Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

लोकसभा सदस्यका लागी राहुल अयोग्य रहेको घोषणा

लोकसभा सदस्यका लागी राहुल अयोग्य रहेको घोषणा

Breaking News 3, समाचार, संसार
पूर्णपुष्टि, चैत १० । भारतको लोकसभा सचिवालयले राहुल गान्धीलाई लोक सभा सदस्य हुन अयोग्य रहेको घोषणा गरेको छ । प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य रहेको भारतीय सञ्चारमाध्यम टाईम्स अफ ईन्डियाले जनाएको छ । सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर अदालतमा मानहानी मुद्दा परेको थियो । राहुलले एक भाषणमा मोदिको आलोचना गर्दा ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए । सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै २ बर्ष जेल सजाय सुनाएको थियो । अदालतले गान्धीलाई आफ्नो फैसलावि...
चलचित्र ‘जारी’ फिल्मको ट्रेलर सार्वजनिक(भिडियो सहित)

चलचित्र ‘जारी’ फिल्मको ट्रेलर सार्वजनिक(भिडियो सहित)

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १० । वैशाख १ गते प्रदर्शनमा आउँन लागेको नेपाली चलचित्र जारीको ट्रेलस सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र मिरुना मगरले अभिनय गरेको चलचित्र आज एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । लिम्बु समुदायको प्रेमकथामा आधारित रहेको उक्त फिल्ममा माईत गएकी श्रीमतीलाई घर फर्काउन पुरुषले गर्नु परेको संघर्षलाई देखाएको छ । सार्वजनिक ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीच माया र उनीहरूको सम्बन्धमा आएको उतारचढावलाई देखाइएको छ। उक्त चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । नेपाली दर्शकहरु अत्यन्तै रुचाएको उक्त कलाकारहरुको अभिनय हेर्न उत्साहित छन् । https://www.youtube.com/...
मगर संसारद्धारा रौतामाईका अग्नी पिडितलाई आर्थिक सहयोग

मगर संसारद्धारा रौतामाईका अग्नी पिडितलाई आर्थिक सहयोग

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १० । उदयपुरको रौतामाई गाँउपालिका–८, पाखाटोलका अग्नी पीडित लाई मगर संसार फोटो ग्यालरीद्वारा आर्थिक सहयोग प्रदान गरेको छ । बिहिवार एक कार्यक्रमको बीच मगर संसारका एडमीन ज्ञानदिप आले मगर र राम बहादुर बुर्जा मगरको नेतृत्वमा घटना स्थल पुगेको टोलिले नगद १ लाख ८ हजार ३ सय दश रुपैयाँँ पीडित परिवारलाई सहयोग गरेको हो । गत फाल्गुन २६ गते विद्युत सर्ट भई मगरको घर आगलागि भएर ठुलो धन जनको क्षति भएको थियो । उक्त खवर पाए लगतै मगर संसार फोटो ग्यालेरीद्धारा देश–बिदेशमा छरियर बसेका मगर समुदाय भित्रका बिभिन्न व्यक्तिहरुबाट सहयोग संकलन अभियान सुरु गरेको थियो । सहयोग अभियानमा बिभिन्न ठाउँ गरी ३५ जना मगर समुदायका दाजुभाईहरुबाट सहयोग रकम संकलन भएको ज्ञानदिप आलेले बताए । उनका अनुसार अचानक भएको यस्ता घट्नाहरुले समुदायलाई नै मौन बनाएको भन्दै पिडितलाई गरेको उक्त सहयोगले उनीहरुको जीवीकोपार्जनमा केह...
१२ औं राष्ट्रिय जनगणना सार्वजनिक

१२ औं राष्ट्रिय जनगणना सार्वजनिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १० । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ को राष्ट्रिय जनगणना सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको छ भने यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो । यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । विस्तृत र अन्तिम सार्वजनिक प्रतिवेदनमा दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या निस्किएको हो ।...
भारतीय निर्देशक प्रदीप सरकारको निधन

भारतीय निर्देशक प्रदीप सरकारको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । भारतीय निर्देशक प्रदीप सरकारको निधन भएको छ । उनको शुक्रबार बिहान ६८ बर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनी लामो समयदेखि बिरामी रहेको र डायलासिसको सहारमा बाचिँरहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ । सरकारको निधनपछि बलिउड कलाकारहरूले शोक व्यक्त गरिरहेका छन्। उनले ‘परिणीता, हेलीकप्टर इला, लागा चुनरी मे दागः जर्नी अफ ए वुमन, लफंगे परिन्दे, मर्दानी’ जस्ता फिल्म निर्देशन गरेका थिए । उनले पछिल्लो समय ‘कैसी पहेली जिन्दगानी’ फिल्म निर्देशन गरेका थिए।...
घुस लिएको भिडियो फेला, सहायक वन अधिकृत यादव निलम्वित

