Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

एमबाप्पेको विजयी शुरुवात, नेदरल्यान्ड्सलाई ४ गोल

एमबाप्पेको विजयी शुरुवात, नेदरल्यान्ड्सलाई ४ गोल

खेलकुद
पूर्णपुष्टि,चैत्र ११ । पहिलो पटक कप्तानको जिम्मेवारी पाएका केलियन एम्बाप्पेले फ्रान्सका लागि २ गोल गरेको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० ले पराजित गरेको छ । युरो छनोटमा सानदार प्रदर्शन गर्ने क्रममा साविक विश्व उपविजेता फ्रान्सले विश्वकपको फाइनल हार पछि पहिलो जित हासिल गर्यो। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । लगतै आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पिहलो हाफमै फराकिलो अग्रता तर्फ अग्रसर गराएका थिए। पहिलो हाफमा ३ गोलको अग्रता बनाएको फ्रान्सले ८८औं मिनेटमा चौंथो गोल गरेको थियो। इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्...
काठमाडोँ महानगरद्धारा नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी

काठमाडोँ महानगरद्धारा नदी किनारका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी

समाचार
पूर्णपुष्टि,चैत्र ११ । काठमाडौँ महानरपालिकाले एक साताभित्र नदी किनारमा बनेको अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ । महानगरले शनिवार राष्ट्रिय पत्रिका गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेको अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । महानगरपालिकाले एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।...
स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्त ११ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो। अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ। त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन् । अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ । त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने ...
उदयपुरमा ३ लाख ४० हजार ७ सय २१ जनसंख्या

उदयपुरमा ३ लाख ४० हजार ७ सय २१ जनसंख्या

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ११ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार उदयपुरको जनसंख्या ३ लाख ४० हजार ७ सय २१ रहेको देखाएको हो । जसमा पुरुष १ लाख ६३ हजार ७ सय ३८ र महिला १ लाख ७६ हजार ९ सय ८३ रहेको छ । उदयपुरमा जम्मा घरपरिवार संख्या ८१ हजार १ सय ८९ रहेको छ । तथ्यांक अनुसार जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमवल ६८ प्रतिशत रहेको छ । त्यसैगरी उदयपुरका विदेश वस्नेको संख्या २१ हजार १७ जना रहेको छ । जसमा पुरुष १८ हजार ५ सय १५ र महिला २ हजार ५ सय २ रहेको छ । जिल्लामा अपाङ्गता भएका ९हजार २सय १८ जना रहेका छन् । उदयपुरमा ५ वर्ष माथिका साक्षरता प्रतिशत ७७दशमलव १७रहेको छ । जसमा पुरुष ८४दशमलव ०७प्रतिशत र महिला ७० दशमलव ८७ रहेको छ । २०६८ को जनगणना अनुसार उदयपुरमा ३ लाख...
विश्व नेवाः दिवस मनाउँदै

विश्व नेवाः दिवस मनाउँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र ११ । आज छैठौँ विश्व नेवाः दिवस मनाइँदैछ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् ।...
त्रियुगा नगर युवा तथा खेलकुद विकास पदाधिकारीले गरे पदभार ग्रहण

त्रियुगा नगर युवा तथा खेलकुद विकास पदाधिकारीले गरे पदभार ग्रहण

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १० । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेको छ । शुक्रबार खेलकुद विकास समितिको कार्यालयमा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजय कुमार सिंहले खेलकुद पदाधिकारीहरुलाई पदभार ग्रहण गराएको हो । पदाधिकारीमा उपाध्यक्ष सर्मिला थापा(सबु),सचिव किरण कार्की, सह–सचिव राजेन्द्र राई र कोषाध्यक्षमा सन्जीप बिष्ट रहेका छन् । उनीहरुलाई अध्यक्ष सिंह सहित खेलकुद शाखा निरिक्षक अम्बिका प्रसाद धमलाले पदाधिकारीहरुलाई सम्मान तथा सफलताको शूभकामना साथै स्वागत गरेको थियो ।...
१४ नं वडा साउनेका स्वास्थ्य प्रमुख चिन बहादुर राईलाई भव्य विदाई, सुखद सेवाको प्रसंशा

