निर्देशन कार्यान्वयन भए नभएको बारे बुझ्न २० जिल्लाका सिडियोहरुलाई गृहको फोन
पूर्णपुष्टि, माघ १५
गृहमन्त्रालयले २० जिल्लाका सिडियोहरुलाई फोन गरेर गृहको निर्देशन कार्यन्वयन भए नभएको बारे बुझेको छ । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गर्दै जिल्लामा कोभिड(१९ संक्रमण, शित लहरको अवस्थालगायत बारेमाजानकारी लिएका हुन् ।
सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका थिए । खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि सोधेका थिए ।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए । इलामका प्रजिअ माधवप्रसाद ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, न...









