Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

मैत्रीपुर्ण खेलमा पानमामाथि अर्जेन्टिनाको सहज जित, मेस्सीको ८०० औं गोल

मैत्रीपुर्ण खेलमा पानमामाथि अर्जेन्टिनाको सहज जित, मेस्सीको ८०० औं गोल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत १० । विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानमामाथि सहज जित निकालेको छ । कतारमा विश्वकप जितेपछि पहिलो खेल खेलेको अर्जेन्टिनाले पानामालाई २–० गोलले हराएको हो । शुक्रबार बिहान घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलको ३२ औं मिनेटमा युवा खेलाडी थिएगो अल्मडाले गोल गर्दै अर्जेन्टिनालाई आग्रता दिलाएका थिए भने ४३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सहजै जित दिलाएका थिए । सो गोलसँगै मेस्सीले आफ्नो करियरमा ८०० औं गोल पुरा गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि ८०० औं गोल पुरा गर्ने मेस्सी दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले कुल ८३० गोल गरेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेस्सीले ९९ औं गोल गरिसकेका छन् भने सय गोलहुन एक गोल मात्र बाकीँ छ । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन...
आज मत्स्य जयन्ती, यस्तो छ मत्स्य

आज मत्स्य जयन्ती, यस्तो छ मत्स्य

समाचार
पूर्णपुष्टि,चैत्र १० । आज मार्ज २४ मस्स्य जयन्ती बिशेष परेको छ । शव्दले नै स्पष्ट छ, मत्स्य अर्थात माछा अनि विष्णुको माछाको अवतार अर्थात मत्स्य अवतारको पृथ्वीका पर्दापणको जयन्ती मत्स्य जयन्ती हरेक वर्षको चैत्र शुक्ल तृतियाका दिन मनाइन्छ । सत्ययूगमा ठूलो माछाको अवतारमा विण्णुको पहिलो अवतार धर्तीमा देखापरेको हो, यस माछा शत्यन्त वलवान र एउटा सिगं भएको माछा रहेको कुरा विष्णुपुराण र भविष्या पुराणमा समेत उल्लेख गरिएको छ । मत्स्य सापेक्षताको सिद्धान्तले हरेक कुरा, समय अनि चाललाई सापेक्षीक रुपमा ब्याख्या गर्दछ । एउटा बालक प्रतिघण्टा १० किमिको दरमा फुटवल खेल्दैछ भनें फुटवलको स्पीडको आँकडा धर्तीले सूर्यलाई परिक्रमा गर्दाको स्पीडको सापेक्षमा जोखिनुपर्ने र सबैकुराहरु एउटा रिफरेन्समा राखिने कुरा हो । यस्तै यूगको आँकडापनि सापेक्षीक छ किनभनें परमात्मा तत्वका लागि समयको जोख र हाम्रो लागि समयको जोख एउटै...
काेशी नाम खारेजी आन्दाेलनका घाईते लाजेहाङकाे मृत्यु https://wp.me/pbHTHl-g6f

काेशी नाम खारेजी आन्दाेलनका घाईते लाजेहाङकाे मृत्यु https://wp.me/pbHTHl-g6f

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १० । काेशी प्रदेशकाे `काेशी´ नाम खारेजी र पुन: नामाकरणकाे आन्दाेलनमा प्रहरीकाे लाठीचार्जबाट गम्भीर घाईते लाजेहाङ सुक्वाबाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । बिराटनगरमा प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा टाउकाेमा गम्भीर चाेट लागेका उनकाे बिपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान २:३० बजे मृत्यु भएकाे किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत रहेका लाजेहाङ्को थप उपचारको लागि काठमाडौ लाने तयारी थियो । तेह्रथुमको जिरिखिम्ती निबासी लाजेहाङ सुक्वाबाको घटनाको विषयमा सङघर्ष समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष येक्तेनले जनाएका छन् । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले  जनप्रदर्शन गर्दा प्रदर्शनकारीले निशेधाज्ञ क्षेत्र ता...
रौतामाई–४ मा टोलभेला तथा सार्बजनिक सुनुवाई

