Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

सरकारले मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनाउँने निर्णय

सरकारले मिटरब्याजीलाई कारबाही गर्ने कानुन बनाउँने निर्णय

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १४ । सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार मुलुकी अपराध संहितामा मिटरव्याज सम्बन्धी विषस समावेश गरेर कारबाही गर्ने सरकारको तयारी छ । यसका लागि सरकारले सो ऐन संशोधनका लागि संसदमा पेश गर्नुपर्ने हुन्छ । बर्दिवास देखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहाद...
ज्योती विकास वैंक कटारी शाखाद्धारा चेतनामुलक होर्डिङ्गवोर्ड

ज्योती विकास वैंक कटारी शाखाद्धारा चेतनामुलक होर्डिङ्गवोर्ड

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १४ । उदयपुरको कटारीमा अवस्थित ज्योती विकास वैंक शाखाले कटारीका बिभिन्न तीन स्थानमा महत्वपूर्ण चेतनामुलक होर्डिङ्गवोर्ड राखेको छ । शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बजारको सिमसार र मदन भण्डारी राजमार्गको दुई स्थानमा गरी ३ स्थानमा वोर्डहरु राखेको हो । कटारीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र झल्काउने वोर्ड र कटारी नगरपालिका–३, को वसपार्कसँगैको मदनभण्डारी राजमार्ग छेउमा राखिएको ज्योती विकास वैंकका शाखा प्रमुख राम आचार्यले बताए । उनका अनुसार कटारी ५ को सिमसारमा सिमसार पर्यटन समिति र वसपार्क नजिकै कटारी वडा नम्बर ३ र ट्राफिक प्रहरी पोष्ट कटारीको सहकार्यमा वोर्ड राखिएको हो । त्यसैगरी मदनभण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएको कटारी ३ र ५ को सिमाना राधाकृष्ण मन्दिर नजिक स्थल पहिचान गर्ने वा दिशा देखाउने वोर्ड राखिएको छ । उक्त क्षेत्रमा हिंड्ने विभिन्न...
तौल बढाउँन भन्दै बोके पाठालाई संगिनी सुई

तौल बढाउँन भन्दै बोके पाठालाई संगिनी सुई

समाचार
पूर्णपुष्टि,चैत्र १४ । गुल्मीको ध्रुर्कोट गाउँपालिकाले बाख्राका पाठाहरुको तौल बढ्ने भन्दै गर्भनिरोधक संगिनी सुई लगाएउने गरेको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुई लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ । संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाले भने तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ । आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानु...
मिटरब्यावज पीडितहरुको समस्या तत्कार समाधान नहुने

मिटरब्यावज पीडितहरुको समस्या तत्कार समाधान नहुने

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १४ । मिटरब्याज पीडितहरुका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुृपर्ने भएकाले तत्काल समस्याको समाधान गर्न नसकिने सरकारले स्पष्ट पारेको छ । मंगलवार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो । आज मिटरब्याजी पीडितहरुसँग सरकारको तर्फबाट वार्ताका लागि प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख घनश्याम अधिकारीलगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयका सहसचिव शर्माले पीडितहरुले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सक्...
बर्दिवास देखि काठमाण्डौ आएका मिटरब्याजी पिडितहरुको बालुवाटारमा धर्ना

बर्दिवास देखि काठमाण्डौ आएका मिटरब्याजी पिडितहरुको बालुवाटारमा धर्ना

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १४ । बर्दिवास देखि काठमाण्डौ पौदल हिडेरका आएका मिटरब्याजी पीडितहरुले बालुवाटारमा धर्ना दिएको छ । पिडितहरुले आज आफुहरुको समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउने भएको हो । बिहान बालुवाटारतर्फ लम्किरहेका पिडितहरुको समुहलाई प्रहरीले रोकेको छ । उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए । उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन् । मिटरब्याजको प्रवृति अन्य क्षेत्रको तुलनामा तराई मधेशमा विकराल छ । त्यसैले पनि मिटरब्याजीबाट पीडितहरुको संख्या सयौं छ । पीडितहरूलाई आज गृहसचिव विनोदप्रकाश सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेर कुराकानी गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आज मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर...
गाईघाटमा धुमधाम मनाईयो चैत्रे छैठ

