Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने काग्रेसको निर्णय

बागमतीका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने काग्रेसको निर्णय

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने नेपाली काग्रेसले निर्णय गरेको छ । संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आज (बुधबार) दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनका अनुसार बैठकमा केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय पनि भएको छ । बागमती प्रदेशमा राप्रपा सरकारबाट निस्किएपछि मुख्यमन्त्री जमकट्टेलले पुन स् विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने चित्रकारले बताए । आजको प्रदेशसभा बैठकमा काग्रेसका सांसदहरु उपस्थित नहुने भएपछि बैठक स्थगित हुने सम्भावना बढेको छ । तरपनि संसद सचिवालयले अह...
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्ने ३ जनामाथि अभद्र व्यवहार मुद्दा

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्ने ३ जनामाथि अभद्र व्यवहार मुद्दा

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंलबार नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान हुने भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको जानकारी दिए । प्रवक्ता रिजालका अनुसार मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले ‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने माग गरेका थिए । उनीहरलाई ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने। पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८...
आज तेल लगाउने र नीमको पात खाने दिन

आज तेल लगाउने र नीमको पात खाने दिन

समाचार
पूर्णपुष्टि,चैत्र ८ । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन परेको छ । परम्परागता मान्यता बोकेको उक्त दिन आज ९बुधवार० परेको छ । तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ । आगामी मिठासको पर्खाईका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ । नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ । नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो । यो स्वास्थ्यका दृष्टिकोणले धेरै फाइदाजनक मानिन्छ । नीम मानिसको शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर तितो स्वादका कारण प्रायले यसको सेवन मन पराउँदैनन् । यसको रस पिउँदा वा पात चपाँउदा स्वास्थ्यलाई धेरै फाइदा हुने प्रमाणित भइसकेको छ । नीममा भएको ‘एन्टी इंफ्लेमेट्री’ तत्‍वले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्छ । अन...
वडाअध्यक्ष कप : स्वर्णिमलाई हराउँदै फ्युजन फुटवल क्लव फाईनल प्रवेश

वडाअध्यक्ष कप : स्वर्णिमलाई हराउँदै फ्युजन फुटवल क्लव फाईनल प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र ८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर–५,मा जारी वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा फ्युजन फाईनल क्लव बोक्से प्रवेश गरेको छ । देउरीको बालुवाटारको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा स्वर्णिम युवा क्लबलाई हराउदै फ्युजनले फाईनलसम्मको यात्रा सुरक्षित गरेको हो । मंगलबार भएको प्रतिस्पर्धामा फ्युजनले स्वर्णिमलाई २–० को गोलान्तरले पराजित गको थियो । प्रतियोगिताको पहिलो हापको १५औँ मिनेटमै डिएरियामा ‘ह्याण्ड टच’ भएपछी फ्युजनले पेनाल्टी शुट गर्ने मौका पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्युजनका प्रबिण राईले बिपक्षीको पोष्टको जाली चुमाउन सफल भएका थिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता पाएको टिमलाई ५८ औँ मिनेटमा फ्युजनका नबल तामाङले दिएको क्रस बललाई हिट गर्दै फ्युजनकै जर्सि नम्बर १४का सनम राईले दोश्रो गोल गरेका थिए । सेमिफाईनल भएको प्रतियोगिताको उत्कृष्ट प्रदर्श...
कटारीमा प्रहरी चौकीलाई विपद उद्धार सामाग्री वितरण

कटारीमा प्रहरी चौकीलाई विपद उद्धार सामाग्री वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ८ । उदयपुरको कटारी नगरपालिकाद्धारा कटारी आसपासका ट वटा प्रहरी चौकीलाई विपदको समयमा आवश्यक उद्धार सामाग्री वितरण गरिएको छ । नगरपालिकाका उप–प्रमुख गिता खड्काले प्रहरी चौकी प्रमुखहरुलाई मंलवार उद्धा सामाग्री हस्तान्तरण गर्नुभएको हो । नगरका बिभिन्न ६ वटा प्रहरी चौकीहर मध्य प्रहरी चौकी वडा नम्बर १ को वेलसोत , ७ को प्रहरी चौकी रिस्कू , १२ को प्रहरी चौकी वसेरी , १४ को प्रहरी चौकी घुर्मी , १० को प्रहरी चौकी सोरुङ्ग छविसे , र ११ को अस्थायी प्रहरी पोष्ट वेतेनीलाई सामाग्री वितरण गरेको हो । प्रत्यक प्रहरी चौकीहरुलाई उद्धार गर्ने डोरी प्रति चौकी सय मिटर एक एक थान , मल्ट्रप्रपोज हम्मर , भर्याँङ्ग , लाईफ ज्याकेट चार चार थान , हेडलाईट दुई दुई थान , पञ्जा चार चार थान , सेप्mटी ज्याकेट चार चार थान , हेल्मेट चार चार थान , स्ट्रेचर , साबेल लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो । ...
द्धन्द्धकालका ‘अयोग्य’  लडाकुलाई राहत दिन तयारी थाल्यो गृहमन्त्रालयले

