पूर्णपुष्टि,चैत्र ७ । त्रियुगा नगरपालिका वडा नं. ४ स्थित बगाहामा सुरक्षित आबास अन्तरगत २० वटा घर बन्ने भएको छ । मंगलवार एक कार्यक्रम बिच नगर प्रमुख बसन्त कुमार बस्नेत र उप–प्रमुख महेश्वरी राईले संयुक्त उक्त घरको सिल्यानास गर्नुभएको हो ।
बगाहामा बन्न लागिएको २० वटा घर स्थानीय अति बिपन्न गरिव परिवारहरुको लागि निमार्ण गरिने बताइएको छ ।...
पूर्णपुष्टि, चैत्र ७ । हुरेण्डेक उदयपुरले पहाडी भेगका सुनौलो हजार दिने आमा र सहयोगी समूहहरुको स्वास्थ्यलाई ख्याल गर्दै चेतना मुलक सडक नाटक प्रदर्शनी गरेको छ । वल्र्डभिजन इन्टरनेशल उदयपुरको सहयोगमा संञ्चालित १० दिने चेतना मुलक सडक नाटक अभियान रौतामाई ७ मुर्कुचिमा अन्तिम प्रदर्शनी गर्दै सम्पन्न भएको हो ।
उक्त नाटक फागुन २८ देखी रौतामाई र ताप्ली गाउँपालिकाको बिभिन्न वडाहरुमा गरिएको छ । रौतामाईको आँपटार, भुट्टार, सल्ले, लाफागाउँ र मुर्कुचीमा संञ्चालन रहेका थिए भने ताप्लीको १ ओख्ले, २ लेखगाउँ, ३ इनामे र ५ रुपाटारमा प्रदर्शन गरिएको थियो । नाटक प्रदर्शनकै क्रममा यता कटारी नगरपाकिला–९, लिम्पाटार र उदयपुरगढि १ तावासिरीमा सम्मेत सडक नाटक प्रदर्शनी गरिएको थियो । बिषेशगरी पहाडी तथा बिकट ठाउँका आमाहरु शिक्षा र चेतनाको कमिले स्वास्थ्य स्तरबाट माथी उठ्न नसकेको भन्दै सडक नाटकको माध्यमद्धारा उनिहरुलाई स...
पूर्णपुष्टि, चैत ७ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादीहरुले आङ्बोमाथि आक्रमण प्रयास गरेको हो । आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भयो’, उनले भने, ‘आक्रमण गर्नेको पहिचान भएको छैन, अनुसन्धान गरिरहेका छौं ।’ सोमबार पनि पहिचानवादीले ओखलढुङ्गामा मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेको थियो ।...
पूर्णपुष्टि, चैत ७ । उदयपुरको बेल्टार निवासी पत्रकार राजेन्द्र दुष्ट आज नेकपा माओवादी केन्द्र प्रवेशसंगै प्रेस सेन्टरमा आवद्ध भएका छन् ।
बेलका नगरपालिकामा एक कार्यक्रमकाबीच पत्रकार राई प्रवेश गरका हुन् । उनलाई पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मणि खम्बु किराँती, केन्द्रीय बैकल्पिक सदस्य केपी बराल लगायत प्रदेश सदस्यहरुले प्रवेश गराउदै स्वागत गरेका थिए । प्रेस सेन्टरका केन्द्रीय सदस्य महेश्वर चामलिङ, भोटराज राई, प्रदेश सचिव गजेन्द्र राई, जिल्ला अध्यक्ष सुपराज किरातीले स्वागत गरेका थिए । पत्रकार राई फोनिज १ नं. प्रदेशका उपाध्यक्षसमेत हुन् ।...
पूर्णपुष्टि, चैत ७ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण भएको बताएका छन् । सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण सांसदहरूले गरेको बताएका हुन् ।
कोसी प्रदेश नामको विषयमा बोल्दै मन्त्री किरातीले झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने बताएका छन् । पहिचानवादी आन्दाचेलन अति जातिवादमा समेत जान सक्ने विषयमा समेत किरातीले सजक गराए ।
खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्ने र समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ ‘किरातीले भने’ हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको ...
पूर्णपुष्टि,चैत्र ७ । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको प्लेनको ढोका रातभर खुला राखेको भन्दै दुई इन्जिनियर निलम्बन गरेको छ । प्राधिकरणले लापरवाही तपरिकाले रातभर जहाजको ढोका खुला राखेरको भन्दै नेपाल वायुसेवा निगम ९नेवानी०का दुई जना इन्जिनियरलाई निलम्बन गरेको हो ।
उनीहरुलाई निलम्बन गरी आवश्यक कार्वाहीका लागि छानबिन समिति बनाउन निर्देशन दिईसकेको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । उनका अनुसार ‘१८ मार्चमा वाइडबडी जहाज रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएको थियो ।’, भुलले भने, ‘सोही कारण नेवानीका दुईजना एरोनटिकल इन्जिनियरलाई निलम्बन गरी छानबिन अघि बढेको छ ।’
जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने सूचना अ...
पूर्णपुष्टि,चैत्र ७ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएको छ । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो।
पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्याएका थिए।...
पूर्णपुष्टि, चैत ७ । गोरखामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पन्थहिटी–कटहरे–साहिलटार सडक शिलन्यास गरेका छन् । गोरखाको क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी–कटहरे–हर्मी र लमजुङको साहिलटार जोड्ने सडक स्तरउन्नती कार्यको प्रधानमन्त्रीले आज शिलन्यास गरेका हुन् । गत मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् ।
बिमिरेमा आज भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता उपस्थिति भएका थिए । २० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो । वुड हिल–लामा जेभी महाराजगन्जले ३० महिनामा सक्ने गरी यो सडक निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।...
पूर्णपुष्टि, चैत ७ । कैलालीको जोशीपुर गाउँपालिका–७ को हजारीबारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार राति से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कौलालीले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको बताए । उनका अनुसार घाइतेहरु खतरामुक्त छन् ।
जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर चालक भजनी नगरपालिका–९ कै ...
पूर्णपुष्टि, चैत ७ । महिनौं देखी विद्यार्थिमाथि यौन शोषण गरेको आरोपमा एकजना शिक्षकलाई पुर्पक्षकालागी थुनामा पडाएको छ । चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको आरोपमा भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो ।
नर्सिङको तयारी कक्षा पढाउने शिक्षकले आफुलाई करिब ८ महिनादेखी धम्काएर यौन शोषण गरेको भन्दै फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिईन् । उनको जाहेरीको आधारमा गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले प्रमाणका आधारमा क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । शिक्षक क्ष...