्नेलाई कारबाही गर्ने चेतावनी

समाचार
पूर्णपुष्टि,फागुन २१ । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । शुक्रबार प्रदर्शनमा आएको चलचित्र‘छक्कापञ्जा ४’ का क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएपछि टिमले कानुनी सहायता लिने भएको हो । उक्त फिल्ममा अभिनय गरेका हाँस्यकलाकार केदार घिमिरे ९माग्ने बुढा० ले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै कानुनी झमेलाबाट बच्न भिडिओ डिलिट गर्न अनुरोध गरेका छन् । कानुनी प्रक्रियाका लागि ओएसआर (OSR) र अन्य व्यक्तिहरू (cyber)प्रहरीमा जाँदैछन् भन्ने सूचना भर्खरै पाएँ, उनले लेखेका छन्, कृपया आफूले अपलोड गरेको चलचित्रको भिडियो डिलिट गरी कानुनी झमेलाबाट बच्नुहोला । यसबारे टेकपानासँग कुरा गर्दै फिल्मका निर्माता दिपकराज गिरीले यसको समाधानका लागि साइबर ब्युरोसँग छलफल गरिरहेको जानकारी दिएका थ...
रेमिट्यान्समा सहजताको लागि माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता

रेमिट्यान्समा सहजताको लागि माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता

समाचार
पूर्णपुष्टि,फागुन २१ । माछापुच्छ्रे बैंक लिमिटेड र लुलु एक्सचेन्जबीच व्यवसायिक सम्झौता भएको छ । बैंदेशिक रोजगारीमा बहराईन गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका यी दुई बिच व्यवसायिक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बेंक लिमिटेडका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि।ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्...
उदयपुरमा सडक नाटक सम्बन्धि ७ दिने तालिम सम्पन्न (भिडियो सहित)

उदयपुरमा सडक नाटक सम्बन्धि ७ दिने तालिम सम्पन्न (भिडियो सहित)

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २१ । हुरेण्डेक उदयपुर र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा ७ दिने सडक नाटक सम्बन्धि तालिम सम्पन्न गराएको छ । किशोर किशोरीहरुलाई अभिनय कला,सडक नाटक लेखन,प्रस्तुतिकरण सम्बन्धी क्षमता अभिवृद्धि गरी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा जिल्लाका चार गाउँपालिकाका २४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । प्रस्तुत नाटकमा समुदायमा विद्यमान बालविवाह, गर्भवती तथा सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको हेरचाह, आमाहरुलाई सुरक्षित मातृन्व,पोषण,खोप,सरसफाई,बाल बिबाह,बाल श्रम, घरेलु हिँसा वृद्धि अनुगमन आदि विषय वस्तुलाई समेटिएको थियो । तालिम पश्चात सहभागी नमुना मा.वि. मुर्कुचीमा सडक नाटक समेत प्रदर्शनी गरिएको थियो । सहभागिहरुले सिकेको नाटक सुनालौ हजार दिनको आमाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाहको लागि ४ वटै गाउँपालिकाका स्वास्थ्य आमा स...