त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित, सुनसान नगरपालिका
पूर्णपुष्टि, चैत्र १५ । एक हप्ताको लागि भन्दै विदामा गएका प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा अनुपस्थितका कारण सेवामा प्रभावित भएको छ । निमित्त प्रमुख किरन कुमार कार्कीका अनुसार आर्थिक अधिकारहरु नभएपछि सेवामा समस्या रहेको जनाए । कार्कीले निमित्ति प्रमुख सँग सामान्य छिठ्ठि पत्रमा सहि बाहेक अन्य कामहरुको अधिकार नरहने जनाए । प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन एक हप्ता देखी विदामा रहेको जनाए । कार्कीका अनुसार प्रशासकीय अधिकृत आउन अझै एक हप्ता सम्म लाग्ने जनाए । त्रियुगा नगरपालिका लामो समयदेखी प्रमुख प्रशासकीय विहिन भएको छ ।
यहाँ रहेको प्रशासकीय अधिकृत मान वहादुर वनलाई पहिल्यै मन्त्रालयले सरुवा गरिसकेको अवस्था छ । तर उनि भने त्रियुगा नगरपालिकाबाट सरुवा भएर जाने मनसायमा छैन् । बनको सरुवा सँगै आउनु पर्ने नयाँ अधिकृतलाई पनि हाजिर गर्न नदिई फर्काइएका थिए । बनलाई सरुवाको लागि पटक पटक प्रशासन म...









