Wednesday, June 17News That Matters

Month: ४ वर्ष अगाडि

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १३ भर्खरै सार्वजानिक भएको गित ‘सै हँमा सैँ हपा’ लाई दर्शकले अत्यादिक रुचाएको छ । नेपालका चर्चित गायक राजे पायल राई (राई इज किङ) को संगित तथा स्वर र द भ्वाई अफ किड्सकी टप ८ प्रतिस्पर्धि पेमा देचेन तामाङको स्वरमा रहेको सो गितलाई देश तथा विदेशमा रहेका सबै दर्शकले अत्यादिक माया गरेको छ । रचनाकार टिका चाम्लिङको शब्दमा रहेको ‘सै हँमा सैँ हपा’ चाम्लीङ राई भाषाको शब्द हो । ‘सै हँमा सैँ हपा’ को अर्थ ठुला बडा र सम्मानित व्यक्तिहरुलाई सम्बोधन गरिने शब्द रहेको गितका रचनाकार टिका चाम्लिङ राईले बताए । राईले गितलाई यो शब्दले नयाँपन थप्नुका साथै चाम्लीङ भषालाई पनि चिनाउने काम गरेको बताए । गित नेपाल लगायत विभिन्न देशहरुमा चर्चित बनेको छ । नेपाल बाहेक दुवई, कतार, र कुवेत लगायत ठाउँहरुमा पनि यो गितले राम्रो स्थान पाएको छ । पेमा भ्वाईस किड्सकी राम्रो प्रतिस्पर्धा समेत थिईन् । उनि प...
उदयपुरमा थप ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

उदयपुरमा थप ५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १३ उदयपुरमा आज (बिहिवार) थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ४ जना पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आज १ सय ८ जनाको एन्टिजेन्ट विधिबाट परिक्षण गरीएकोमा २९ पुरुष र २७ महिला गरी ५६ जनामा संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका साथै उदयपुरगढी गाउँपालिकाका रहेका छन् । चौदण्डीगढीमा ७ पुरुष र ६ महिला गरी १३ जना, कटारीमा ७ पुरुष र ८ महिला गरी १५ जना, बेलकामा १२ पुरुष र ९ महिला गरी २१ जना र उदयपुरगढी गाउँपालिकामा ३ पुरुष र ४ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा हाल सम्म ५ पुरुष र १ महिला गरी ६ जनाले कोरोनालाई जितेको छ । त्यस्तै, जिल्लामा कोरोनाले १ जना पुरुषको ज्यान गएको छ । जिल्लामा अहिलेसम्म ८ सय...
मोरङमा खाल्डोमा गाडिएको अवस्थामा २ जनाको शव फेला

मोरङमा खाल्डोमा गाडिएको अवस्थामा २ जनाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङमा खाल्डोमा गाडिएको अवस्थामा दुईजनाको शव फेला परेको छ । जिल्लाको धनपालनाथ गाउँपालिका–७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव फेला परेको हो । २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे भने खुलेको छैन । अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले जनाएको छ ।...
८० वर्षीय बुवाको हत्या अभियोगमा छोरा पक्राउ

८० वर्षीय बुवाको हत्या अभियोगमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङमा एक जना ८० वर्षीय वृद्धको हत्या अभियोगमा उनकै छोरा पक्राउ परेको छ । ८० वर्षीय वृद्ध दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय छोरा जयबहादुर खत्रीलाई पक्राउ गरेको हो । बुधवार राति साढे ११ बजे सामान्य विवादमा बुवाको हत्या गरेको प्रहरीले जनाएको छ । बुधवार राति विवाहमा मापसे गरी फर्किएका जयबहादुरले सामान्य विवादपछि बुवाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई सोही रात प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा कार्यरत प्रहरी जवान माझीको अस्पतालमा मृत्यु

