Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

घुस लिएको आरोपमा वडाअध्यक्ष सहित सचिव पक्राउ

घुस लिएको आरोपमा वडाअध्यक्ष सहित सचिव पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र ९ । जनकपुरमा घुस लिएको आरोपमा वडा अध्यक्षसहित सचिवलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय रहेका छन् । घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनिहरुलाई पक्राउ गरेका हो । आयोगका प्रवक्ता भोला दाहालले जनकपुर उपमहानगरपालिका ६ रामजानकी हस्पिटल नजिकबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको बताए । उनका अनुसार जग्गा दर्ता कायम गर्न सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको आयोगमा उजुरी परेपछि उनिहरुलाई घुस सहित पक्राउ गरेका हौं । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको दाहालले बताए ।...
सरकारले वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारले पाउने आर्थिक सहायता रकम वृद्धि गरिने

सरकारले वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारले पाउने आर्थिक सहायता रकम वृद्धि गरिने

समाचार
पूर्णपुष्टि,चैत्र ९ । सरकारले वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्गभङ्ग वा बिरामी भएर स्वदेश फर्किएका श्रमिकले पाउने आर्थिक सहायताको रकम बढाउने भएको छ । अहिले प्रदान गरिरहेको रकम समय सापेक्ष नभएको भन्दै यसलाई बढाउन बोर्डले आवश्यक तयारी गरिरहेको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । ‘अहिले भएको व्यवस्था संशोधन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न हामी काम गरिरहेका छौँ’ सूचना अधिकारी पौडेलले भन्नुभयो ‘छिट्टै नै हामी यो निर्णय गर्ने छौँ ।’ कति रकम बढाउने र कहिलेदेखि यो नियम लागू गर्ने भन्ने बारेमा भने बोर्डले निर्णय गरिसकेको छैन । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा हकवालाले सात लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । यो रकम वैदेशिक रोजगार कल्याणकारी कोषबाट बोर्डले प्रदान गर्छ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिँदा श्रमिकले ...
एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ९ । नेकपा एमाले नेतृत्व कोशी प्रदेश सरकारलाई माओवादी केन्द्रको समर्थन हाल कायमै रहने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने माओवादी नेता ईन्द्रबहादुर आङ्बोले बताएका छन् । केन्द्रमा सत्ता समीकरणको मोडालिटी तयार भएपछि मात्रै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने बताए । प्रदेश सरकारको बिषयमा (केन्द्रमा) छलफल भएको छैन् । प्रदेशको अवस्था विशिष्ट रहेको छ ‘आङ्बोले भने’ अहिले नै समर्थन फिर्ता लिनेबारे सोचेका छैनौं । सरकारको बिषयमा केन्द्रबाट निर्देशन नआएको र नेतृत्वले भाग भागबण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर गर्नुपर्ने आङ्बोको भनाइ छ । एमाले नेतृत्व कोशी प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । ९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन...
अभिनेत्री करिश्मा सोलार हिटरसम्बन्धी विज्ञापनबारे सर्वत्र आलोचना

अभिनेत्री करिश्मा सोलार हिटरसम्बन्धी विज्ञापनबारे सर्वत्र आलोचना

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र ९ । मुलुकमा पछिल्लो समय सामाजिक संञ्जारमा अभिनेत्री करिश्मा मानन्धरद्धारा अभिनीत एक विज्ञापन व्यापक चर्चामा आएको छ । अभिनेत्री मानन्धरले सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा गरिएको अभिनय र संवाद बनावटी देखिए पछि उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै चर्चाको विषय बनोको हो । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो, र यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’ आफुले गरेको विज्ञापन प्रति धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् । यस्तै उनले थपेकी छिन्, ‘सुझाव सम्मा दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसा...
मोतिगडाको अव्यवस्थित तरकारी बजार व्यवस्थित स्थानमा सारियो

मोतिगडाको अव्यवस्थित तरकारी बजार व्यवस्थित स्थानमा सारियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ९ । त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको अव्यवस्थित तरकारी बजारलाई व्यवस्थापन गरिएको छ । सडक साईडमा अव्यवस्थित रहेको बजारलाई भित्र सुरक्षित र व्यवस्थत स्थानमा सारिएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त साँझेदारीमा बजार व्यवस्थित गरिएको हो । मोतिगडामा तरकारी बजार सडक छेउमा राख्नाले अव्यवस्थित थियो । अहिले उक्त बजारलाई दिर्घकालिन व्यवस्थित गरिएको छ । त्रियुगा नगरपालिकाको १० लाख बजेटमा रामजानकी मन्दीर (ए) को करिब डेड बिघा जग्गाको १५ कठ्ठामा भाडामा लिएर तरकारी बजार व्यवस्थित गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम चौधरीले जनाए । तरकारी बजार सँगै त्यस ठाउँमा अटो टेम्पुहरु समेत पार्किङका लागि ठाउँ व्यवस्थित गरिएको चौधरीले जनाए । हाल ८ कठ्ठा जनिम तरकारी बजार र पार्किङका लागि प्रयोगमा आएको छ ।...
आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको मुल्य घट्यो

आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको मुल्य घट्यो

समाचार
पूर्णपुष्टि,चैत्र ९ । नयाँ मूल्य सूची अनुसार एप्पल कम्पनिको आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको बजार मूलय घटेको छ । अव १२८ क्षमता भएको आइफोन–१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षपताको आइफोन–१४ प्रो म्याक्सको बजार मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ तोकिएको छ । त्यस्तै १२८ जिबी क्षमताको आइफोन–१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन(१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ। नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।...
आज विश्व मौसम विज्ञान दिवस, बिभिन्न कार्यक्रमका साथ मनाईदै

आज विश्व मौसम विज्ञान दिवस, बिभिन्न कार्यक्रमका साथ मनाईदै

समाचार
पूर्णपुष्टि,चैत्र ९ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार आज विश्व मौसम विज्ञान दिवस परेको छ । मौसमको फेरबदलमा बादलको महत्त्वलाई दर्साउँदै सन १९६१ देखि हरेक वर्षझैँ यस वर्ष पनि २३ मार्चका दिन मौसम विज्ञान वर्ष मनाईदैछ । विश्व मौसम विज्ञान सङ्गठनले मानिसहरूको सुरक्षा र कल्याणमा योगदान दिन महत्त्वपूर्ण भूमिका खेल्छ । यसरी वल्र्ड मेटेरोलोजीकल अर्गनीजेशनले आफ्नो डाटा मार्फत विश्वभरिका समुदायको सुरक्षा गरिरहेको हुन्छ । यसको काम खाद्य सुरक्षा, जलस्रोत र यातायात प्रदान गर्न महत्त्वपूर्ण छ । मौसम सम्बन्धी डाटाले हामीलाई मौसमको क्षति ट्र्याक गर्न, हाम्रा सम्पूर्ण दिनहरूको योजना बनाउन र प्राकृतिक प्रकोपहरूको बारेमा चेतावनी दिन मद्दत गर्दछ। यी नै डाटाको कारणले गर्दा, हामी मानिसहरूलाई बाहिर निकाल्न वा आवश्यक आँधीको तयारी गर्न पर्याप्त समय दिएर ठुलो आँधीको भविष्यवाणी गर्न सक्छौँ। सन् १९६१ को मा...
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको सह–सचिवमा राजेन्द्र राई मनोनित

त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको सह–सचिवमा राजेन्द्र राई मनोनित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ९ । युवा खेलाडी राजेन्द्र राईलाई त्रियुगा नगरपालिकाले त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको सह–सचिवमा मनोनित गरेको छ । राईलाई नगरपालिकाको फागुन १५ गतेको निर्णयले सह–सविचमा मनोनित गरेको हो । २०७५ परिच्छेद २ को उपनियम ३ बमोमिज ३ बर्षका लागि मनोनित गरेको नगरको पत्रमा उल्लेख गरिएको छ । प्रशासकीय अधिकृत मान वहादुर बनको हस्ताक्षर पत्रमा राईलाई मनोनित गरेको ब्यहोरा जानकारी गराईएको छ ।...
वान एक्स बेटबाट सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ

वान एक्स बेटबाट सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ८ । वान एक्स बेटबाट सट्टेबाजी गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटीएम १४ थान र एसर कम्पनीको ल्यापटप १ थान बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर बताए । प्रहरी उपरीक्षक राठौरका अनुसार विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा बेटिङ एप्लिकेशन वान् एक्स बेटबाट उनिहरुले सट्टेबाजी गराएका थिए । अनुसन्धानका क्रममा उनीहरुले ६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी गरेको पाइएको प्रहरीले जन...
राप्रपाका शिर्ष नेताहरुले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

राप्रपाका शिर्ष नेताहरुले भेटे पूर्व राजा ज्ञानेन्द्रलाई

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहालाई भेटेका छन् । शाहालाई भेट्न अध्यक्ष लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका हुन् । महामन्त्री धवलशम्शेर राणाले आज (बुधबार) भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।...