द्धन्द्धकालका ‘अयोग्य’ लडाकुलाई राहत दिन तयारी थाल्यो गृहमन्त्रालयले

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ८ । द्धन्द्धकालका अयोग्य लडाकुलाई राहत दिन गृहमन्त्रालयले तयारी थालेको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिन तयारी थालेको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कार्यविधि बनाउने प्रक्रिया बुधबारदेखि सुरु हुने र त्यसका आधारमा आवश्यक पहिचान गरी राहत वितरण कार्य सुरु गरिने बताएका छन् । सचिव सिंहका अनुसार सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण गरिनेछ र वितरणको काम चरणबद्धरुपमा गरिने छ । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने उनले बताए । मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो ।२०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) न...
साफ यू–१७ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

साफ यू–१७ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ८ । बंगलादेशमा भईरहेको साफ यु–१७ महिला च्याम्पियन सिपमा आज दुई खेल हुने भएको छ । आज हुने दुई खेलमा नेपाल भर्सेस भुटान र युरोपियन राष्ट्र रुस भर्सेस बंगलादेशबीच प्रतिष्पर्धा हुन लागेको हो । नेपालले भुटानसँग ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा खेल्ने छ । नेपाली समयअनुसार नेपाल र भुटानको खेल बेलुका ७ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा भारतसँग हारेको नेपाललाई उपाधिको सम्भावना कायम राख्न आज भुटानमाथि जित निकाल्नै पर्ने दबाव रहेको छ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८–१ ले पराजित भएको थियो । यस्तै आजको अर्को खेल रुसले घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ । यसअघि गत नोभेम्बरमा यू–१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपा...
त्रिदेशीय प्रधानमन्त्री कपमा आज नेपालले लाओससँग खेल्ने

त्रिदेशीय प्रधानमन्त्री कपमा आज नेपालले लाओससँग खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ८ । आज त्रिदेशीय प्रधानमन्त्री फुटबल कपमा नेपालले लाओससँग खेल खेल्न लागेको हो । आज (बुधबार) पहिलो खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ । आजको खेल साँझ ६ बजेबाट सुरु हुनेछ । फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको हो । नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनल खेलमा २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी शुटआउटमा नेपालले लाओसलाई ३–० ले हराएको थियो प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाट नेपालको टोलीलाई नयाँ प्रशिक्षक भिन्सेन्ट अल...
धरानका मेयर हर्क साम्पाङ अस्ट्रेलिया जाँदै

धरानका मेयर हर्क साम्पाङ अस्ट्रेलिया जाँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ८ । धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङ अस्टे«लिया जाने भएको छ । साम्पाङले आफु अस्ट्रलिया जानेबारे सामाजिक संञ्जाल फेसवुकमा जानकारी गराएको छ । उलने लेखेका छन् म आफ्नो खुसिको लागि होईना । धरानको विकासको लागि फण्ड राईजिङको लागि नगरपालिकाको एकै पैसा पनि खर्च नगरी अस्ट्रेलिया जाने भएको छु । उनले नगरपालिकाको कुने खर्च प्रयोग नगरी अस्ट्रेलिया जाने कुरा समेत सुझाएका छन् ।...
आज विश्व पानी दिवस मुलुकभर बिभिन्न कार्यक्रम गर्दै मनाइँदै

आज विश्व पानी दिवस मुलुकभर बिभिन्न कार्यक्रम गर्दै मनाइँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ८ । आज मार्च २२ तारिखका दिन विश्व समुदायले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै छ । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो । नेपालमा पनि राष्ट्रिय गैर तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पानीको स्रोत संरक्षणको लागि जनचेतना जगाउन कार्यक्रम गरी मनाउँदै छ । सहरी विकास मन्त्रालय र जल तथा ऊर्जा आयोगको अगुवाइमा देशका विभिन्न स्थानमा विश्व पानी दिवससम्बन्धी कार्यक्रम गत मङ्गलबारदेखि ‘जल सप्ताह’ अन्तर्गत सञ्चालन भइरहेका छन् । ‘नेपालमा दिगो विकासका लागि पानी’ नाराका साथ सञ्चालित ती कार्यक्रममा उपभोक्ताका साथै सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको उत्साहजनक सहभागिता छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शर...