Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

गाईघाटमा लघुवित्तबाट पिडित महिलाहरु : घरको सामान उठाउने देखी गाली व्यजत सम्म

गाईघाटमा लघुवित्तबाट पिडित महिलाहरु : घरको सामान उठाउने देखी गाली व्यजत सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १२ । गाईघाटमा सायौँ महिलाहरुले आफुहरु लघुवित्तबाट अत्यादिक मात्रामा पिडित भएको जनाएको छ । सामान्य ऋण लिएकै आधारमा लघुवित्त संस्थाहरुले आफ्नो घरमा आएर यातना दिने र गाली व्यजत गर्ने सम्मको काम गरिरहेको जनाईन् । उनिहरुले आफुहरुको सामान्य ऋण तिर्न बाँकी रहँदाको अवस्थामा त्यसका लागि केहि समयको माग गर्दा गर्दै अमानविय ब्यवहारले घरबाट सामानहरु उठाउने, खसी बाख्रा डोराउने जग्गाको लालपुर्जा राख्ने र समाजकै अगाडी गाली ब्यजत सम्म गर्न लघुवित्तहरु पछि नपरेको महिलाहरुको भनाई छ । हामिले पैसा तिछौँँ भन्दा भन्दै उनिहरुले ज्याजति गर्छ, पैसा खोज्ने समय माग्दा पनि मानविय ब्यवाहर गर्दैन् महिलाहरु सुनाउँछिन्” “ त्रियुगा नगरपालिका वडा नं ८ उत्राईटोलकी भिममाया दनुवारले गुँरास लघुवित्त संस्थाबाट १ लाख रुपया ऋण लिएकी थिईन् । त्यसबापत उनिले सबै किस्ता बुझाएर एक किस्ता मात्रै बुझाउनु बाँकी थियो । द...
त्रिवेणी मावि कटारीको अध्यक्षमा मिनराज दाहाल सर्वसम्मत चयन

त्रिवेणी मावि कटारीको अध्यक्षमा मिनराज दाहाल सर्वसम्मत चयन

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १२ । उदयपुरको कटारी नगरपालिका–४,मा अवस्थित त्रिवेणी मावि कटारीको व्यवस्थापन समितिका अध्यक्षमा मनिराज दाहाल सर्वसम्मत चयन भएको छ । शनिवार विद्यालयको आम अभिभावक भेलाले दाहाललाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । अभिभावक भेलाबाट समितिको सदस्यहरुमा मिरा श्रेष्ठ, योगमाया थापा,दिपाश्री राई,गोपाल विक्रम बिष्ट चयन भएका छन् । त्यसैगरी भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा मोहन कोईरालालाई चयन गरेको छ । यता संघको सदस्यमा भने आशिस कार्की,रमेश पौडेल,नखद्वज कट्वाल,गंगा कुमारी रोका,इन्दिरा निरौला दाहाल र इन्दिरा भुजेल चयन भएका छन् । त्यसैगरी सल्लाहाकार समितिको संयोजकमा रामबाबु खड्का चयन हुनुभएको छ । अध्यक्ष चयन भएसँगै दाहालले यस विद्यालयको शैक्षिक गुणस्तर बढाउन, भौतिक पुर्वाधार निर्माण गर्न र व्यवस्थापकिय कार्यलाई चुस्त दुरुस्त पार्न अनुशासन पुर्वक सुशासनको प्रत्याभूत गर...
एकदिनमा कतिवटा अण्डा खाँदा स्वास्थ्यमा पुग्दैन हानी