रौतामाई–४ मा टोलभेला तथा सार्बजनिक सुनुवाई

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ९ । गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–४ पोखरीमा टोलभेला तथा सार्बजनिक सुनुवाई आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिरेन्द्रकुमार मगरको प्रमुख आतिथ्य तथा वडाध्यक्ष रविन्द्रकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमले टोलको विकास र समृद्धिमा एकजुुट भएर लाग्ने निर्णय गरेको छ । कार्यक्रममा पालिका उपाध्यक्ष भुपिन्द्रकुमार थापा, प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल, लेखा प्रमुख भुपध्वज रायमाझी, सामाजिक विकास समिति संयोजक तथा २ नं. वडाअध्यक्ष होमबहादुर दाहाल, ६ नं. वडाध्यक्ष पृथ्वीकुमार राई, ७ नं. वडाध्यक्ष मनोजकुमार राना मगर, ८ नं. वडाध्यक्ष घमानसिंह थापा लगायतको उपस्थिति रहेको थियो ।...
अशक्त राईलाई १२ लाख बिमा रकम प्रदान

अशक्त राईलाई १२ लाख बिमा रकम प्रदान

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत ९ । बैदेशिक रोजगारमा दुर्घटनामा परी शारीरिकरुपमा पूर्ण अशक्त बनेका उदयपुरको चौदण्डीगढी नगरपालिका–२ झोरापाटाका ५३ वर्षिय उत्तमकुमार राईलाई नेश्नल लाईफ इन्स्योरेन्स लिमिटेडले आज घरमै पुुगेर १२ लाख रुपैया इन्स्योरेन्सवापतको रकम उपलब्ध गराएको छ । कतारमा तीनवर्षअघि  दुर्घटनामा परेको र लगातार उपचार पश्चात चारमहिना अघिमात्र नेपाल फर्केका राईलाई उक्त रकम उपलब्ध भएको हो । २०७४ साल मंसीर ४ गते ५ हजार ३३० रुपैयामा बैदेशिक रोजगार (म्यादी) जीवन विमा गरी गराएका राईले विमा रकम पाएकोमा खुसी ब्यक्त गरे । काममा गइरहेको बेला गाडीले ठक्कर दिई मेरुदण्ड भाँचिएर पूर्ण अशक्त बनेका राईको लामो समय कतारमै उपचारपछि चारमहिना अघि मात्र नेपाल आएका थिए । उनको अशक्तालाई मध्येनजर गरी घरमै पुुगेर विमा रकम हस्तान्तरण गरिएको शाखा प्रमुख राईले बताए । बैदेशिक रोजगारमा सरकारले अनिवार्य लागु गरेको विमाबाट प्राप्...
उदयपुरकी महिला दुई सन्तानसहित ८ दिनबाट बेपत्ता

उदयपुरकी महिला दुई सन्तानसहित ८ दिनबाट बेपत्ता

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत ९ । उदयपुरकी एक महिला दुई सन्तान सहित ८ दिनबाट बेपत्ता भएकी छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ धप्पर घर भएकी ३४ वर्षीया हिराकुमारी सार्की घरपरिवारका कुनै पनि सदस्यलाई जानकारी नगराईकन ८ दिनबाट बेपत्ता भएको परिवारले जनाएको छ । १३ वर्षीया छविमाया सार्की र ९ वर्षका राजन सार्की पनि आमासँगै सम्पर्कबिहीन भएको जेठाजु आले मगरातीले जानकारी दिए । सम्भाबित सबै ठाउँमा खोजतलास गरिसकेको र हालसम्म कहि पत्ता लाग्न नसकेको उनले बताए । हिराकुमारीका दाजु अम्मरबहादुर सार्कीले दुई सन्तानसहित चैत १ गते घरबाट निस्कीएपछि सम्पर्क बिहिन भएको बताएका छन् । उनले भने सबै सम्भाबित ठाउँ, आफन्त, नलनाता सबैठाउँ खोजिसकेको र अब प्रहरी र मिडियाको भरमा छौं । हिराकुमारीले प्रयोग गर्दै आएको मोवाईल अघिल्लो दिनसम्म लागेको उनको परिवारले जनाएको छ । सम्पर्कमा आएको बेला जेठा छोरासँग कुरा गर्दा आफू पोखरामा रहे...
ठगी मुद्धाका फरार चौधरी ४ बर्ष पछी पक्राउ

