Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

“उज्यलो ताप्ली” अभियान अन्तरगत दोस्रो चरणका लागि २१ सय विजुलीको पोल भित्रिन्दै

“उज्यलो ताप्ली” अभियान अन्तरगत दोस्रो चरणका लागि २१ सय विजुलीको पोल भित्रिन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १३ । उदयपुरको ताप्ली गाउँपालिकामा “उज्यालो ताप्ली” अभियान अन्तगरग दोस्रो चरणको लागि २ हजार १ सय विजुली पोल पालिकामा आउँने भएको छ । गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको बिद्युत विस्तारको काम तिव्र रुपमा अघि बढाईएको हो । उक्त अभियान अन्तगरगत पालिकाको ५ वटै वडाका बस्तीहरुमा बिद्युत विस्तारको काम अघि बढाईएको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यहि साता भित्र २१ सय विजुलीको पोल गाउँपालिकामा पुग्ने भएको हो । बिद्युतिकरणले ताप्लीको बिकास र सम्बृद्धिमा टेवा पुग्ने स्थानीयहरुको बझाई छ । बत्ति बाल्नका लागी मात्र नभई साना तथा ठुला उद्योग स्थापना गरि ताप्लीलाई आर्थिक सम्बृद्धिको अभियानसंग जोड्न सकिने भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । २०७८ माघ १८ गते औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाईनको उद्घाटन भएको ताप्लीमा हालसम्म ५ सय घरधुरीले बिद्...
आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व रङ्गमञ्च दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

समाचार
पूर्णपुष्टि,चैत्र १३ । आज मार्च २७ अर्थात विश्व रङ्गमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको हो । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।...
रौतामाईमा आग्लागी बढ्दो, गोपाल बिकको घर खरानी

रौतामाईमा आग्लागी बढ्दो, गोपाल बिकको घर खरानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १३ । रौतामाई गाउँपालिका २ थाम्वु तेप्चे डाँडाँका गोपाल बि.क क घरमा आगलागी हुँदा घरबार बिहिन भएको छ । आईतबार १२ बजेको समयमा भएको आगलागीले बि.क को घर सहित लत्ता कपडा, अन्नपात भाँडावर्तन सबै जलेर खरानी भएको छ । ढुँङगा र माटोले बनेको २ तल्ले घरमा ६ बर्षिय नाति अमर बि.क. ले लाईटर खेलाउने क्रममा आगो उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीमा ६ लाख बढी क्षती पुगेको प्रहरीको भनाई छ । मानविय तथा चौपाय क्षति भने नभएको र आगो स्थानियवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याएको प्रहरीको भनाई छ ।...
नयाँ प्रशासकीय अधिकृतलाई ७ दिन भित्र हाजिर गराउन त्रियुगा नगरपालिकालाई मन्त्रालयको पत्र

नयाँ प्रशासकीय अधिकृतलाई ७ दिन भित्र हाजिर गराउन त्रियुगा नगरपालिकालाई मन्त्रालयको पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १२ । त्रियुुगा नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिइ फिर्ता पठाइएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातदिन भित्रमा नयाँलाई हाजिर गराउन पत्र लेखेको छ । चैत ९ गते लेखेको पत्रमा सोही अवधिमा पुरानो प्रमुख प्रशासकीय अकिकृतलाई रमना दिइ पठाउन भनेको छ । मन्त्रीस्तरको निर्णयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई त्रियुुगामा खट्न र पुरानोलाई अन्यत्र तोकी खटाइएको ठाउँमा रमना लिई जान निर्देशित गरिएको छ । त्रियुुगाका मेयर बसन्त बस्नेतले भने आफुुलाई मञ्त्रालयको सो विवरणको पत्र प्राप्त नभएको बताएका छन् । मञ्त्रालयले गत माघ २७ गते पुरानो प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा खटाएको छ भने सिन्धुलीको दुुधौली नगरपालिकाबाट सञ्जयबहादुर राजलवटलाई त्रियुुगामा सरुवा गरेको थियो । फागुन २६ मा मेयर बस्नेतले त्रियुुगा...
सकरात्मक झुकाव सामुहिक चुल्हो सम्बन्धि गाईघाटमा ५ दिने तालिम

सकरात्मक झुकाव सामुहिक चुल्हो सम्बन्धि गाईघाटमा ५ दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १२ । सकरात्मक झुकाव सामिहिक चुल्हो सम्बन्धि गाईघाटमा ५ दिने तालिम संञ्चालन भैरहेको छ । बिहिबारबाट सुरु भएको तालिम सोमवार सम्पन्न हुने भएको छ । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तालिम संञ्चालन भैरहेको हो । तालिममा ११ जना कार्यालयकै सहकर्ता र बाँकी बिभिन्न पालिकाहरु त्रियुगा नगरपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ र उदयपुरगढीका समुदाय समुदाय स्तरबाट १५ जना सहभागी रहेको छ । सहभागीहरुले बालवालिकाहरुलाई सकरात्मक झुकाव चुल्हो अन्तरगत पोषणयुक्त बालबालिकाहरु तयार पार्नु पर्ने जनाएको छ । उनिहरुले आफ्नो कार्यक्षेत्रहरुमा कुपोषित बालबालिकाहरुलाई १२ दिन सम्म एकैठाउँमा राखेर पोषणयुक्त खानेकुराहरु तयार गर्ने र आमा बच्चा दुवैलाई खुवाएर स्वास्थ्य बनाउन मदत गर्नु पर्ने पोषण फिल अधिकृत प्रदिप रायमाझीले बताए । रायमाझीका अनुसार ...
उदयपुरमा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न