एकदिनमा कतिवटा अण्डा खाँदा स्वास्थ्यमा पुग्दैन हानी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,चैत्र १२ । अण्डालाई सबैभन्दा स्वस्थबद्र्धक खाना मानिन्छ । यसमा पाइने सबै पोषक तत्वका कारण यसलाई सुपरफुड पनि भनिन्छ । एउटा अण्डामा चिकनमा पाइने बराबरको पोषक तत्व पाइन्छ । अण्डालाई धेरैजसो हाई कोलेस्ट्रोलसँग जोडेर हेरिन्छ त्यसैले मानिसहरु धेरै अण्डा नखान सल्लाह दिन्छन् । आउनुहोस्, अण्डाको कोलेस्ट्रोलसँग के सम्बन्ध छ र एकदिनमा कति अण्डा खानु सुरक्षित हुन्छ त्यसबारे जानकारी लिऔं । धेरैजसो मानिसहरु कोलेस्ट्रोललाई नकारात्मक तरिकाले हेर्ने गर्छन् । पछिल्ला केही अनुसन्धानमा कोलेस्ट्रोलको बढी मात्राले मुटुलाई हानी गर्ने र यसले छिटो मृत्यु निम्त्याउने आशंका गरिन्छ । तर यसबारे मिश्रित प्रतिक्रिया पाइने गरिन्छ । शरीरका लागि चाहिन्छ कोलेस्ट्रोलः वास्तवमा हाम्रो पूरा शरीरको सही फंक्सनका लागि कोलेस्ट्रोल निकै आवश्यक छ । सेल मेम्ब्रेनमा कोलेस्ट्रोलको भूमिका महत्वपूर्ण हुन्छ । टेस्टोस्...
राष्ट्रसेवक सहकारी संस्थाहरुको प्रदेशस्तरीय प्रथम भेला सम्पन्न

राष्ट्रसेवक सहकारी संस्थाहरुको प्रदेशस्तरीय प्रथम भेला सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ११ । राष्ट्रसेवक सहकारी संस्थाहरुको कोशी प्रदेश स्तरीय भेला भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । उदयपुर गाईघाटको रत्ना रिसोर्टम शुक्रबार देख सुरु भएको भेला शनिवार समापन भएको हो । कोशी प्रदेशस्तरीय राष्ट्रसेवक सहकारी भेला आयोजक समितिको आयोजना, नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्य समितिको व्यवस्थापन, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति उदयपुर र राष्ट्रसेवक सरकारी संस्था लि. उदयपुरको सह व्यवस्थापनमा भेला सम्पन्न भएको हो । भेलाले सहकारीको सहकारीको सम्पती, दायित्व, व्याजदर, जगेडा कोष, जोखिम कोष, भाखा नाघेका ऋण, सामुहिक जमानीमा गरिएको लगानी, ऋण असुली, स्थिर सम्पती, लभांश वितरण, लेखा परीक्षण, साधारणसभा लगायतमा देखिएका समस्या समाधान गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्ने लगायतका विषमा छलफल गरेको छ । सहकारीका सेयर सदस्य तथा परिवारलाई आत्मनिर्भर बनाउने, रोजगा...
प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानविरुद्धको खेलमा लाओस विजयी

प्रधानमन्त्री थ्री नेसन्स कप : भुटानविरुद्धको खेलमा लाओस विजयी

खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १२ । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको रंगशालामा लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमा बोउनकोङको लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए। प्रतियोगिताको निर्धारित समय कुनै गोल हुन सकेन । एक गोलले अगाढि रहेको लाओस विजयी भएको थियो । समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपाल र भुटान भिड्नेछन् । पहिलो खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो।...
तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद, नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ

तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद, नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ

समाचार
पूर्णपुष्टि,चैत्र १२ । नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मंसिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मंसिरमा तीन जना पक्राउ परेका थिए । उनीहरूको साथबाट एक हजार दरको २६ हजार रूपैयाँ र पाँच सय दरको चार हजार पाँच सय रूपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । साथै पुसमा १७ पक्राउ परेका थिए। उनीहरूको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार रूपैयाँ बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा एक हजार दरको चार लाख ...
अभियाता दुर्गा प्रसाई आगामी २८ गते कटारी आउँने