ठगी मुद्धाका फरार चौधरी ४ बर्ष पछी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत ९ । ठगी मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका दुहवी नगरपालिका–१० का ३७ बर्षीय सञ्जय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सम्मानित जिल्ला अदालत मोरङको २०७५÷०२२७ गतेको फैसला आदेशले चौधरीलाई ठगी मुद्धामा १ वर्ष ७ महिना कैद र ५६८४५०÷– रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ७ गते पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी अदालत उपस्थित गराई कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।...
साफ यु–१७ च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित

साफ यु–१७ च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ९ । बंगलादेशमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालले फराकिलो जित निकालेको छ । बुधबार राती ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई ५–० गाले अन्तरले हराएको छ । भुटानसँगको खेलमा नेपाललाई जित दिलाउन वर्षा ओली र सेनु परियारले दुई दुई गोल गरिन् भने दीपा रोकायाले एक गाले गरिन् । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको हो । यो जितसँगै नेपालले दुई खेलबाट तिन अङ्क बनाएको छ । यसअघिको खेलमा भारतले नेपाललाई ४–१ गाले अन्तरमा हराएको थियो । भुटानले भने लगातार दोस्रो हार व्योहोर्नु परेको छ । पहिलो खेलमा बंगलादेशसँग ८–० गोल अन्तरमा हारेको भुटान दोस्रो खेलमा नेपालसँग ५–० गोलले पराजित भएको हो । दुई खेल हारेको भुटान ० अकं मै सिमित रहनु परेको छ । बंगलादेशमा आयो...
रौतामाई गाउँपालिका द्धारा आगलागी पिडितलाई आर्थिक र जस्ता सहयोग

रौतामाई गाउँपालिका द्धारा आगलागी पिडितलाई आर्थिक र जस्ता सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ९ । रौतामाई गाउँपालिकाका अग्नी पिडित राम बहादुर मगरलाई पालिकाले आर्थिक लगायतको आवश्यक सामाग्री सहयोग गरेको छ । चैत्र २६ गते शुक्रबार पालिकाको ८ नं वडामा मगरको घर सँगै दुई बच्चाको समेत मृत्यु भएको थियो । आगलागीले धन जन गुमाएका मगरलाई रौतामाई गाउँपालिकाले ५० हजार र पालिका अध्यक्ष कोषबाट थप १० हजार गरी ६० हजार आर्थिक सहयोग साथै ६ बन्डेल जस्ता समेत सहयोग गरेको जनाईएको छ । उक्त आर्थिक सहयोग र जस्ता पालिका अध्यक्ष बिरेन्द्र मगर, उपाध्यक्ष भुपेन्द्र थापा पालिकाका कर्मचारीहरु र स्थानीयहरु बिच प्रदान गरिएको पालिकाकी कर्मचारी कोपिला मगरले जनाईन् ।...
मिटर ब्याज प्रति नेपाल कम्युनिष्ट पार्टीको चर्को बिरोध, तत्काल कार्वाही गर्न माग

मिटर ब्याज प्रति नेपाल कम्युनिष्ट पार्टीको चर्को बिरोध, तत्काल कार्वाही गर्न माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ९ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरले मिटर ब्याज लगाउने बित्तिय संस्थाको चर्को बिरोध गर्दै आएको छ । पार्टीले संघर्ष समितिनै खडागरी आन्दोलन चर्काई रहेको छ । पछिल्लो समय बित्तिय संस्थाहरुको मनपरीले गरिबी किसान मजदुरहरुलाई उठिवास लगाएको भन्दै पार्टीले यसको प्रत्यक्ष बिरोध गर्दै आईरहेको छ । पार्टीले मिटर ब्याज लगानी गर्ने बित्तिय संस्थाहरुलाई तत्काल कार्वाही गर्नु पर्ने माग राखेको छ । पार्टीले बित्तिय संस्थाका पिडितहरुलाई बचत फिर्ता समेत गराउन सफल भएको छ । उनिहरुले बित्तिय संस्थाको प्रवन्धकहरु सँग छलफल गरी ३ जना बचतकर्ताहरुको बच फिर्ता समेत गराएको छ । उदयपुरमा रहेको साहारा, नेपाल, सरस्वती नेपाल र छिमेकी नेपाल गरी तिन ओटा संस्थाबाट नमिता राई, दिक्षा मगर र राम बिलास चौधरीको बचत फिर्ता समेत गराएको हो । पार्टीले लघुवित्तिय संस्थाहरुले बचत फिर्ता दिनु पर्ने, बैँकले चर्को ब्याज ...