Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

मापसे सेवन गरेका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ

मापसे सेवन गरेका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २२ मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ परेका छन् । चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपाली प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका हुन् । प्रदेश ०३–०२–००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र महानगरीय प्रहरी प्रभाग नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए । घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...
घरमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु, १५ घाईते

घरमा लागेको आगो निभाउने क्रममा एकको मृत्यु, १५ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २२ झापाको एक घरमा बुधबार लागेको आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ, भने १५ जना घाईते भएका छन् । जिल्लाको मेचीनगर नगरपालिका–७ पिपल चौक स्थित केशब पाठकको घरमा लाएको आगो निभाउने क्रममा सोही नगरपालिका वडा नं. ८ का ४५ वर्षीय सारद राजवंशीको ज्यान गएको हो । अन्य १५ जना भने घाईते भएका हुन् । हिजो राती साढे ९ बजे पाठकको टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चि घरमा कोही नभएको अवस्थामा अचानक आगोलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्किदा राजबंशीसहित १६ जना घाईते भएका थिए । घाईते मध्ये राजबंशीको उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । अन्य घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उक्त आगो दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे पुर्ण रुपमा नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो के ...
त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २१ त्रियुगा नगरपालिका १४ नं वडाले धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । स्थानीयहरुलाई स्वास्थ्य क्षेत्रमा टेवा पुराउने भन्दै आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याईएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाट बुधबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपप्रमुख देवी कुमारी चौधरी तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राई सहितले गर्नुभयो । भवन उद्घाट गर्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानीय गाउँ ठाउँमा स्वास्थ्यको पहँुच तिव्र गतिमा बढ्दै गएको बताउनुभयो । मेयर चौधरीले नगरको समृद्ध नारालाई जोड दिँदै जनताहरुकै माग अनुरुप स्वास्थ्य, शिक्षा जस्ता कुरालाई स्थानीय जनप्रतिनिधिहरुलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो । मेयर चौधरीले नगरको विकासमा यस स्वास्थ्य सेवा केन्द्रले थप एक इटा थप्न सह...
पुष २२ गते तोकिएको संसद बैठक स्थगित

पुष २२ गते तोकिएको संसद बैठक स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ पुष २२ गते तोकिएको प्रतिनिधिसभाको संसद बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुष २८ गते बस्ने गरी विहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुष २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठकपछि सार्न माग गरेको थियो । यसअघि पुष १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुष २२ गतेका लागि बोलाइएको थियो ।...
भारतमा लगेर दीदी–बहिनीलाई बेचेको अभियोगमा एक युवती पक्राउ

भारतमा लगेर दीदी–बहिनीलाई बेचेको अभियोगमा एक युवती पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ भारतमा लगेर दुई दिदि–बहिनीलाई बेचेको अभियोगमा प्रहरीले एक जना युवतीलाई नियन्त्रणमा लिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने अनिशा नाम गरेकी फुलमाया तामाङलाई प्रहरीले नियन्त्रमा लिएको हो । पुष ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले बताएको छ । २०७४ साउनमा काठमाडौंबाट दुई दिदी बहिनीलाई उनले नयाँ बसपार्कबाट गाडी चढाएर भारतमा लगेर बेचेको आरोप छ । पोखराको होटलमा जागिर लगाई दिने प्रलोभनमा पारी ११ र १३ वर्षीया दिदी बहिनीलाई काठमाडौंको आकाशेधारास्थित होटलमा चाउमिनमा बेहोस हुने औषधी खुवाएर तामाङले भारतमा लगेर बेचेको ब्यूरोले जनाएको छ । भारतको बम्बई, इलाहबाद, कलकत्ता र कुचबिहारका कोठीमा काम गरेपछि बहिनी भागेर दार्जिलिङको बाटो हुँदै नेपाल आउन लाग्दा भारतीय प्रहरीले फेला पारेका थिए । पीडि...
उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक

उदयपुरमा २३ गतेदेखि हुन लागेको एमाले अधिवेशनका लागि बस्नेत प्यानलको नामावली सार्वजनिक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २१ उदयपुरमा नेकपा एमाले अधिवेशनका लागि जिल्ला सदस्य कुशलबाबु बस्नेतको नेतृत्वमा एउटा प्यानल निर्माण भएको छ । यहीँ पुष २३ देखि २५ गते सम्म तोकिएको नेकपा एमाले जिल्ला अधिवेशनका लागि निर्माण भएका बस्नेत प्यानलको नामावली सार्वजनिक भएको हो । जसअनुसार बस्नेत नेतृत्वको प्यानलमा सिर्जना दनुवार, खड्ग परियार, दुर्गानन्द चौधरी, भरत थापा, राजेन्द्र राई, नारद निरौला, बिष्णु मुरी, जिवनाथ दाहाल, खगेन्द्र राष्कोटी र तामेन्द्र राईको नाम रहेको छ । त्यसैगरी, सो प्यानलमा किशोर ताम्राकार, डिल्लि मगर, सन्तोष बस्नेत, बिक्रम गिरी, शिव रेग्मी, राजेन्द्र कटुवाल, मणिका दुलाल, सुमन चौधरी, प्रकाश राउत, खेत बहादुर आले, चक्र तामाङ, सानु राउत, बोद बहादुर थापा, कुमारी ज्यु ठकुरी र बिरु कायस्थको नाम पनि चयन भएको छ । यसैगरी, उक्त प्यानलमा भुवन गिरी, मुकेश थापा, योगेन्द्र खड्का, यादव राई, डिकबहादुर राउत,...
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरेर रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरेर रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २१ विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरेर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक जना युवा पक्राउ परका छन् । मोरङ पथरी शनिश्चरे–१० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने १८ वर्षीय किरण पाठकलाई रकम ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सर्वसाधारण लगायत उच्चपदस्थ व्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी आईडिको दुरुपयोग गरेर आइडिमा भएका साथीहरुसंग नक्कली व्यक्ती बनी विभिन्न बाहानामा रकम माग्ने गरेको प्रहरीको भनाई छ । आफुलाई अर्जेन्ट समस्या परेको देखाएर विश्वास दिलाई खातामा पैसा पठाउन लगाएर पाठकले अनलाइन ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले पाठकलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको छ ।...
१५ गते देखि हराएका कामतको शव माछा पोखरीमा फेला

१५ गते देखि हराएका कामतको शव माछा पोखरीमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ पुष १५ गतेदेखि हराएका एक युवकको शव माछा पोखरीमा फेला परेको छ । मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा स्थानीय २८ वर्षीय सुजनको शव फेला परेको हो । घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलबार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा शव फेला परेको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
ट्याक्टर दुर्घटना सह– चालकको मृत्यु

ट्याक्टर दुर्घटना सह– चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २१ भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा मंगलबार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा हतुवागढी गाउँपालिका–१ का रंजित सार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह–चालक सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ झापाको कचनकवल गाउँपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–७ का २४ वर्षीय बिनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मी लागुऔषधसहित मंगलबार बेलुका ५ बजे पक्राउ परेका हुन् । उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...