गाईघाटमा धुमधाम मनाईयो चैत्रे छैठ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ । गाईघाटमा गाईघाटमा यो बर्ष चैत्रे छैठ धुमधामका साथ मनाईएको छ । पछिल्लो समय चैत्र छैठहरु पनि भव्य हुन थालेको जनाईएको छ । बिषेशगरी मधेशी समुदायहरुमा प्रचलित छैठ अहिले सबै जातजातिहरुले पुजाआजाका साथ मनाउने चलन बनेको छ । बर्षमा दुईपटक मनाईने छैठ चैत्रमा भने कार्तिकको जस्तो भव्य रुमा मान्ने गरेको पाईन्न् । तर पछिल्लो समय चैत्र महिनामा पनि यो पर्व मनाउनेको संख्या बढेको छैठ पुजा समिति गाईघाटका अध्यक्ष चन्दन गुप्ताले जनाए । गुप्ताका अनुसार असोज कार्तिको दशैँ तिहार भने जस्तै चैत्र महिनामा पनि चैत्र छैठ मनाउने गरेको जनाए । पहिलेको बर्षहरुमा सिमित संख्यामा मात्रै यो पर्व मनाएको भएपनि यस पटक गाईघाटमा चैत्रे छैठ मनाउनेको संख्या ह्वात्तै बढेको गुप्ताले जनाए । यो संख्याहरु अब बर्षेनी बढ्ने सम्भावना रहेको समितिका सल्लाहकार संयोजक राजकुमार शर्माले जनाए । बर्षमा दुई पटक पुजा गर्ने ...
सगरमाथासहित ४ हिमाल सफा गर्ने सेना टोलीलाई आज बिदाइ

सगरमाथासहित ४ हिमाल सफा गर्ने सेना टोलीलाई आज बिदाइ

समाचार
पूर्णपुष्टि,चैत्र १४ । ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी हुने टोलीलाई नेपाली सेनाले आज बिदाइ गर्दैछ। नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा सफाइ अभियानमा सहभागी हुने टोलीलाई आज विदाइ गरिने भएको हो । प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे विदाइ गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । सगरमाथा ल्होत्सेमा एउटै टोली खटिने प्रवक्ता भण्डारीले बताए। बरुञ्चे र अन्नपूर्ण हिमालसहित गरी कुहिने र नकुहिने ३५ हजार केजी फोहोर संकलन हुने अनुमान गरिएको छ। यही चैत १८ गतेदेखि सुरु हुने अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ। प्रकृति र पर्यावरण प्रभ...
महानगरले भित्र पस्न नदिएपछि सडकमै बित्यो मिटरब्याजी पीडितको रात

महानगरले भित्र पस्न नदिएपछि सडकमै बित्यो मिटरब्याजी पीडितको रात

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १४ । आफ्नो माग पूरा गर्न बर्दिवासबाट ११ दिन पैदल हिडेर काठमाडौँ पुगेका मिटरव्याजीहरु सोमबार सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै हिँडेका पिडितहरु पहिलो दिन मातातीर्थमा बसेका उनीहरु दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् । पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौं आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् । ​यसैबीच सडकमा रात बिताएका उनीहरुले मंगलबार प्रधानमन्त्री निवासअगाडि धर्ना दिने कार्यक्रम छ । काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेख्दै यस अभियानमा आफ्नो ऐक्यबद्धता भएको र रत्नपार्कको शान्ति वाटिकामा प्रदर्शन गर्ने प्रबन्ध गरेको बताएका छन्। यसअघि पशुपति धर्मशालामा बस्ने प्रबन्ध मिलाए पनि पीडितहरू नमानेको उनको भनाइ थियो । यसबीच नगर प्रहरी र मिटरब्...
प्रधानमन्त्री कप : नेपाल र भुटान निर्णयक खेल हुँदै

प्रधानमन्त्री कप : नेपाल र भुटान निर्णयक खेल हुँदै

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १४ । काठमाण्डौँको त्रिपुरेश्वरमा अवस्थ्ति दशरथ रङ्गशालामा आज प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न नेपाल र भुटान खेल्दैछन् । उत्तः खेल नेपाली समय अनुसार बेलुका ६ बजे भएको हो । समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ ।...
नेपालमा कोरोना महामारी ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

नेपालमा कोरोना महामारी ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १४ । पछिल्ले समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणको संख्या बढ्दो देखिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । “भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।” उनका अनुसार अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे। भारतको उत्तरप्रदेश सङ्क्रमण बढिरहेको छ । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनल...