Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

बौलाएको आशंका गरिएको कुकुरले दुई विद्यार्थी टोक्यो, नियन्त्रण गर्न स्थानीयको माग

बौलाएको आशंका गरिएको कुकुरले दुई विद्यार्थी टोक्यो, नियन्त्रण गर्न स्थानीयको माग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि (उदयपुर), पुस २० । केही दिनयता छाडारुपमा डुलिहिड्ने कुकुरले उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित सुपरसेन ऐकेडेमी बोर्डिङ स्कुलमा पढ्ने दुई वालकलाई आज टोकेको छ । केही दिनयता गाउँमा अन्य मानिसहरुसमेतलाई सो कुुकुरले टोकेको स्थानीयले बताएका छन् । बोर्डिङ पढ्न गएका बालकहरु १२ वर्षिय सायल खत्री र ५ वर्षिय सुसिल बस्नेतलाई कुकुरले टोकेको हो । उनीहरुलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको सायलका बुवा सम्बरबहादुर खत्रीले बताए । सो कुकुर बौलाएको आशंका गरिएको छ । कुकुरका कारण सो वडाको खाटमन्दिर गाउँ र आसपासका क्षेत्र आतंकित बनेको छ । सो कुकुर बौलाएको भएमा अन्य कुकुरहरुलाईसमेत टोकेर रोग सारेको हुनसक्ने आशंका छ । तत्काल कुकुर नियन्त्रणको माग स्थानीयको छ । कुकुरलाई मारेर हुन्छ वा समातेर नियन्त्रण गर्न माग उनीहरुको छ । कुकुर छाडै रहेमा अन्य मानिसलाई टोक्ने जोखिम रहेको छ ।...
प्रदेश मन्त्रीको छोरा सेडारी पक्राउ

प्रदेश मन्त्रीको छोरा सेडारी पक्राउ

Breaking News 1
पूर्णपुष्टि, पुष २० सवारी ज्यान मुद्धामा प्रदेश मन्त्रीको छोरालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद प्रकाश जोशीले बताए । पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो । घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।...
भारतको प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएको निहुँमा महिला माथी गोली प्रहार

भारतको प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएको निहुँमा महिला माथी गोली प्रहार

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २० भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएको भन्दै एक महिला माथी गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । गोली लागेर घाईते भएकी ती महिलाको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भईरहेको छ । रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको बताएकी छन् । आफु बोलेरो चढेर फर्किरहेको अवस्थामा तीन जना व्यक्ति ओभरटेक गरेर गाडी रोकेर गाली गर्दै हत्या गर्ने धम्की दिएको उनले बताईन् । रिताका अनुसार आफु चडेको गाडी चालकको कन्चटमा पेस्तोल राखे पछि उनिले एक जनालाई गालामा हिर्काएकी थिईन् । त्यसपछि आफुमाथि गोली चलाएर भागे ।’ रिताले जानकारी दिईन् । गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रे...
समीरका सय गीतहरु…

समीरका सय गीतहरु…

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि (उदयपुर) पुस १९ । लेखक तथा गीतकार समीर राईको गीत (रचना)हरुको सङ्गालो “सय गीतहरु मेरा पनि” पुस्तक बजारमा आएको छ । उनले आप्mना गीतहरु मध्ये मनछुने सयवटा गीतहरुको सङ्गालो पुस्तक निकालेका हुन् । लेखक तथा गीतकार राईका अनुसार गायकहरुको सुमधुर स्वर र संगीतले भरिएर गीतहरु गुञ्जिरहेको भएपनि नेपाली गीत÷सङ्गीतका पारखीहरुलाई नजिकबाट पढ्नका लागि पुस्तक प्रकाशन गरिएाको हो । “साहित्य संसारमा गीतलाई पुस्तकमा पढ्नु अर्को स्वाद हुन्छ ।” राईले भने “तसर्थ मेरा गीतहरुलाई पुस्तकको रुप पनि दिएको हुँ ।” उनले पुस्तकमा गीतहरु नेपाली मात्र हैन अङ्ग्रेजी पनि राखेका छन् । यसले अङ्ग्रेजी भाषामा पढ्ने र बुझने पाठकहरु बढ्नेछन् । साङ्गितिक फाँटमा कसले गायको, कसले संगीत भरेको भन्नेतिर ध्यान जान्छ । कसले रचेको भन्नेतिर त्यति ध्यान जादैन तसर्थ, गीतकार (रचनाकार) हरु प्रायः गुमनाम हुने गर्दन् । यस्ता पुस्तकले...
मुक्तिनाथ विकास बैंकको आज १६ औं वार्षिकोत्सव, विविध कार्यक्रमका साथ सेवा विस्तार

मुक्तिनाथ विकास बैंकको आज १६ औं वार्षिकोत्सव, विविध कार्यक्रमका साथ सेवा विस्तार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १९ । मुक्तिनाथ विकास बैंक लिमिटेड आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । सो अबसरमा बैंकको उदयपुरस्थित गाईघाट शाखाले शुभकामना आदान–प्रदानसहित बोर्षिकोत्सव मनाएको छ । शाखा अन्तर्गतका सेवाग्राही, बैंक कर्मचारी र जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुसंग शुभकामना आदान–प्रदानसहित वार्षिकोत्सव मनाइएको शाखा प्रवन्धक विनोदजंग थापाले बताए । आज, बैंकको केन्द्रिय कार्यालय र देशभरका विभिन्न शाखाहरुले वार्षिकोत्सव मनाएसंगै ३२ वटा नयाँ शाखाको उद्घाटनसमेत गरेको जनाएको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गका अनुसार बैंकले वटा शाखाको उदघाटन भयो । डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटै ठाउँमा केन्द्रीय कार्यालयबाट उद्घाटन भयो । बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेका हुन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ ...
माओवादी केन्द्रमा फेरी प्रचण्डकै नेतृत्व