अभियाता दुर्गा प्रसाई आगामी २८ गते कटारी आउँने

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १२ । सामाजिक अभियन्ता दुर्गा प्रसाई आगामी चैत्र २८ गते उदयपुरको कटारी आउँने भएको छ । कटारीमा हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न दुर्गा प्रसाई आउने भएको हो । शनिवार नागरिक बचाओँ अभियानले कटारी ३, स्थित च्याँगामा पत्रकार सम्मेलन मार्फत उदयपुरका लागि अभियन्ता निशान राईले प्रसाई आउँने जनाएको छ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभियन्ता राईले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गरे । कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ । पत्रकार सम्मेलन गर्दै वैंकको व्याजदर ५ प्रतिशतमा झारेर व्यवसायीहरुलाई राहत दिने तथा वित्तीय संस्थाहरुबाट पीडितहरुलाई २० लाख ऋण मिनाहा गर्नुपर्ने ...
गाईघाटमा एक घण्टा चक्काजाम : लाजेहाङलाई सहिद घोषणा र कोशी प्रदेश खारेजीको माग

गाईघाटमा एक घण्टा चक्काजाम : लाजेहाङलाई सहिद घोषणा र कोशी प्रदेश खारेजीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ११ । प्रदेश १ पून : नामाङकन संयुक्त संघर्ष समिति उदयपुरले गाईघाटमा एक घण्टा चक्काजामा गरेको छ । समितिले पहिचान विपरिद कोशी प्रदेश नामाकरण आन्दोलनको क्रममा प्रहरीको कुटपिट बाट मृत्यु भएको पदम लिम्वु (लाजेहाङ) लाई सरकारले सहिद घोषणा गर्नु पर्ने र कोशी प्रदेश हटाएर पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नु पर्ने माग सहित चक्काजाम गरेको हो । प्रदेश नामाकरणको आन्दोलनका क्रममा बिराटनगर स्थित चैत्र ५ गते प्रहरीको कुटाईबाट घाईते पदम लिम्वु (लाजेहाङ) को दुई दिन अघि मात्रै ज्यान गएका थिए । उनको धरान स्थित बिपि कोईराला मेमोरियल हस्पिटलमा ज्यान गएको छ । लाजेहाङलाई सहिद घोषणा र कोशी प्रदेश नामाकारण खारेजीको निरन्तर माग राख्दै गाईघाटमा १ घण्टा चक्काजाम गरिएको प्रदेश १ नामाकरण संयुक्त संघर्ष समिति उदयपुरले जनाएको छ । शनिवार बजारको मुख्य मेनचोकमा साढे १ बजेबाट साढे २ बजे सम्म चक्काजाम क...
वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।

वीर सहिद लाजेहाङ र पहिचानको आन्दोलन ।

Breaking News 1, बिचार, समाचार
ललित राई गत चैत्र ५ गते प्रदेश नं। १ को राजधानी बिराटनगरमा लाजेहाङ लाई प्रहरीले यसरी पिट्यो कि लाजेहाङको शरीरबाट रगत नै ननिकाली ज्यान गुमाउनु पर्यो । प्रहरीको त्यो घाउ चोट नदेखिने कलात्मक कुटाई । फागुन १७ गते प्रदेश नं । १ को नामॉकन यसरी प्रस्तावितसंगै पारीत गराईयो कि कतिपय सॉसदहरुले यस्को भेउ समेत पाएनन् । दुबै घट्नामा खतबात नदेखिने । दलका मुख्य नेता तथा केही माननीयहरुले छर्लंग बुझेपनि केही माननीयहरुले धमिलोसंग मात्रै बुझेका थिए, भने कसैले त मतदान गर्ने केही समय अघिमात्र चाल पाए । यस्सै होला भन्ने हेक्का नै थिएनछ । आकस्मिक रुपमा २ अप्सन सहित कोशी रोज्ने वा घर जाने पक्कै भनिएको हुनुपर्छले चट्याङ परेका माननियहरु छदाखादाको जागिर गुमाउनु चाहेनन् र दुई तिहाई बहुमत सहित कोशीमा पौडिन बाध्य भए । भौतिक रुपमा पनि कोशीमा पानी यो मौसममा अहिले अलि घटेको छ ,सजिलै पौडिन सकिहालिन्छ कि भन्ने मनो...
कोशी प्रदेशको नामकरण : सरकारले छानबिन समिति गठन गर्ने

कोशी प्रदेशको नामकरण : सरकारले छानबिन समिति गठन गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ११ । गत चैत्रको ५ गते कोशी प्रदेश नामकरण विवादपछि भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा छानबिन समिति गठन गर्ने निर्णय भएको हो । छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछि घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।...