Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

समाचार
पूर्णपुष्टि,चैत्र ७ । आज नेपाली पात्रो अनुसार घोडे जात्रा पर्व परेको छ । घोडे जात्राको अवसरमा काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । नेपला सरकारले प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । घोडा,घोडचढी,घोडसवार,यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । नेपाली सेनाले टुँडिखेलमा विभिन्न झाँकी प्रदर्शन गरेर घोडेजात्रा मनाउँदै छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै मिथकका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गर...
कटारीमा फोहोर वर्गीकरण कार्यान्वयनमा ल्याउन सरोकारवालाहरु संग छलफल

कटारीमा फोहोर वर्गीकरण कार्यान्वयनमा ल्याउन सरोकारवालाहरु संग छलफल

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र ७ । उदयपुरको कटारी नगरपालिकामा फोहोर व्यवस्थापलाई कार्यान्वयनमा ल्याउन टोल विकास समितिहरुसँग थप छलफल गर्ने भएको छ । कटारी क्षेत्रका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आज सरोकारवालाहरुसँग छलफल गर्ने भएको हो । नगरले गत माघ १९ गते फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना जाहेर गरेको थियो । सुचना जाहेर गरेपनि बजारबाट फोहोर उठाउँदा फोहोरको वर्गीकरण नभएपछी नगरपालिकाले आज सरोकारवालाहरुलाई छलफलमा वोलाएको हो । नगरपालिकाका उप–प्रमुख गिता खडुकाका अनुसार अस्पतालजन्य फोहोरलाई अझ व्यवस्थ्ति र प्रभावकारी गर्ने विषयमा छलफल भएको बताउँदै क्रमश छलफल गर्दै जाने बताउनुभयो । यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले भोलि फेरी वडा नम्बर ३ र ४ का वडा समितिहरुसँग यहि विषयमा छलफल गर्ने बताउनुभयो । उदयपुर उद्योग वाणीज्य संघ, होटल व्यवसायी, सरकारी तथा नीजि स्वास्थ्य ...
निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी दल दर्ता आह्रवान

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी दल दर्ता आह्रवान

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । निर्वाचन आयोगले उपनिर्वाचनको लागी दल दर्ता आह्रवान गरेको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागी आयोगले दल दर्ता आह्रवान गरेको हो । आयोगले सार्वजनिक गरेको सूचनामा विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको छ । प्रतिनिधि सभा सदस्यका लागि तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रपतिमा काग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भईसकेका छन् ।...
सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने

सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत ७ । सरकारले द्धन्द्धकालका ‘अयोग्य’ लाडाकुहरुलाई राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविधि बनाएर राहत वितरण गर्ने निर्णय गरेको हो । नेपालमा सशस्त्र द्धन्द्धको अन्त्य भएपछि स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड नपुगेको भन्दै अयोग्य घोषणा गरिएको थियोे । अयोग्य घोषणा गरिएकाहरुमध्ये धेरैजसो बाल सैनिक वा ढिलो गरी माओवादी लडाकुको रुपमा भर्ना भएकाहरु थिए । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकहरूलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वायन नगर्ने, विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराब...
स्ववियु चुनाव : उदयपुरमा नेवि संघ सुन्य

स्ववियु चुनाव : उदयपुरमा नेवि संघ सुन्य

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ७ । उदयपुरको क्याम्पसहरुले स्ववियु चुनावको सबै मत परिणाम सार्वजानिक गरिसकेको छ । जिल्लाको तिन ओटा क्याम्पसहरुमा स्ववियु निर्वाचन भएका थिए । जिल्लाको सबै भन्दा ठुलो र पुरानो त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा, त्यस्तै दोस्रो ठुलो क्याम्पस गाईघाटको बरुवा र चौदण्डीगढी नगरपालिका बसाहाको नारद आदर्श शिक्षा क्याम्पस गरी तिन ओटा क्याम्पसहरुले स्वबियु चुनाव गराएका हुन् । तिन ओटा क्याम्पसको मत परिणाम अनुसार तिनै ओटामा नेवि संघ भने उदयपुरमा यो पटक निल भएको छ । पहिलो स्ववियु निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेवि संघबाटै सभापतिमा रोसन कार्की निर्वाचित भएका थिए । यो पटक पनि त्रिजवमा नेवि संघलेनै जित हात पार्ने सम्भावनाको हल्लैहल्लाको बिच अखिल क्रान्तिकारीले बिजयी निकालेको छ । यता नारद आदर्श र बरुवामा जित निकालेर बर्चश्व जमाउन खोज्दै त्रिजवमा पनि दाउ छोपेको अनेरास्व...
प्रथम कोहलपुर गोल्ड कप : नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी

प्रथम कोहलपुर गोल्ड कप : नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र ७ । बाँकेको कोहलपुर नगरपालिका २ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३–२)ले विजयी भएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो । हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गर्ने सफल भएका थिए भने नवलपरासी ११ का खेलाडि टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए । दुबै टिमका कप्ताङ पेनाल्टी सुट आउटबाट गोल गर्ने सकेनन् भने हिमालय शेर्पाका गोलकिप्परले भने नवलपरासीका खेलाडि रन्जित चौधरी र मनिस मगरको गोल हुनबाट बचाएपछि विजयी हुन सफल भएको रेसिङ्ग साहारा क्लबका सचिव नवकिरण शाहले कोहलपुर टुडेलाई जानकारी दिए । हिमालयन शेर्पाका कप्लाङ सुरेश कमाल र नवलपरासी ११ का कप्ताङ रन्जित आले रह...
बित्तिय संस्थाहरुको गलत गतिविधि तत्काल हटाउन नेपाल कम्युनिष्ट पार्टीको माग

बित्तिय संस्थाहरुको गलत गतिविधि तत्काल हटाउन नेपाल कम्युनिष्ट पार्टीको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ६ । नेपाल कम्युनिष्ट पार्टीले नेपालमा बित्तिय संस्थाहरुको क्रियाकलाप अत्यादिक खराव हुँदै गएको जनाएको छ । पछिल्लो समय वित्तिय संस्थाहरु बैँक, लघुवित्तिय संस्था, सहकारी लगायतले जनताहरुलाई आर्थिक रुपमा ढाँड सेकाईरहेको भन्दै आफ्नो पार्टीले यसको बिरोध गरेको जनाएको छ । पार्टीले प्रेस बिज्ञाप्ती जारी गर्दै मध्यम बर्गको गरिब जनता तथा किसान मजदुरहरुलाई ऋण्का कारण घरबास छोड्न बाध्य बनाएको भन्दै यस्तो गतिविधि तत्काल सच्याउन आह्वान गरेको छ । प्रेस विज्ञाप्तीमा भनिएको छ, जनता ठग्ने मिटर व्याजीहरुलाई तत्काल मिटर ब्याजप्रवाह बन्द गर्न जिल्लामा संञ्चालित सम्पूर्ण लघुवित्तहरुलाई आफ्नो सबै गलत गतिविधि नसच्याउनजेल बित्तिय संस्थाहरुबाट गरिरहेको सबै गलत क्रियाकलाप बन्द गरी मध्यम बर्गिय ब्यापारी व्यवसायीहरु साथै राष्ट्रिय पुँजीपति बर्गलाई संरक्षण गर्ने गरी आफ्नो बैँकिङ निति निर्माण गरेर मा...
बर्दियाको मधुवनमा बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु

बर्दियाको मधुवनमा बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु

समाचार
पूर्णपुष्टि,चैत्र ६ । बर्दियाको मधुवन नगरपालिका–५,मा बाघको आक्रमणबाट घाँस दाउँरा गर्न गएकी दिदी बहिनीको मृत्यु भएको छ । सोमबार मधुवन नगरपालिका–५, की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताएको छ । परिवारको सदस्यका अनुसार उनीहरु स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर बिहान साढे ११ बजे घरबाट निस्किएका थिए । घस काट्न भनेर हिनेका उनीहरु लामो समयसम्म पनि घर नर्फकिएपछि स्थानीयहरु खोजी कार्यमा जुटेका थिए । परिवारले खोजी कार्य गर्दा कतै पत्ता नलागे पछि स्थानीय प्रहरीलाई खबर गरी स्थानीय र वनका पदाधिकारीहरु भै खोजीमा गएका थिए । खोजी गर्ने क्रममा सुरूमा समुद्राको शव फेला परेको र त्यसको झन्डै दुई सय मिटर टाढा धनसरीको शव फेला परेको एसपी शाहीले बताए। समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्ज...
त्रिजबमा अखिलक्रान्तिकारीबाट को-को भए निर्वाचित ?

त्रिजबमा अखिलक्रान्तिकारीबाट को-को भए निर्वाचित ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको बहुप्रतिष्ठित त्रियुगा जनता बहुमुखी क्याम्पस (त्रिजब) क्याम्पसको स्वविय सभापतिमा अखिलक्रान्तिकारीका उम्मेदवार सरोज कार्की निर्वाचित भएका छन् । सभापति कार्कीले ३ सय ७९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका उम्मेदवार चेतन पोखरेलले ३ सय ७८ मत प्राप्त गरे । यता सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार हेमकुमार राना मगर बिजयी भएका छन् । उनले अखिलक्रा न्तिकारीका उम्मेदवार रन्जना मगरलाई ७१ मतले हराउँदै बिजयी बनेको हो । राना मगरले ३६१ मद ल्याउँदा रन्जनाको पक्षमा भने २९० मात्र मत खसेको थियो । रञ्जनाले सचिव पदका लागि दोस्रो मत पाएकी थिइन् । यस्तै कोषाध्यक्ष पदमा भने अखिलक्रान्तिकारीकै उम्मेवदार डोमा राई बिजयी भएकिछिन् । राईको पक्षमा ३६० मत खस्दा उनका प्रतिद्धन्द्धि अनेरास्ववियुका उम्मेदवार नबिना बुढाथोकी पक्षमा ३४४ मत खसेको थियो...
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएको छ । प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा ुमत दिन्नु भन्ने पक्षमा उभियो । सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्‍बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र...