माओवादी केन्द्रमा फेरी प्रचण्डकै नेतृत्व

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १९ माओवादी केन्द्रको अध्यक्षमा फेरी प्रचण्डले नै नेतृत्व पाएको छ । केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई निर्विरोध पार्टी अध्यक्षमा चयन गरेको हो । अहिलेको परिपेक्ष र आवश्यकता अनुसार प्रचण्डनै उत्तम नेतृत्व रहेको भन्दै छलफल पश्चात पार्टी अध्यक्षको जिम्मा प्रचण्डलाई दिईएको माओवादीका नेताहरुले जनाए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प माओवादी पार्टीको रहेको नेता नाराण काजी श्रेष्ठले बताए । श्रेष्ठ आफैले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गर्दै प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।  ...
अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल

अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १९ अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल निर्वाचित भएकी छिन् । उनि शारिरक अपाङगको कोटा बाट अध्यक्ष बनेकी हुन् । अध्यक्षको टुंगो लागे सँगै अपाङ्ग विकास संघ उदयपुरको संशोधित विधान २०७२ अनुसार पौडेलको अध्यक्षतामा गठित कार्यसमितिको पहिलो वैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको पद टुङ्गो लगाउने छ । हाललाई अध्यक्ष मात्र छानिएको कमिटीले जनाएको छ । समितिमा शारीरिक अपाङ्गताको कोटाबाट डम्वर दनुवार, चेतबहादुर खड्का, अम्विका भट्टराईलाई सदस्यमा चयन गरिएको छ । यता बहिराबाट सन्दिप राई, शोभा ढुङ्गाना, दृष्टि सम्वन्धी अपाङ्गताबाट आशा राई र सपना चौधरी, अति अशक्तबाट बुद्ध श्रेष्ठ बौद्धिक अपाङ्गताबाट रुपक पोखरेल र एकजना अति अशक्तको महिला कोटा खाली रहेको छ । ११ जनाको कार्य समितिमा हाल अध्यक्ष सहित १० सदस्यको समिति गठन भएको छ । संघले बिभिन्न क्षेत्रहरुलाई समेटेर समिति निर्माण ...
उदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

उदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १९ उदयपुरमा पहिलो मात्राको कोरोना विरुद्धको “भेरोसेल” खोप लगाएकाहरुलाई भोलीबाट दोस्रो डोज खोप लगाउन सुरु गरिने छ । मंसिर महिना र सो भन्दा अगाडी पहिलो मात्रा “भेरोसेस” खोप लगाएका र दोस्रो डोजको पर्खाइमा वसेका लक्षित वर्गलाई मंगलबारबाट खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुका अनुसार साविककै खोप केन्द्रहरुबाट खोप लगाइने छ । जिल्लाका आठ वटै पालिकामा दोस्रो मात्राको “भेरोसेस” खोप दिन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पुष २० देखि २३ गते सम्म खोप लगाउने कार्य रहेको छ । बेलकामा पुष २१ देखि २४ गते सम्म खोप लगाउने कार्य रहेको छ । कटारीमा पुष २५ देखि २८ गते सम्म खोप सञ्चालन गरिने छ । त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकामा एकै साथ पुष २५ गते देखि २८ गते सम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय उलयपुरल...
नव प्रभात शिर्षस्थान खोस्न सफल

नव प्रभात शिर्षस्थान खोस्न सफल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि (उदयपुर) पुस १९ । गाईघाटमा जारी उदयपुरको (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको शिर्ष स्थान नव प्रभात नेपाल पोर्ताहाले खोस्न सफल भएको छ । प्mयुजन क्लव बोक्सेको पोल्टाबाट उसले आप्mनो पोल्टामा पार्न सफल बनेको हो । खेलको पाँचौ चरणमा आउदा शिर्ष स्थानमा नवप्रभावत हावी भएको हो । उसले उत्कृष्ट खेल प्रदर्शन गर्दै चौथो चरणसम्मको दोस्रो स्थानलाई अगाडी बढाएको हो । मेघावी युवा क्लवसंगको आजको खेलमा ३ अङ्क जोड्दै नव प्रभात नेपाल पोर्ताहा शिर्ष स्थानमा पुगेको हो । उसले कुल १३ अङ्क पारेको छ । चौथो चरणसम्म १२ अङ्कका साथ प्mयुजन क्लव शिर्ष स्थानमा थियो । चौथो चरणको सबै खेल जितेको प्mयुजन क्लवले हिजो गाईघाट फुटबल क्लवसंग पराजित व्यहोरेपछि दोस्रो स्थानमा पुगेको छ । अन्य टिमहरु बेल्टार युनाइटेड युथ क्लवको १०, लालिगुराँस नव युवा क्लव भागलपुरको ९, फुटवल क्लव वगाहाको ७, गाईघाट फुटवल क्लवको ७ अङ्क...
श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

समाचार
पूर्णपुष्टि, पुष १९ श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपलिका–९ की २६ वर्षकी कमला खनालको हत्या अभियोगमा उहाँका श्रीमान् दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेको हो । गएको शुक्रवार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा कमलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको छ । खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |...