Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा “परिवर्तनका लागि संगित कार्यक्रम”

उदयपुरमा “परिवर्तनका लागि संगित कार्यक्रम”

समाचार
पूर्णपुष्टि,चैत्र १३ । गाईघाटमा तिनतले संगित केन्द्र उदयपुरद्धारा “परिर्वतनका लागि संगित कार्यक्रम” गरिएको छ । सोमबार संगित केन्द्रले त्रियुगा नगरपालिका वडा नम्बर १२ साधना टोलमा अवस्थित आफ्नै भवनमा कार्यक्रमको आयोजना गर्दै सांगितिक कार्यक्रम सम्बन्धि छलफल तथा भेटघाट गरिएका हो । अमेरिकन कलाकारहरुको साझा संस्था प्लेन फर चेन्ज फाउन्डेसनको सहकार्यमा संञ्चालित यो संस्थाले निःशुल्क संगित क्षिक्षा प्रदान गर्न खोलिएको तिनतले संगित केन्द्रका अध्यक्ष श्याम बस्नेतले बातए । यस संस्थाले समाजमा लुकेका प्रतिाभाहरुलाई संगितको साधनामा अवसर दिलाउँने बताए । पछिल्लो समय हाम्रो नेपाली समाजमा बालबालिकाहरुको लागि प्रशस्ता समय उपलब्ध हुँदा लागू औषध दुर्व्यसनी जस्ता जगन्य अपराधहरुमा मुछिरहेका छन् । सोहि कारण फुर्सदको समयमा संगित कक्षा लिए भोलीको समाझमा बोझ हुनबाट बञ्चित हुन सक्ने अध्यक्ष बस्नेतले बताए । ...
उदयपुरमा पत्रकारहरुलाई निशुल्क आँखा जाँच तथा बुस्टर डोज

उदयपुरमा पत्रकारहरुलाई निशुल्क आँखा जाँच तथा बुस्टर डोज

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ । उदयपुरमा पत्रकारहरुका लागि निशुल्का आखाँ जाँच सिविर संञ्चालन गरिएको छ । नेपाल पत्रकार माहासंघको ६८ औँ स्थापना दिवसको अवसरमा जिल्लामा रहेको क्रियाशिल पत्रकारहरुलाई उक्त सेवा उपलब्ध गराएको हो । निशुल्क आँखा जाँच सँगै कोभिड १९ बिरुद्धको बुस्टर डोज समेत उपलब्ध गाराईएको छ । आँखा सिविर नेपाल नेत्रज्योती संघ मदन भण्डारी आखाँ अस्पतालको आयोजनामा संञ्चालन गरिएका थिए भने बुस्टर डोज नेपाल पत्रकार माहासंघ उदयपुर शाखाले आयोजना गरेका थिए । उक्त सिविरमा ७४ जना भन्दा बढी पत्रकारहरुले आखाँ जाँचमा प्रत्यक्ष सहभागी जनाएका थिए भने ५४ जना बढीले बुस्टर डोज लागाएका छन् । https://youtu.be/a4ESmpXPW04...
स्ववियु निर्वाचनको पहिलो अनुभव

स्ववियु निर्वाचनको पहिलो अनुभव

Breaking News 1, बिचार, समाचार
रन्जना मगर स्ववियु विद्यार्थीले विद्यार्थीकै लागि जन्माएको एक संस्था हो । जसमा विद्यार्थीहरुको मतद्वारा चुनिने विद्यार्थीको साझा प्रतिनिधि रहने गर्छन् । देश ,कालखण्ड र समय अनुरुप स्ववियुको स्थापना र नामाकरण फरक(फरक ढंगले गरिएतापनी संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मंचको व्यवस्था छ । नेपालमा सर्वप्रथम पन्चायतकालमा २०२० भाद्र २० गते त्रिविमा पहिलो पटक विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो । जसको नाम परिवर्तन भएर स्वतन्त्र विद्यार्थी युनियन हुन गएको पाइन्छ। पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएपछी अनेक कारण बस लामो समय सम्म निर्वाचन हुन सकेको थिएन । यसपटक विभिन्न विद्यार्थी सङ्गठनका अग्रज नेताहरुको विशेष पहल र विश्वविद्यालयहरुकै विद्यार्थीहरुको सक्रियतामा २०७९ चैत्र ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तय भयो। यसले पुनः नेपाल भरिकै विद्यार्थी राजनीत...
प्रहरी अतिरीक्षक महानिरीक्षक (एआईजी) बढुवामा ४ जना सिफारिस

