Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

चिसोले कठ्याङ्रिएर दुई जनाको मृत्यु

चिसोले कठ्याङ्रिएर दुई जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ चिसो र सितलहरका कारण कठ्याङ्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय चिसो सँगै सितलहर बढेपछि बिभिन्न ठाउँहरुमा जनजिवन प्रभावितको अवस्था सिर्जना भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका(४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् । यादवको चिसोका कारण अवस्था नाजुक भएपछि उपचारको क्रममा हस्पिटलमै मृत्यु भएको हो । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने ठाकुरको उपचारका लागि अस्पताल लैजान नपा...
अमेरीकामा कोरोना संक्रमण ब्यापक, एकै दिन १० लाख बढी संक्रमित

अमेरीकामा कोरोना संक्रमण ब्यापक, एकै दिन १० लाख बढी संक्रमित

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २१ अमेरिकामा पछिल्लो समय कोरना संक्रमितको संख्या तिव्र गतिमा बढेर गएको पाईएको छ । विश्वका बिभिन्न ठाउँमा संक्रमण बढेर गएको भएपनि अमेरिकामा सोमवार एकै दिन १० लाख बढी कोरोना संक्रमण फेला परेको छ । कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार मात्रैअमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका छन् । कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी नै रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका छन्– अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको छ र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी छ । त्यो केही हप्तामा आउने छ । हाल अमेरिका, युरोप, अफ्रिकाका विभिन्न मुलुकहरुका साथै छिमेकी भारतमा पनि कोरोना संक्रमणको नयाँ लहर बढ्दै गएको छ । तर ...
फेरी फ्युजन शिर्ष स्थानमा

फेरी फ्युजन शिर्ष स्थानमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि (उदयपुर) पुस २० उदयपुरमा जारी ए डिभिजनको लिग फुटवल प्रतियोगिताको छैठौं चरणको पहिलो खेल फ्युजन क्लव बोक्से जितेको छ । उसले नवप्रभात नेपाल पोर्ताहालाई सुन्यमा हराउदै ३ अङ्क जोडेको छ । यो अङ्का जोडेसंगै फ्युजन फेरी शिर्ष स्थानमा पुगेको छ । बगाहा युवा समुह र मेधावी क्लवबीच भएको दोस्रो खेलमा बगाहाले ३ अङ्क जोड्न सफल भएको छ । आयोजक जिल्ला फुटबल संघ उदयपुरका सदस्य उदय राईका अनुसार शिर्षस्थान पुगेको फ्युजनको हालसम्मको अङ्क १५ पुगेको छ भने दोस्रो स्थानमा नव प्रभातको १३ अङ्क छ । अन्य टिमहरु बेल्टार युनाइटेड युथ क्लवको १०, लालिगुराँस नव युवा क्लव भागलपुरको ९, फुटवल क्लव वगाहाको ७, गाईघाट फुटवल क्लवको ७ अङ्क प्राप्त भएको छ । हिजोसम्म सुन्य अवस्थाको बगाहा युवा समुह ३ र मेधावी क्लव जलजलेले सुन्य कै अबस्थामा  रहेको छ । भोलीको पहिलो खेल गाईघाट फुटबल क्लव र फुटबल क्लव बगाहाबीच हुने र दोस...
मन्त्री कार्की : त्रियुगा नदीमा पुल निर्माण नै पहिलो प्राथमिक्ता, सगरमाथा विमान स्थलको काम यथाशिघ्र शुरु हुने

मन्त्री कार्की : त्रियुगा नदीमा पुल निर्माण नै पहिलो प्राथमिक्ता, सगरमाथा विमान स्थलको काम यथाशिघ्र शुरु हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २० उदयपुरको त्रियुगा नदीमा पक्की पुल निर्माण कार्यलाई प्रदेश सरकारले प्राथमिक्ता राखेको प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले बताउनुभयो । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित जनता नमूना विद्यालयमा नव निर्मित भवनको उद्घाटन गर्न सोमबार आएका मन्त्री कार्कीले सो कुरा बताएका हुन् भएको हो । चौदण्डीगढी नगरपालिकाको ९ र १० नं. वडा जोड्ने ज्यामिरे र हडियाबीच त्रियुगा नदीमा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई सास्ति भोक्नु परेको समस्यालाई गम्भिररुपमा लिएको उहाँले बताउनुभयो । मन्त्री कार्कीले उदयपुरको चिनारीको रुपमा रहेको सगरमाथा विमान स्थलको काम पनि यथाशिघ्र शुरु हुने बताउनुभयो । स्थानीय नागरिकको समस्याप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको उनले धारणा थियो । फत्तेपुर, शिवाई, हडिया हुँदै गाईघाटसम्मको सडकलाई १२ महिना यातायातका सधानहरु चल्ने बनाइन...
१० वर्षीया बालिका करणी गरेर भागेका बस्नेत भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