घुस लिएको भिडियो फेला, सहायक वन अधिकृत यादव निलम्वित

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । उद्योग पर्यटन तथा वन मन्त्रालयले पर्साका सहायक वन अधिकृत रामप्रसाद यादवलाई घुस लिएको आरोपमा निलम्बन गरेको छ । घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरी अनुसन्धान अघि बढाईएको राज्यमन्त्री रहबर अन्सारीले बताए । वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेपछि यादवलाई ६० दिनका लागि निलम्बन गरिएको उनले बताए । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । यही चैत ६ गते साह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त...
मुगुमा ४.५ म्याग्निच्युडको भूकम्प

मुगुमा ४.५ म्याग्निच्युडको भूकम्प

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १० । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रविन्दु भएर भूकप्म गएको छ । आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।...
आफूखुसी गैरहाजिर हुने १० प्रहरीलाई सम्पर्कमा आउँन सात दिने म्याद

आफूखुसी गैरहाजिर हुने १० प्रहरीलाई सम्पर्कमा आउँन सात दिने म्याद

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । प्रहरी प्रधान कार्यालय नक्शालले आफूखुसी गैरहाजिर हुने १० जना प्रहरीलाई सम्पर्कमा आउँन सात दिने म्याद दिएको छ । आज कार्यालयले सुचना जारी गर्दै गैरहाजिर हुने प्रहरीलाई कारण खुलाएर सन्तोषजनक स्पष्टिकरण पेश गर्न लगाएको छ भने स्पष्टिकरण नदिने प्रहरीलाई कारबाहीको चेतावनी समेत दिएको छ । केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ फागुन १० देखी, यसैगरी प्रहरी जवान दिपु अवाल २०७९ पुस १७ गतेदेखि, निरज कुमार राई माघ १३ गतेदेखि, रामफल यादव माघ २५ गतेदेखि र गोविन्द केसी माघ २८ गतेदेखि गैरहाजिर रहेको कार्यालयले जनाएको छ । यसैगरी आनन्द मण्डल पुस ७ गतेदेखि, विशाल कुमार राई पुस २९ गतेदेखि, आलेश थापा माघ १८ गतेदेखि तथा धमेन्द्र विक र हरिराज विक माघ २८ गतेदेखि सम्पर्कमा नरहेको सुचनामा उल्लेख गरिएको छ ।...
तेस्रो वडाअध्यक्ष कपको उपाधी फ्युजन फुटवल क्लबलाई

तेस्रो वडाअध्यक्ष कपको उपाधी फ्युजन फुटवल क्लबलाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, देउरीमा श्रीपुर फुटवल क्लवद्धारा आयोजित तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी फ्युजन फुटवल क्लव बोक्लेले हात पारेको छ । बिहिवार प्रतियोगिताको फाईनल खेलमा वडा नं.१० फ्युजन फुटवल क्लवले सगरमाथा फुटबल क्लब राजाबासलाई २–१ गोलले पराजित गदैँ उपाधि चुम्न सफल भएको हो । देउरीको बालुवाटार खेल मैदानमा भएको फाईनल खेलमा पहिलो हाफको २४औँ मिनेटमा राजाबासको तर्पबाट जर्सि नम्बर २२का डेबिट चौधरीले पहिलो गोल गर्दै आफ्नो टिमका लागि खाता खोल्न सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ सम्म भने फ्युजनको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । त्यस्तै प्रतियोगिताको दोस्रो हाफको ४६औँ मिनेटको खेल चलिरहदा फ्युजनको तर्फबाट जर्सि नम्बर ४ का अनमोल राईले जवाफी गोल गर्दै खेललाई बराबरीमा बनाएको थियो । त्यस्कै ४ मिनेटको फरकमा फ्युजनको लागि ...
मन्त्रीपरिषद् बैठकले नयाँ (आईजीपी) बारे निर्णय गर्ने

मन्त्रीपरिषद् बैठकले नयाँ (आईजीपी) बारे निर्णय गर्ने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत १० । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सो बैठकले प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्तिबारे निर्णय गर्ने भएको छ । आज (शुक्रबार) सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्तीबारे निर्णय गर्नेछ । महानिरीक्षक (आईजीपी) को दाबेदारमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ महानिरीक्षक नियुक्तिको तयारी थालिएको हो ।...