प्रहरी अतिरीक्षक महानिरीक्षक (एआईजी) बढुवामा ४ जना सिफारिस

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र १३ । चार जना प्रहरी नायव निरीक्षक (डिआईजी) प्रहरी अतिरीक्षक महानिरीक्षक (एआईजी) बढुवा सिफारीसमा परेका छन् । आज बसेको गृह मन्त्रालयको बढुवा समिति बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार चार (डिआईजी) लाई (एआईजी) बढुवाका लागी सिफारीस गरेको हो ।बढुवाका लागी सिफारीसमा परेका सन्दीप भण्डारी ६८.४६१२ नम्बरसहित पहिलो स्थानमा छन् भने सुदिप गिरी ६८.२११२ नम्बरसहित दोस्रो स्थानमा छन् । त्यस्तै ६७.८३०६ नम्बर सहित मिरा चौधरी तेस्रो स्थानमा छन् भने ६७.६९७३ नम्बरसहित टेकबहादुर तामाङ चौथो स्थानमा छन् ।...
उदयपुरमा ‘ह्याबिट्याटसंग लिडर्स बिल्ड अभियान सुरु’

उदयपुरमा ‘ह्याबिट्याटसंग लिडर्स बिल्ड अभियान सुरु’

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १३ । खाँचोमा परेका परिवारलाई किफायती आवास उपलब्ध गराउँदै आएको हयाबिट्याट फर हयुम्यानिटी नेपालले त्रियुगा नगरपालिका क्षेत्रमा ‘ह्याबिट्याटसंग लिडर्स बिल्ड अभियान सुरु गरेको छ । घर निर्माणमा युवाहरुलाई स्वंयसेवकको भूमिका निर्वाह, पर्याप्त आश्रयको वकालत र किफायती आवासको समर्थन गर्न सचेतना जगाउने उद्देश्यले संस्थाले अभियान सुरु गरेको हो । त्रियुगा नगरपालिका वडानं ३ बाट सुरु गरिएको अभियानमा ४५ जना युवा स्वयंसेवक, सरकारी प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र हयाबिट्याट सामुदायिक घरधनीहरुको सहभागिता रहेको साझेदार संस्था हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक धुर्वराज कार्कीले बताए । अभियानमा जोडिएका स्वयंमसेवकले निर्माणचरणमा रहेका बाँसका घरहरुको जग निर्माण र घर निर्माण गर्न चाहिने ब्लक बनाउन सहयोग पुर्याउने उनले बताए । ‘हामी सँगै उठौँ समाजिक न्याय र जातिविहीनता’ भन्ने नारकासाथ...
सन्दीपविरुद्ध मुद्धाको अन्तिम सुनुवाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

सन्दीपविरुद्ध मुद्धाको अन्तिम सुनुवाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १३ । सन्दीप लामिछाने विरुद्ध मुद्धाको अन्तिम सुनुवाई आज न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । नाबालिग बलात्कार आरोप लागेका सन्दिपविरुद्धको मुद्धाको अन्तिम सुनुवाई सोबारदेखी जिल्ला अदालत काठमाडौंमा हुने भएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन फागुन १५ गते आदेश दिएको थियो । सोहि आदेश बमोजिम आजदेखि उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको जिल्ला अदालत काठमाण्डौँले जनाएको छ । एक किशोरीले आफुमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दिपविरुद्ध प्रहरी वृत गौशालामा उजुरी दिएकी थिईन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बन गरेको थियो । वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प...
दुवै मृगौला फेल कटारी लिम्पाटारका मिन आलेको आग्रह : सबैले सहयोग गरी मलाई बचाईदिनुस