उदयपुरमा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १२ । उदयपरमा प्रगतिशील लेखक सङ्घ नेपालद्धारा स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सङ्घले शनिवार एक कार्यक्रमको आयोजना गरी स्रष्टा टङ्क बहादुर आले मगरलाई सम्मान गरेको हो । नेपाली भाषा साहित्य कला संस्कृतिमा स्रष्टा आलेले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । इलाका तीन थान कृति प्रकाशित छन भने अमूर्त चित्रकलमा लामो समयदेखि कलम कुची चलाउँदै आएका छन् । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रलेस नेपालका केन्द्रीय सदस्य बोध कुमार घिमिरेले स्रष्टालाई सम्मान गर्ने कार्यले निरन्तरता पाउनु पर्ने बताउँनु भयो । हाम्रो नोपली समाजमा लुकेर बसेका प्रतिभा पहिचान गरी बाहिर ल्याउनु पर्ने कुरामा जोड दिदै मार्क्सवादी चिन्तनका साहित्यकारहरू समाजमा छन् तर पछाडि परेको अवस्था रहेको बताउनु भयो । कार्यक्रमको अवसरमा निरज कोइराला, पुन्य कार्की, उद्वव घिमि...
पत्रकार महासंघ उदयपुरको ६८औँ स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर

पत्रकार महासंघ उदयपुरको ६८औँ स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १२ । नेपाल पत्रकार महासंघ उदयपुरको ६८औँ स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविरको आयोजना हुने भएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरको सहयोगमा हुने त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से शिविर मदन भण्डारी आँखा अस्पताल बोक्सेमा हुने भएको हो । “हाम्रोे कर्तव्य हाम्रो जिम्मेवारी, आखाँ सेवामा साभेदारी” भन्ने मुल नाराको साथ सोमबार मध्यान्नको १२ बजे देखि शिविर हुने नेपाल पत्रकार महासंघले जनाएको छ ।...
संयुक्त सघर्ष समितिद्धारा लाजेहाङको परिवारलाई राहत हस्तान्तरण

संयुक्त सघर्ष समितिद्धारा लाजेहाङको परिवारलाई राहत हस्तान्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १२ । कोशी प्रदेश खारेजीको माग सहितको आन्दोलनको क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएँका पदम लिम्बु लाजेहाङको परिवारलाई संयुक्त सघर्ष समितीले राहत प्रदान गरेको छ । कोशी प्रदेशको पुन : नामङ्कन संयुक्त संघर्ष समितिले मृतक लाजेहाङको घर मोरङको बेलबारी २ लालभिक्तिमा पुगेर राहत स्वरुप १ लाख ५० हजार रुपौया हस्तान्तरण गरेको हो । संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेनले परिवारका सदस्यलाई राहत रकम हस्तान्तरण गरेका हुन । उनले पहिचानको आन्दोलनमा साहदत्त प्राप्त गरेका लाजेहाङलाई राज्यले सहिद घोषणा गर्नु पर्ने बत्ताए। लाजेहाङले पहिचानको आन्दोलनमा दिनु भएको योगदानको सदैव उच्च मूल्याङ्कन हुने समेत उनले बताए । गत चैत्र ५ गते विराटनगरमा भएको जनप्रदर्शनको क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय लाजेहाङको उपचारका क्रममा बिपी प्रतिष...
नवनियुक्त महानिरीक्षक (आईजीपी) कुँवरले लगाए दज्र्यानी चिन्ह

नवनियुक्त महानिरीक्षक (आईजीपी) कुँवरले लगाए दज्र्यानी चिन्ह

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १२ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) धिरजप्रताप सिंहको अवकासपछि नियुक्त भएका (आईजिपी) बसन्तबहादुर कुँवरले दज्र्यानी चिन्ह्र लगाएका छन् । नवनियुक्त कुँवरलाई आज गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले दज्र्यानी चिन्ह्र लगाईदिएका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार ५ जना मध्येबाट कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो । नवनियुक्त आईजीपी कुँवरले दज्र्यानी चिन्ह लगाएपछि प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।...
मुलुक आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको सरकारको ध्यान पदमा मात्र : विष्णु पौडेल

मुलुक आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको सरकारको ध्यान पदमा मात्र : विष्णु पौडेल

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला सरकारले ध्यान पदमा मात्र भएको बताएका छन् । आईतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको र यो गठबन्धनबाट देशको भविष्य नरहेको बताए । ‘मुलुक अहिले ठुलो आर्थिक संकटमा धकेलिरहेको बेला अहिलेको गठबन्धन सरकारको ध्यान पद र जिम्मेवारीमा मात्रै भएको बताएका छन् । यो गठबन्धनको सरकारबाट केही आश गर्न नसकिने उनले बताए । ‘हामी सुन्दैछौं ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ । दलहरु हामीलाई यति सिट, उति सिट चाहिन्छ भनेर दाबी गरिरहेका छन् । जनताले गठबन्धनको तमासा हेरिहेका पौडेलले बताए । प्रधानमन्त्री दाहालले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको...