रेशम चौधरीको नयाँ पार्टी दर्ता गर्न झाँकीसहित निर्वाचन आयोग पुगे
पूर्णपुष्टि, पुष १९
डिल्लीबजार कारागारमा कैद भुक्तात गरिरहेको सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु भेला भएर झाँकी र र्यालीसहित आयोगको कार्यालयमा पुगेका हुन् ।
यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् ।...