१४ नं वडा साउनेका स्वास्थ्य प्रमुख चिन बहादुर राईलाई भव्य विदाई, सुखद सेवाको प्रसंशा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १० । स्वास्थ्य क्षेत्रमा तिन दशक पारगरी अवकाश भएका नेपाल सरकार स्वास्थ्य क्षेत्रका अग्रज कर्मचारी चिन बहादुर राईलाई स्वाथ्य चौकी साउनेले भव्य विदाई गरेको छ । राई अढाई बर्षदेखी स्वाथ्य चौकी साउनेका (ज.स्वा. नि अधिकृत) छैँटौ तहका रुपमा कार्यालय प्रमुख भएर काम गर्दै आएका थिए । साउने बसाईको करिब अढाई बर्षको सकरात्मक अनुभव र कार्यको प्रसंशा गर्दै त्यहाँका कर्मचारी, नागरिक र वडा जनप्रतिनिधिले स्वास्थ्य प्रमुख राईलाई भव्य विदाई गरेको हो ।  स्वाथ्य चौकी साउनेले राईलाई शुक्रबार कार्यालयबाट विदाई गरेको जनाएको छ । वडा र स्वाथ्य चौकीको संयुक्त आयोजनामा राईलाई सुखद विदाई गरेको स्वास्थ्य चौकी साउनेले जनाएको छ । राईले स्वास्थ्य क्षेत्रमा करिब ३२ बर्ष नागरिकहरुको सेवा गरेको जनाए । उनले नेपालको बिभिन्न भुभागहरुको नागरिकहरुलाई उपचार गर्ने सुवर्ण अवसरका तिता मिठा कुराहरु विदाईको बेल...
साहारा नेपालले बचत फिर्ता माग्नेलाई गर्याे दुर्ब्यवहार र दियाे मानसिक तनाव

साहारा नेपालले बचत फिर्ता माग्नेलाई गर्याे दुर्ब्यवहार र दियाे मानसिक तनाव

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १० । गाईघाट । उदयपुरको त्रियुुगा नगरपालिका १२ निवासी अशोकला राईले १० वर्षदेखि गरेको बचत फिर्ता माग्दा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, सेवा केन्द्र गाईघाटबाट पाएकी छैनन् । उनका अनुसार बचत फिर्ता पाउनुुको सट्टा  दुर्ब्यवहार र मानसिक तनाव पाइरहेकी छिन् । बचत फिर्ताको निवेदन दिएको तीन महिना वितिसकेको छ । यसबीचमा पटक–पटक कार्यालय र बैंठक केन्द्रमा धाइन् तर, बचत फिर्ताको सट्टा धाकधम्की, दुर्ब्यवहार र मानसिक तनाव मात्र पाएको दुखेको पोखिन् । समुहमा अरुले ऋण पुरा चुुक्ता नगरेको बहाना देखाउदै आफ्नाे बचत फिर्ता नदिएको उनले बताइन् । खाइ–नखाइ दुःखले बचत गरेको पैसा फिर्ता पाउन उनको माग छ । साहाराका केही कर्मचारीले तल्लोस्तरमा गिरेर बोली र ब्यवहार गरेकाले मानसिक तनाव भोग्नु परेको उनको भनाई छ । करिब १० वर्षमा एक लाख बढि बचत भएको उनको अनुमान् छ । संस्थाले प्रष्ट हिसाव दिएको छैन । बच...
बाघको आक्रमणबाट भारतको जङ्गलमा नेपाली महिलाको मृत्यु

बाघको आक्रमणबाट भारतको जङ्गलमा नेपाली महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । बाघको आक्रमणबाट भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएकी एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्की रहेकी छिन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले शुक्रबार बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको बताएका छन् ।  दुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको उनले बताए । सार्कीसँगै गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका प्रहरी निरीक्षक मल्ले बताए । उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।...
चलचित्र ‘बिहे पास’को ट्रेलस सार्वजनिक (भिडियो सहित)

चलचित्र ‘बिहे पास’को ट्रेलस सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १० । आगामी बैशाख १ गते प्रदर्शनमा आउँन लागेको नेपाली कथानक चलचित्र बिहे पासको ट्रेलर आज सार्वजिनक भएको छ । उक्त चलचित्रमा दयाहाङ राई र प्रकृटि श्रेष्ठको अभिनय रहेको छ । शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रकृति श्रेष्ठ सरकारी जागिरे र दयाहाङ राई सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ। प्रवेश पौडेलले निर्देशन गरेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ । रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन् । शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् । ...