उदयपुरमा ४४ जनाको एन्टिजेन्ट परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि
पूर्णपुष्टि, माघ १७
उदयपुरमा आज (सोमवार) ४४ जनामा एन्टिजेन्ट विधिमार्फत कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १२ पुरुष र ६ जना महिला गरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ४० जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु लिम्चुङबुङ गाउँपालिका र स्वास्थ्य कार्यालयमा परिक्षण गरिएकोमा संक्रमण देखिएको छ । लिम्चुङबुङका २ पुरुष र ३ महिला गरी ५ जना र जिल्लामा परिक्षण भएका मध्ये ८ पुरुष र १ जना महिलाको रिपोट पोजेटिभ आएको हो । जिल्लामा कोरोना मुक्त हुनेको संख्या ३९ पुरुष र १६ महिला गरी ५५ जना रहेका छन् ।
स्वास्थय कार्यालयको तथ्याङक अनुसार हालसम्म जिल्लामा १ हजार १ सय ३९ जनाको एन्टिजेन्ट विधिबाट कोरोना परिक्षण गरिएकोमा ३ सय ६० पुरुष र २ सय ८० जना महिला गरी ६ सय ४० जना संक्रमित भएका ह...