१० वर्षीया बालिका करणी गरेर भागेका बस्नेत भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भागेका एक जना युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् । करणी गरेका बस्नेत विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार उनी फरार भएका थिए । घटना गत असोज ९ गतेको थियो । घटना भएको तीन महिनापछि बस्तेत पक्राउ परेका हुन् । वालिका गोठालो गएका बेला बस्नेतले बालिकामाथि करणी गरेको आरोप छ । बालिकाले घटनाको बारेमा बताएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आफुविरुद्ध उजुरी परेपछि बस्नेत फरार भएका थिए । खोजतलास गर्ने क्रममा उनलाई मोरङ्गस्थित भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । प्रहरीले बस्नेतविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेको छ...
सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २० सुनको भाउमा आज भारी गिरावट भएको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ पुगेको हो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
उदयपुरको हडियामा मन्त्री हिमाल कार्कीद्धारा विद्यालय भवन उद्घाटन सँगै शिलान्यास

उदयपुरको हडियामा मन्त्री हिमाल कार्कीद्धारा विद्यालय भवन उद्घाटन सँगै शिलान्यास

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २० उदयपुरको चौदण्डीगढी नगरपालिका–९ को हडियामा नवनिर्मित जनता नमुना माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । सोमबार करिब ७४ लाख ३६ हजार लागतमा निर्मित ६ कोठे भवनको एक कार्यक्रमका बिच प्रदेश १ का भौतिक पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीद्धारा शिलान्यास गरिएको हो । कार्कीले अर्को एक भवनको समेत उद्घाटन गर्नुभएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत आउने बजेट मार्फत उक्त विद्यालयमा अहिले सम्म तीन वटा भवन निर्माण भई सकेका छन । कक्षा १ देखी १० सम्म अंग्रेजी माध्यमबाट समेत अध्ययन हुने जनता नमुना माविमा हाल ९ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन । पञ्चबर्षे योजना अन्तर्गतको नमुना विद्यालय कार्यक्रम मार्फत हरेक वर्ष भौतिक तर्फ बजेट प्राप्त हुने नमुना मावि हडियाले जनाएको छ । नमुना विद्यालय कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट विद्यालयले कम्प्युटर ल्याव, स्मार्ट टिचिङको ...
सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

सवारी दुर्घटना, दुईजनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा परी दूई जनाको ज्यान गएको छ । झापा गाउँपालिका–१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका–५ बाराका २२ वर्षीय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे ज्यान गएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा ज्यान गएको थियो । यसैगरी, सुनसरीको धरान उप–महानगरपालिका–१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको ज्यान गएको छ । सोमबार राती साँढे ६ बजेको समयमा धरान–१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मो...
मोरङ बेलबारी–४ का सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

मोरङ बेलबारी–४ का सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २० मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुष १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेर गएको भएपनि हालसम्म उनी सम्पर्क बिहीन रहेका छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् । प्रहरीका अनुसार ‘दाजु सुरज भुजेल दुहबी डेरा कोठामा जान्छु भनि घरदेखि बस चढी गएकोमा हालसम्म कोठामा नगएकोले के कहाँ गयो भनि गाउँ घरलगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरि पाउँ,’ भनि निवेदनमा उल्लेख गरिएको छ । ५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरिरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ । उनको खोजीका लागि पर...
उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

उदयपुरको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि, सबै कर्मचारीलाई विदाई

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २० उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार नजिक सातधारेमा स्थापना भएको कोरोना अस्पतालमा संक्रमितको संख्या शुन्य भएपछि अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिदाई गरिएको छ । जिल्लाको एक मात्र ‘उदयपुर कोभिड–१९ अस्पताल’ पछिल्लो समय अस्पतालमा भर्ना भएका सबै बिरामी निको भएर डिस्चार्ज भइसकेको र नयाँ पनि भर्ना नभएपछि सबै स्वास्थ्यकर्मी तथा कार्यरत कर्मचारीहरुलाई एकैपटक बिदा गरिएको हो । कोरोना अस्पताल झण्डै वर्षदिनपछि पूर्ण रुपमा कोरोनाको बिरामीरहित भएको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयोजना गरी कोभिड महामारीको समय ज्यान जोखिममा पारेर बिरामीको सेवामा तल्लीन रहेका स्वास्थ्यकर्मीहरुलाई सम्मानसहित बिदाई गरिएको थियो । जिल्लामा कोरोना महामारीको संक्रमण बढेसँगै आठवटै पालिकाबाट आर्थिक संकलन गरी अस्पताल स्थापना गरिएको थियो । जसमा प्रदेश सरकारले समेत आर्थिक विनियोजना गरेको थियो ।...