Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा चैते धान खेतीमा कमी

उदयपुरमा चैते धान खेतीमा कमी

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २२ । जिल्लाको पूर्वी मध्य तथा पश्चिमी भुभागहरुमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक भने खडेरीको कमी आउँने देखिएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताए । रिस्कु क्षेत्रका साना खोला नालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताए । उदयपुरगढी गाउँपालिकाको दनुवार बेंसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुस्किलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताए । लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका ...
राष्ट्रपति भण्डारी फागुन २९ भित्र शीतलनिवास छाड्ने

राष्ट्रपति भण्डारी फागुन २९ भित्र शीतलनिवास छाड्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन २२ । निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी हुन् । । आगामी फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । नव निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ रहेको जानकारी दिंदै राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘सम्भवतः २९ भित्र सरिसक्नु हुनेछ ।’ संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपत...
अन्नपुर्ण हिमाल चढ्न कतारकी रामकुमारी म्याग्दीमा

अन्नपुर्ण हिमाल चढ्न कतारकी रामकुमारी म्याग्दीमा

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन २२ । अन्नपूर्ण गाउँपालिका–४,मा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्न पुर्णहिमाल आरोहणका लागि आज कतारकी राजमुमारी आश्मा अल्थानी म्याग्दी आएकी छिन् । इलाईट टे«किङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन्। आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा ९निम्स० ले अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्। हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ। राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ, पुर्जाले भने बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ। त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन्। यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ। राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको...
एकिकृत समाजवादीका नेता उपाध्यायलाई प्रधानमन्त्रीको श्रद्धाञ्जली अर्पण

एकिकृत समाजवादीका नेता उपाध्यायलाई प्रधानमन्त्रीको श्रद्धाञ्जली अर्पण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ ।एकिकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्रीले एकिकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । प्रधानमन्त्रीले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।...
गाईघाटमा हराएको मोटरसाईकल खोजी गरी धनीलाई बुझाइयो

गाईघाटमा हराएको मोटरसाईकल खोजी गरी धनीलाई बुझाइयो

Breaking News 2, समाचार
पूर्णपुष्टि,फागुन २२ । जिल्ला प्रहरी कार्यालयले गाईघाटको दुई छ्ट्टा–छुट्टै स्थानबाट हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । आईतवार त्रियुगा नगरपालीका ११ शिवालय टोर र स्थित थरुहट रंगशाला–१२, मा पार्किङ गरी राखिएको मोटरसाईकल हराएको थियो । दुबै १५० सिसिको पल्सर मोटरसाईकल रहेका छन् । जस्मा वडा नं.११ बाट ३९०२९००२४ प ६०३६ नम्बरको र वडा नं. १२ बाट स १० प ५९७५ नम्बरको मोटर साईकल फेला परेका हुन् । दुई छुट्टा छुट्टै स्थानबाट हराएको मोटरसाईकल बजाज कम्पनिको पल्सर मोटरसाईकल रहेको प्रहरीले जनाएको छ । मोटरसाईकल धनीले आफ्नो सवारी साधन हराएको भन्दै प्रहरीलाई खोजिदिन आग्रह गरेको थियो । खेज अनसुन्धानमा खटिएको प्रहरी टोलीले दुबै मोटरसाईकल फेला पारी ल्याई सम्बन्धित व्यक्ती पहिचान गरी मोटरसाईकल धनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायक उपरीक्षक राकेश कुमार पोदारद्धारा हस्...
ब्राउन सुगर सहित युवक पक्राउ

ब्राउन सुगर सहित युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ ।झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम नगरपालिका–१२ का २४ बर्षीय सुजन बाला राई रहेका छन् । हिजो दिउँसो साढे ३ बजे प्रहरीले राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगर बरामद भएसँगै राईलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।...
ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । मोरङको बिराटनगर महानगरपालिका–४ ईक्राई पोखरीचोक स्थितमा ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ बर्षीय राध देवी राजबंशी रहकी छन् । हिजो दिउँसो साढे ११ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकलमा सवार युवतीलाई ठक्कर दिदा राजवंशी घाईते भएकी थिईन् । घाईते भएकी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
होलीमा ट्राफिक प्रहरीको कडाइ, ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही

होलीमा ट्राफिक प्रहरीको कडाइ, ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही

समाचार
पूर्णपुष्टि,फागुन २२ । काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरीले होली पर्वलाई मध्यनजर गरी आज ट्राफिक जाँचमा कडाई गरिएको छ । सोमबार बिहान ११ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने १५७ सवारी चालकलाई कारबाही गरेको उपत्‍यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लघंन गरी तीव्र गतिमा सवारी हाक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । उनले इच्छाविपरीत कसैलाई रङ दल्ने,लोला हान्ने,होली मनाउने नाममा अभद्र व्यवहार गर्ने,लागुपदार्थ सेवन गरेर सवारी हाक्ने तथा ट्राफिक नियम उल्लघंन गरी लापरवाहीका साथ सवारी हाक्नेलाई कारबाही गरिने बताए । उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाई गरेको हो । काठमाडौंका व...
गाईघाट अव उदयपुरको शहर मात्र हैन : अध्यक्ष श्रेष्ठ

गाईघाट अव उदयपुरको शहर मात्र हैन : अध्यक्ष श्रेष्ठ

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २२ । वातावरण कानुन समाज नेपालका अध्यक्ष पदमबहादुर श्रेष्ठले गाईघाट अब उदयपुरको मात्र हैन सिङ्गो देशको शहर बन्दै गएको बताए । पूर्व भ्रमणको क्रममा गाईघाट आइपुगेका अध्यक्ष श्रेष्ठले पूर्णपुष्टिसंगको भेटमा उक्त कुरा बताएका हुन् । “काठमाडौंको मानिस गाईघाट हुदै पूर्व जाने र पूर्वकाहरु यहीबाट काठमाडौं लगायत विभिन्न ठाउँ जाने भएकोले अब, यो सामान्य शहर रहेन” श्रेष्ठले भने । विगत ०५२ सालदेखि उहाँको निरन्तर भ्रमण, अवलोकन गर्दै आएका उनले गाईघाटमा थुप्रैे परिवर्तन आइसक्दा पनि शहरी सभ्यताको विकास भने हुन नसकेकोले यसप्रति स्थानीय सरकार र नगरबासी सचेत हुनुपर्ने सुझाए । मुख्यगरी शहरको सरसफाई,सडक,बत्ती,बस्ती ब्यवस्थापन,हरियो बोट बृक्ष रोपणमा ध्यान पुर्याउनुपर्ने उनले बताए । शहर उज्यालो हुनुपर्ने,सफा,सुन्दर र हराभरा हुनुपर्ने उनको भनाई छ । त्यसतर्फ उन्मुख हुन सुझाव उनको छ । “गाईघाट आइ...
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि वितरण

समाचार
पूर्णपुष्टि,फागुन २२ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण गरेको पाईएको छ । शनिवार शिविरमा विरामीको लागि ल्याइएका औषधीको म्याद अवधि सकिएको पाईएको हो । आयोजित शिविरमा बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’ नामक औषधि दिइएको थियो । उक्त औषधिको अवधि गुज्रिएको पाइएको हो । चौराहा अस्पतालका निर्देशक विरु भण्डारीले आफूहरूले चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मीको टोली निःशुल्क स्वास्थ्य शिविरमा पठाएको बताए । केही औषधि सौजन्य रूपमा विभिन्न फार्मेसी तथा कम्पनीबाट लैजाने गरिएको भन्दै उनले म्याद गुज्रिएको औषधि कसरी प¥यो भन्नेबारे आफूले बुझ्ने बताए ।...