Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २४ । युरोपियन च्याम्पियन लिगमा ब्रगमाथि रोमाञ्चक जित निकाल्दै वेनफिका च्याम्पियन लिगको क्वाटरफाईनल प्रवेश गरेको छ ।पोर्चुगिज क्लब वेनफिकाले बेल्जियमको क्लब ब्रगलाई ५–१ गोल अन्तरले हराउँदै समग्रमा ७–१ को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । वेनफिकाको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो खेलको ३८ औं मिनेटमा गोल गर्दै शिल्भाले अग्रता दिलाएका थिए भने पहिलो हाफको ईन्जुरी टाईममा र खेलको ५७ औं मिनेटमा गोन्सालो रामोसले गोल गरे । त्यस्तै खेलको ७१ औं मिनेटमा जाआओ मारियोले गोल गरे भने ७७ औं मिनेटमा डेभिड नेरेसले गोल गरे । ब्रगका लागी बिजोन मेईजरले सान्त्वना गोल गरे ।...
होलीको दिन उदयपुरमा ५३ सवारी कार्वाहीमा, मापासेलाई तत्काल छाडिएन

होलीको दिन उदयपुरमा ५३ सवारी कार्वाहीमा, मापासेलाई तत्काल छाडिएन

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २४ । उदयपुरमा होलीको दिन लापर्वाही सवारी चलाउने ५३ सवारीलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । नियम उलंघन गरी सवारी चलाउने सवारीहरु कार्वाहीमा परेको हो । मापासे, बिना हेल्मेट, तिन जना सवार, जिकज्याक जस्ता सवारीहरुलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज आलोक दियालीले जनाए । दियालीका अनुसार मापासे गर्नेलाई थप कडाईका साथ कर्वाही गरिएको जनाए । अन्यलाई हिजै जरिवाना सहित छाडिएको भएपनि मापासेलाई भने अझै नछाडिएको दियालीले बताए । उनिहरुलाई आज बोलाएर थप सोधबुछगरी छाडिने जनाईएको छ । गाईघाटमा मात्रै २२ ओटा सवारी साधनलाई कार्वाही गरिएको छ । त्यस मध्ये ६ ओटा मापासेका सवारी रहेका छन् ।...
गाईघाटमा सभ्य र भव्यताका साथ होली सम्पन्न (फोटो फिचर सहित)

गाईघाटमा सभ्य र भव्यताका साथ होली सम्पन्न (फोटो फिचर सहित)

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २३ । उदयपुरको सदरमुकाम गाईघाटमा सभ्य र भव्यताका साथ २०७९ होली पर्व कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार सदरमुकाम गाईघाटको दुई छुट्टा छुट्टै स्थानमा होली बिशेष कार्यक्रमको आयोजना गरिएको हो । होली बिशेष कार्यक्रममा सदरमुकाम आसपासको क्षेत्रका युवा युवतीहरुको सहभागिता रहेको थियो । गाईघाटको त्रियुगा नगरपालिका ११, विदुद्य मार्घ अवस्थित उपहार एफ.एम.९५.४ मेगार्हजको आयोजनामा “होली उत्सव” को आयोजना गरिएको थियो । जसमा जिल्लाका स्थानी कलाकार तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती मार्फ सयौँ दर्शकहरुलाई मनोरंञ्जजन लिलाएको थियो । उक्त कार्यक्रममा युवा गाएक तथा संगितकार टम्पशेर राई, गायक अशोक शिवा, गायक फिरोज बस्नेत, कलाकर मिथुन ठाकुर र रेखा राई लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो । यता पूर्वेली आवाज मिडिया प्रा।लीको आयोजनामा पिपल चोक अवस्थित एवान होटल छेउ “होली हंगामा २०७...
आज होलीको दिन : उदयपुरमा ट्राफिक व्यवस्थापन कडाई, बजार एरियामा तिन ठाउँ चेकिङ

