Saturday, June 6News That Matters

Month: ४ वर्ष अगाडि

बालिका हत्या गरेको अभियोगमा एक युवक पक्राउ

बालिका हत्या गरेको अभियोगमा एक युवक पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १६ बालिका हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या अभियोगमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको हो । पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो । मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । योजना बनाएरै बालिकाको हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ । तथ्यलाई पुष्टी गर्न प्रमाणहरु पनि संकलन भएको जनाईएको छ । माघ २ गते नै पक्राउ परेका मोतीको बारेमा प्रहरीले आइतबार जानकारी दिएको छ । उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर...
बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ आफ्नै बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । झापाका कनकाई नगरपालिका–७ दुर्गापुरकी बालिका आरुची दुलालको ट्याक्टरले किचेर ज्यान गएको हो । बुवा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्याक्टरले किच्दा आरुची गम्भीर घाईते भएकी थिइन् । घर अगाडि पार्किङ गरेर राखिएको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाईते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।  ...
उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

उखुबारीमा गाडिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १६ मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परका दुबै शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको शव फेला परेको हो । उनीहरु दुबै जना साथी रहेको प्रहरीले जनाएको छ । बिहीवार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए । तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफ...
लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, माघ १६ सुनसरीको दुहबी नगरपालिका–५ दुहबी स्थितबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय सूर्य घिमिर, २३ वर्षीय नवराज लिम्बु र ईटहरी–१७ का २० वर्षीय बिमल के.सी. लागुऔषधसहित पक्राउ परेका हुन् । हिजो बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादैँ गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनीहरुलाई लागुऔषध स्पास्मो प्रोक्भिोन ३२ ट्याब्लेट र निट्रोगेट ५० ट्याब्लेटसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।...
त्रियुगाको १ नं. वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

त्रियुगाको १ नं. वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ उदयपुरको त्रियुगा नगरपालिका–२ जोगिदहमा वडाका विपन्न महिलाहरुलाई उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । वडाले आदिवासी जनजाती महिला लक्षित कार्यक्रम अन्तर्गत शनिवार एक कार्यक्रम बिच उन्नत जातको सुगुँर, बिउ बोका र कुखुरा वितरण गरेको हो । कार्यक्रमबाट १३ घरघुरीमा एक/एक वटा सुगुँरका पाठा र समूहमा रहने गरी दुई वटा बोका वितरण गरिएको वडा अध्यक्ष मनोज चौधरीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएको विपन्न महिलालाई आयआर्जनमा सहयोग पर्याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुगुँरको पाठा वितरण गरेको हो । अध्यक्ष चौधरीका अनुसार आर्थिक अवस्था सुधार गर्न निर्वाहमुखी भन्दा पनि व्यवासायिक कृषी गर्नु पर्ने बताउदै वडा कार्यालयको सहयोगमा सञ्चालित यस सुगुँर र बोका वितरण कार्यक्रम बिउ पुँजीको रुपमा लिन आग्रह गरे । स्थानीय बजारमा सुगुरको प्रति पाठा ८ हजार र एक लाखमा द...
लडेर दुई जनाको ज्यान गयो

लडेर दुई जनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपष्टि, माघ १६ मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको ज्यान गएको छ । उनीहरु दुबैको रुखबाट लडेर ज्यान गएको हो । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका–४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ वर्षीय धन ब. बिश्वकर्माको लडेर ज्यान गएको छ । यसैगरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका–३ दुधे गोलाटारका ४२ वर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका थिए । उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे ज्यान गएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १६ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पताल...
उदयपुरमा ट्याक्टर दुर्घटना  : एकको मृत्यु, दुई जना घाईते,

उदयपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाईते,

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ त्रियुगा नगरपालिका १ रुपनीमा भएको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ । चालक बाबु दुई छोरा सहित ३ जना घाईते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । शनिवार खोला छेउमा खेत जोतेर फर्कने क्रममा स १ त ४२९३ नं को ट्याक्टर आफै दुर्घटना भई ३ एकै परिवारको बाबु र दुई छोरा गरी ३ जना घाईते भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुसार घाईते मध्ये त्रियुगा नगरपालिका १ का १० बर्षिय नितेष चौधरीको भने उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सोहि ठाउँका अन्य दुईजना ट्याक्टर चालक अन्दाजी ४० बर्षिय सत्य नारायण चौधरी र उनकै छोरा १२ बर्षका निमिष चौधरी भने सामान्य घाईते भएको छ । घाईते मध्ये बाबुको दाहिने हातमा चोट लागेको छ भने, निमिष चौधरीको बाया कम्वर र दुवै खुट्टामा चोट लागेको छ । अर्का छोराको भने उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा राति झण्डै ९ बज्न लाग्दा ज्य...
स्थानीय चुनावको मिति घोषणा गर्न दवाव दिँदै एमालेले गर्यो आन्दोलनको तयारी

स्थानीय चुनावको मिति घोषणा गर्न दवाव दिँदै एमालेले गर्यो आन्दोलनको तयारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १५ नेकपा एमालेले स्थानीय चुनावको मिति तय बारे आन्दोलनको तयारी थालेको छ । सरकारलाई तत्काल उचित समयमा स्थानीय तहको निर्वाचन बारे मिति तोक्न दवाद दिँदै आन्दोलनको तयारी गरेको जनाईएको छ । आन्दोलनमा एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । ‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको भन्दै त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी रहेको नेकपा एमाललेले जनाएको छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले बताए । रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना(साना भेलाहरु गर्न सहमत...
नेपालमा समुदाय स्थरमै कुष्ठरोगी बढ्यो

नेपालमा समुदाय स्थरमै कुष्ठरोगी बढ्यो

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १५ नेपालमा कुष्ठरोगीको संख्या बढ्न थालेको छ । सरकारले आफ्नो देश कुष्ठरोगि निवारणको मुलुक रहेको भ्रमका कारण नेपाली समुदयहरुमा कुष्ठरोगीहरु धमाधम देखा पर्न थालेको छ । उसोत विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण गरेको मुलुक भनेर घोषणा गरेको ११ वर्ष पुग्यो । तर निवारण घोषणा गरेपछि कुष्ठरोग प्रभावितको सङ्ख्या घट्नुको साटो तीव्र गति बढ्दै गएको छ । कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाकाअनुसार ०७७र०७८ मा मात्रै २१ सय ७३ जना नयाँ कुष्ठरोग प्रभावित बिरामी पत्ता लगाइएको हो । जसमा ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला यस रोगबाट भएका छन् । सन २०१० मा नेपाललाई डब्ल्यूएचओले कुष्ठरोग निवारण देश भनेर घोषणा गरेको थियो । प्रति १० हजारमा ०।७७ अर्थात् एकभन्दा कम रोगीको सङ्ख्या हुँदा निवारणको घोषणा गरिएको थियो । त्यस समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थपिएका थिए । ...