उदयपुरमा कार्यरत प्रहरी जवान माझीको अस्पतालमा मृत्यु

Breaking News 2, समाचार
पूर्णपुुष्टि, माघ १३ उदयरमा नेपाल प्रहरीका एक जवानको उपचारवको क्रममा अस्पतालमा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय कटारीमा कार्यरत प्रहरी जवान पदम माझीको उपचार हुँदै गर्दा ज्यान गएको हो । नियमित ड्युटीमा रहेका प्रहरी जवान माझी अचानक बिरामी भएपछि कटारी बजारस्थित कटारी अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । डीएसपी गौतमकाअनुसार माझी मंगलबार बिहानै देखि बिरामी भएपछि अस्पताल लगिएको थियो । माझीको ३५ वर्षको कलिलै उमेरमा निधन भएको हो । के बिरामीको कारण जवान माझीको मृत्यु भएको हो भन्नेबारे जिप्रका उदयपुरले केही खुलाएको छैन । उनको शव प्रक्रिया पु¥याएपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।  ...
उदयपुरको जनसंख्या बढेर ३ लाख ४२ हजार ५१ पुग्यो, कतिले बढ्यो जिल्लाको जनसंख्या ?

उदयपुरको जनसंख्या बढेर ३ लाख ४२ हजार ५१ पुग्यो, कतिले बढ्यो जिल्लाको जनसंख्या ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १३ राष्ट्रिय जनगणना २०७८ को अनुसार १० बर्ष पछि उदयपुरको जनसंख्या बृद्धि भएको देखिएको छ । हालै केन्द्रीय तथ्याङ बिभागले देशकै जनसंख्या सार्वजानिक गरे सँगै उदयपुर जिल्लाको पनि ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्ला भरीकै जनसंख्या सार्वजानिक भएको हो । उदयपुरमा राष्ट्रिय जनगणना २०७८ को जनगणना अनुसार २४५१९ जनाले जनसंख्या बृद्धि भएको तथ्याङकमा उल्लेख भएको छ । यो संख्या दश बर्ष पछिको बृद्धि संख्या हो । यो संख्या सँगै उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ५१ जना पुगेको छ । १० बर्ष अघि जिल्लाको कुल जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ जना रहेको तथ्याङकमा उल्लेख गरिएको छ । जिल्लामा जनसंख्या १ लाख ७७ हजार ६ सय ७२ जना रहेको छ भने पुरुषको जनसंख्या १ लाख ६४ हजार ३ सय ७९ जना रहेको छ । जिल्लामा पुरुषको भन्दा १३ हजार २ सय ९३ जनाले महिलाको जंनसंख्या बढी देखिएको छ । पहिलेको गणना तथ्याङ अनु...
दुई भारतिय नागरिक सहित ४ जना लागुऔषध ट्याब्लेट सहित पक्राउ

दुई भारतिय नागरिक सहित ४ जना लागुऔषध ट्याब्लेट सहित पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका–४ का २० बर्षीय रोशन श्रेष्ठ तथा भारतको अररिया –३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् । बुधवार राती ७ बजेको समयमा बिराटनगर–१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुल सहित प्रहरीले नियनत्रणमा लिएको थियो । मोरङकै सुनवर्सी नगरपालिका–८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
ब्राउनसुगर सहित २ जना पक्राउ

ब्राउनसुगर सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३  भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दल बहादुर तामाङ रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सवारी दुर्घटना, २ जनाको मृत्यु

सवारी दुर्घटना, २ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १३ १ नम्बर प्रदेशको पाँचथर र झापामा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाऊँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माङसेबुङ गाउँपालिका–३ का २१ बर्षीय रविन लिम्बु रहेका छन् । सडकबाट अन्दाजी ७ मिटर तल खस्दाँ ट्याक्टर चालक लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका–७ मा सोही नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जादै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आप...
आफ्नै बृद्ध बुबाको हत्या आरोपमा छोरा पक्राउ

आफ्नै बृद्ध बुबाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ १३ मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...