Saturday, June 6News That Matters

Month: ४ वर्ष अगाडि

विराटनगरबाट काठमाडौं पुगेकी एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

विराटनगरबाट काठमाडौं पुगेकी एक महिला स्रोत नखुलेको ५० लाखसहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १८ विराटनगरबाट काठमाडौं पुगेकी एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । सिनामंगल बस्ने विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सौर्य एयरलाईन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाईन्सका स्टेसन ईन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सौर्य एयरलाईन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।...
राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १८ अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा राजेशपायल राईमाथि दुर्व्यवहार भएको छ । गायक राजेशपायलमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले घोर भर्त्सना गरेको छ । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए । अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए । आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् । नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्द...
खोटाङमा गर्भवतीको हवाई उद्धार

खोटाङमा गर्भवतीको हवाई उद्धार

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १८ खोटाङको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका–२६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको हो । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ । काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशुजीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।...
इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

इन्सपेक्टर भनेर चिनाउने व्यक्ति लागुऔषधसहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १८ आफूलाई इन्सपेक्टर भनेर चिनाउने व्यक्तिसहित कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारी लागुऔषधसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका–१० को दोदापुलबाट शनिबार पक्राउ गरेको हो । उनीहरू सवार से ३ प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर (ए) डिभिजन लिगको पाँचौ चरणको खेल आज बाट सुरु, चार खेल सम्म फ्युजन क्लव शिर्ष स्थानमा

उदयपुर (ए) डिभिजन लिगको पाँचौ चरणको खेल आज बाट सुरु, चार खेल सम्म फ्युजन क्लव शिर्ष स्थानमा

Breaking News 1
पूर्णपुष्टि, पुष १८ उदयपुरमा जारी (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको पाँचौ चरणको खेल आजा बाट सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा खेल सुरु भएको हो । खेलमा हाल सम्म जिल्लाका ८ ओटा टिमले सहभागी जनाएको छ । १० गते बाट सुरु भएको खेलको शिर्ष स्थानमा हाल सम्म फ्युजन क्लव बोक्सेको अग्रता रहेको छ । बोक्सेले अहिले सम्म भएको चार खेल मध्य चारै खेल जितेर शिर्ष स्थानमा उक्लिएको आयोकले जनाएको छ । यस टिमले चारमा चारै जितेर सबै भन्दा बढी १२ अंक जोड्न सफल भएको छ । यसैगरी दोस्रो स्थानमा नव प्रभात नेपाल रहेको छ । यो टिमले चार खेल मध्ये तिन खेल जितेर १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै अन्य टिमको अंकहरु बेल्टार युथ क्लवको ९, लालिगुँरास नव युवा क्लवको ६, फुटवल क्लव बगाहाको ६, गाईघाट फुटवल क्लवको ४ र मेधावी युवा क्लव र बगाहा युवा समूहको ०–० रहेको आयोजक तथा जिल्ला फुटवल संघ उद...
कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख बढीको निशुल्क स्वास्य सामाग्री प्रदान

कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख बढीको निशुल्क स्वास्य सामाग्री प्रदान

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १८ विराटनगर–कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा क...
मुक्ति कृषि सहकारीको सातौं साधारणसभा सम्पन्न , उत्कृष्ट ५ जना पशुपालक किसान पुरस्कृत

मुक्ति कृषि सहकारीको सातौं साधारणसभा सम्पन्न , उत्कृष्ट ५ जना पशुपालक किसान पुरस्कृत

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १७ मोरङ कानेपोखरसातौं साधरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी २ बोहोरा टोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामि कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको छ । ४९ जना साधरणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ । ६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थित पूजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमूना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ । सहकारीले आगामि आर्थिक वर्षसम्ममा २ सय...
ट्रे्डमार्क र वित्तिय क्षेत्र पहुँच सम्बन्धि उद्योगी व्यवसायीहरु बिच गाईघाटमा अभिमुखिकरण

ट्रे्डमार्क र वित्तिय क्षेत्र पहुँच सम्बन्धि उद्योगी व्यवसायीहरु बिच गाईघाटमा अभिमुखिकरण

Breaking News 1
पूर्णपुष्टि, पुष १७ उदयपुर स्थित गाईघाटमा उद्योगी व्यवसायीहरुको सहभागीमा ट्रेडमार्क र वित्तिय पहुँच सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजनामा जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला भरीका कृषक, उद्यमी, व्यवसायीहरु र त्यस क्षेत्र सँग सम्बन्धित रहेर काम गर्ने व्यक्ति संघ संस्था तथा कार्यालयहरुको उपस्थिति रहेका थिए । साथै बैँक वित्तिय र बौद्धिक सम्पत्ति संरक्षणका अत्रिवक्ता समेत उस्थिति थियो । कार्यक्रमले उद्योगी व्यवसायी तथा उद्यमीहरुलाई सफल बनाउन आवश्य पर्ने बिभिन्न सल्लाह तथा प्रक्रियाको बारेमा यस कार्यक्रमले ठुलो सहयोग पुराउने घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँले बताउनुभयो । खाले उदयपुरमा रहेका धेरै उद्यामी व्यवसायीहरुलाई उद्यमका लागि आवश्यक प्रक्रिया, ...
घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार उदयपुरमा कृषि उद्योग बढी

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार उदयपुरमा कृषि उद्योग बढी

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १७ घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ (चौधरी) का अनुसार विभिन्न आठ किसिमका उद्योगहरु मध्ये कृषि तथा वन पैदावारमा सर्बसाधारणको बढि आकर्षण देखिएको छ । जिल्लामा कुल उद्योग संख्या ३ हजार ९७८ मध्ये १ हजार ५९६ वटा कृषिसंग सम्बन्धीत रहेका छन् । उर्जामुलक, उत्पादनमुलक, खनिज, पूर्वाधार, पर्यटन, सुचना प्रविधि, सेवामुलक र कृषितथा वन पैदावार गरी आठ किसिमका उद्योगहरु सो कार्यालयमा दर्ता हुन्छन् । कृषि अन्तर्गत माछापालन, पशुपालन, कुखुरापालन, दुध उत्पादन, मासु उत्पादन, च्याउखेती, फलफुलखेती, तरकारीखेती आदि पर्दछन् । यी कामहरु परापूर्व कालदेखि नै गर्दै आएको र कम लगानीबाट पनि सुरु गर्न सकिने उद्यमी रामकुमार राईको भनाई छ । पछिल्लो समय यी कामहरु आधुनिकरुपले ब्यवसायिकरण बन्दै गएको छ । ब्यवसाय अनुरुपको विभिन्न मेसिन, औजार तथा साधनसमेतको प्रयोग बढेको छ । कृष...