Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

अर्थशास्त्री स्वर्णिम वाग्लेले औपाचारिक रुपमा कांग्रेस परित्याग गरेको घोषणा

अर्थशास्त्री स्वर्णिम वाग्लेले औपाचारिक रुपमा कांग्रेस परित्याग गरेको घोषणा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १६ । अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको छ । उनले पार्टि परित्याग गर्दै बलियो बैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ उनले भनेका छन् । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ १ मा उपनिर्वाचन लड्ने चर्चा छ। यसबारे वाग्लेले केही खुलाएका छैनन्।...
पछिल्लो २४ घण्टमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १६ । कोरोना भाईरस पुन फैलदै गएको छ । नेपालमा कोरोना संक्रमणको संख्या पढ्दो हुँदै गर्दा पछिल्लो २४ घण्टामा ४२ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल देशभर १२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहिबार मात्रै १७ जना संक्रमण मुक्त भएको छ भने कोरोना फैलदै गएकोले सतर्कता अपनाउन मन्त्रालयले आग्रह समेत गरेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले काठमाण्डौँ उपत्यकासहित सबैठाउँ तिर बुस्टर डोज अभियान संचालन भईरहेको छ ।...
भरतपुरमा १ अर्ब ९२ करोड लागतमा टर्मिनल भवन बन्दै

भरतपुरमा १ अर्ब ९२ करोड लागतमा टर्मिनल भवन बन्दै

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १६ । भरतपुरमा १ अर्ब ९२ करोडको लागतमा टर्मिनल भवनको शिलान्यास भएको छ । बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भरतपुर विमानस्थलको टर्मिनल भवनको शिलान्यस गर्नुभएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार १ अर्ब ९२ करोड लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ । प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो । टर्मिनल भवन निर्माणका लागि चैत ६ गते केसी–क्षमा देवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो । प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।...
कोशी प्रदेश नामकरण ः धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

कोशी प्रदेश नामकरण ः धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

समाचार
पूर्णपुष्टि,चैत्र १६ । प्रदेश नम्बर १ ले कोशी प्रदेश नाम पाएसँगै पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ। विहीवार आन्दोलनरत संघर्ष समितिले धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो । संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ। फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ । उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए। गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह–कमाण्डर पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको थियो । टाउकोमा चोट लागेका उनको विपी कोइराला स्वास्थ...
वर्ल्ड साईक्लिङ सेन्टरको ट्रेनिङका लागि उदयपुरका एक युवा कोरियामा

वर्ल्ड साईक्लिङ सेन्टरको ट्रेनिङका लागि उदयपुरका एक युवा कोरियामा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ । साईकलिङमा भविष्य खोज्दै हिडेका उदयपुरका एक युवा अहिले कोरियामा साईकलिङ टे«निङमा ब्यस्त छन् । उनि त्रियुगा नगरपालिका १० बोक्सेका १८ बर्षिय निमा शेर्पा हुन् । साईकलिङमा सानैबाट रुची राख्दै आएका शेर्पालाई रुची, लगनशिलता र क्षमताका आधारमा जिल्ला र केन्द्रको सिफारिसमा कोरियन साइकिलिङ फेडरेसनले अन्तिम छनौट गरेको जिल्ला साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोईलाले बताए । वर्ल्ड साईक्लिङ सेन्टर कोरियाको आयोजनामा कोरियामा मेन जुनियर रोड राईडर ट्रेनिङ क्याम्प लागि शेर्पाले ट्रेनिङ लिने अवसर पाएको हो । शेर्पा एक महिना अघि कोरिया पुगेका थिए । उनको अब १० दिन बाँकी रहेको रोईलाले जनाए । तालिमबाट स्वदेश फर्किएपछि उनी साइकिलिङको अभियानमा जोडिने रोइलाको भनाइ छ। ‘मोफसलमा प्रायः युवाहरुले यस्तो अवसर विरलै पाउँछन्,ु उनले भने, ‘यो हाम्रो लागि ठूलो अवसर हो। यसको सदुपयोग गर्दै अन्यलाई पनि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या चाँडै समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या चाँडै समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै एक, दुई हप्ता भित्र रंगशालाको समस्या समाधान हुने र निर्माणको काम चाँडै अघि बढ्ने प्रधानमन्त्रीको भनाई छ । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम डेढ बर्षदेखी रोकिएको छ । सो रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरेको थियो भने थप प्रक्रिया अघि बढेको छैन ।...
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १६ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस सहित रंगे हात पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो । नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।...
ब्राउनसुगर सहित ३ युवक पक्राउ

ब्राउनसुगर सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १६ गते । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी–९ का २३ बर्षीय बिनोद श्रेष्ठ, सुन्दरहरैचा नगरपालिका–६ मोरङका ३२ बर्षीय लक्ष्मी प्रसाद ढकाल र मेचीनगर–१० का २२ बर्षीय अशोक राजवंशी रहेका छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ मा रहेको एक चिया पसलबाट लागुऔषध ब्राउनसुगरको ‍किनवेच भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले श्रेष्ठ र ढकाललाई बुधवार राती सवा ८ बजे पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० बाट स्थानीय राजवंशीलाई १ ग्राम ब्राउनसुगर सहित बुधवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध स...
गाईघाटका दुई ब्यापारीद्धारा आगलागी पिडितलाई राहत सामाग्री प्रदान

गाईघाटका दुई ब्यापारीद्धारा आगलागी पिडितलाई राहत सामाग्री प्रदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १६ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको पहलमा आगलागी पडितहरुलाई राहत सहयोग मिलेको छ । आिगलागी पिडित त्रयुगा नगरपालिका ६ देउरी कुमारी चोककी कमला चौधरी र त्रियुगा नगरपालिका ११ संगम टोलकी अम्वीका मैनालीलाई राहत सहयोग मिलेको हो । गाईघाटका दुई ब्यापारी न्यु श्री गणेश ज्वयलर्सका प्रोपाईटर मनोज बराईली र सोनी ज्वयलर्सका संञ्जय सोनीले राहत उपलब्ध सहयोग गराएको छ । बराईली र सोनीले मैनाली र चौधरीलाई २ बोरा चामल, १ बोरा भुजा, तेल, नुन, तरकारी, दाल साथै झुल र ब्लाङकेट समेत सहयोग गरेको छ । उक्त राहत बिहिबार गाईघाट स्थित त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतका पदाधिकारी र दुई ब्यवसायीहरुले पिडितलाई प्रदान गरेको हो । राहत पाएपछि पिडितहरुले ब्यापारी र बाणिज्य संघलाई धन्यवाद ब्यक्त गरे ।...
एसईईको तयारी पुरा

एसईईको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १६ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० शुक्रबारदेखि सुरू हुँदैछ। एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ। एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन् । यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ। जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्। रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्।...