आज होलीको दिन : उदयपुरमा ट्राफिक व्यवस्थापन कडाई, बजार एरियामा तिन ठाउँ चेकिङ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २३ । होली पर्वलाई मध्यनजर गर्दै आज उदयपुरको बिभिन्न शहरमा ट्राफिक व्यवस्थापन कडाई पारिने जनाईएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज आलोक दियालीका अनुसार गाईघाट सदरमुकामको बजार एरियाको तिन ठाउँमा मुख्य चेकिङको व्यवस्था गरिने जनाईएको छ । गाईघाट सँगै कटारी, बेल्टार, रामपुर जस्ता शहरहरुमा पनि ट्राफिक व्यवस्थापन कडाई गरिएको छ । साथै गाडी मोवाई चेकिङको पनि व्यवस्था गरिएको छ । आज लापर्वाही साधन चलाउने सवारीलाई स्पोर्टमै जरिवाना नकाटीने ५ बजे सम्म होल्ड गरेर माथिको आदेश अनुसार कार्वाही गरिने इच्चार्ज दियालीले जनाए ।...
खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

खुट्टामा चोट लागेका कारण नेयमारले बाँकी सिजन गुमाउने

खेलकुद, समाचार
पूर्णपुष्टि,फागुन २३ । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी नेयमारले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने भएका छन् । ब्राजिलका फरवार्ड गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जीत निकाल्ने क्रममा घाइते भएका थिए । क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन तीनदेखि चार महिला लाग्ने पनि क्लबले जानकारी दिएको छ । ३१ वर्षीय नेयमारले पछिल्ला केही वर्षयता दाहिने खुट्टामा लगातार चोट बोकिरहेको छन्। सन् २०२२ को विश्वकपमा सर्वियाविरुद्धको समूहको पहिलो खेलमा चोट लागेपछि उनले ब्राजिलका दुई खेल गुमाएका थिए। सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले सन् २०२१ मा धेरै खेल गुमाउनु परेको थियो । नेयमारले यो सिजन लिग वानमा १ गोल गर्नुका साथै १० वटा गोलको अवसर सिर्जना गरेका छन् ।...
जनकपुरमा होरी महोत्सव र महामूर्ख सम्मेलन

जनकपुरमा होरी महोत्सव र महामूर्ख सम्मेलन

समाचार
पूर्णपुष्टि,फागुन २३ । जनकपुरधाममा मनाइँने होली महोत्सवको प्रमुख आकर्षण महामूर्ख सम्मेलन हुँदैछ । मंगलबार दुई दिवसीय होली महोत्सवअन्तर्गत आयोजना हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रपमा रहेको छ । कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए । उनले भने महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए । अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झालाई प्रदान गरिएको थियो । २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थ...
आज तराईमा होली पर्व मनाइँदै

आज तराईमा होली पर्व मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,फागुन २३ । आज फागुपूर्णिमा अर्थात तराईका जिल्लाहरमा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । सोहि अवसरमा उदयपुरका बिभिन्न ठाउँहरु होली उत्सवको अवसर परी भिन्निन संगितिक कार्यक्रमहरुको आयोजना गरिने भएको छ । गाईघाटको पिपल चोक, मेन चोक, विद्युतलाई लगताए अन्य चोक चोकमा होली बिशेष कार्यक्रमको आयोजना हुने भएको हो । उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुती रहने छ । तराईमा गीत संगीतसहित एक अर्कालाई रंग दलेर आपसी सद्भावका साथ होली पर्व मनाइन्छ । होलीलाई पहाडी क्षेत्रमा फागु, मधेशमा होली र मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । आज तराईका जिल्लामा सार्वजानिक बिदा छ।...
होलीको अवसरमा टमाटर उत्सव

होलीको अवसरमा टमाटर उत्सव

समाचार
पूर्णपुष्टि,फागुन २२ । फागु पुर्णिमा अर्थात पहाडी होलीको अवसरमा काठमाडौमा टमाटर उत्सव ला टोमाटिनको आयोजना गरिएृको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो । लैनचौरमा भएको ला टोमाटिनामा युवायुवतीहरू रमाएका थिए । ला टोमाटिना युरोपेली मुलुक स्पेनमा लोकप्रिय छ । नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।...