दुवै मृगौला फेल कटारी लिम्पाटारका मिन आलेको आग्रह : सबैले सहयोग गरी मलाई बचाईदिनुस

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १२ । दुवै मृगौला फेल भएका उदयपुरका एक युवाले आफुलाई बचाईदिन आग्रह गरेको छ । घरमा आर्थिक अवस्था नाजुक भएका कारण उनलाई उपचारमा सहज नभएको भन्दै अन्यत्र हसयोगको अपिल गरेको हो । कटारी नगरपालिका-९, लिम्पाटारका २७ बर्षिय मिन आले मगरको दुवै मृगौला फेल भएपछि ३ महिना देखी हस्पिटलमा बिजोगको जिन्दागी विताईरहेको छ । मृगौला प्रत्यारोपनका लागि करिब ४० देखी ५० लाख सम्म खर्च हुने डाक्टरले अनुमान गरेको परिवारले जनाएको छ । बैदेशीक रोजगारको शिलशिलामा साउदी पुगेको मगरलाई मृगौला समस्या भएपछि उतै एक महिना उपचारमा बसे । तर त्यस ठाउँमा आफन्त र पैसाको अभाव खड्किए सँगै उनि नेपाल फिर्ता भएका थिए । मगरको अहिले काठमाण्डौँ स्थित निदान हस्पिटलमा उपचार भैरहेको छ । मृगौला प्रत्यारोपन नभए सम्म उनले हप्ताको ३ पटक सम्म डायलाईसिस गर्नु पर्ने जनाईएको छ । आरोग्य स्वास्थ्य प्रतिष्ठानले मगरको दुवै मृगौला का...
संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको प्रकाशमानको टिप्पणी

संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको प्रकाशमानको टिप्पणी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १३ । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरेका छन् । २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको उनको भनाई छ । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएका हुन् । २०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा दलहरुले बढी जोड दिएको थियो ‘उनले भने’ तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ । हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा हामी कतिको हिडिरहेको छौं ‘उनले भने’ त्यसमा सबैले मनन गर्नुपर्छ । कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम सम्झीएका छन् ।...
युरोकप छनोट : युक्रेनमाथि इंग्ल्याण्डको जित

युरोकप छनोट : युक्रेनमाथि इंग्ल्याण्डको जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १३ । युरोकप २०२४ छनोट अन्तर्गतको खेलमा युक्रेनमाथि इंग्ल्याण्डले जित निकालेको छ । समूह सी अन्तर्गतको दोस्रो खेलमा युक्रेनलाई इंग्ल्याण्डले ०–२ गोलले पराजित गरेको हो । आईतबार राती भएको खेलको ३६ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्लाई आग्रता दिलाएका थिए भने ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा इंग्ल्याण्डले २ गोल गरेको थियो भने दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन् । पहिलो खेलमा इटलीलाई हराएको इंग्ल्याण्डल दुई जित सहित समुह सी को शीर्ष स्थानमा छ । त्यस्तै समुह सी को अर्को खेलमा इटलीले माल्टालाई २–० गोलले हराएको छ । इटलीका लागि माटेओ रेटेगुई र माट्टेओ पेसिनाले गोल गरे । एक हार र एक जित निकालेको इटली ३ अंक सहित दोस्रो स्थानमा छ ।...
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको सानदार जित

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १३ । कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित निकालेको छ। समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि उसकै घरेलु मैदानमा ६(० गोलको जित निकालेको हो । पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले १-१ गोल गरे । पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो । खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए । १५औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । १८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो। ३१औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगल पहिलो हाफमै ४–० को अग्रता लिन सफल भयो। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र ...