प्रथम एलेभेन स्टार च्यालेन्ज कपको उपाधी साउनेलाई (फोटि सहित)
पूर्णपुष्टि,भद्र १४ । उदयपुरको गाईघाटमा आयोजित प्रथम एलेभेन स्टार च्यालेन्ज कप “9A” साइज खुल्ला फुटबल प्रतियोगिताको उपाधी साउने फुटबल क्लवले हात पारेको छ । एलेभेन फुटबल कप बोक्सेको आयोजनामा बोक्से पानिटेन्की स्थित बरघाट्टा खेल मैदानमा भएको अन्तिम फाईनल खेलमा आयोजक टिमलाई १ को विरुद्ध २ गोल अन्तरले पराजित गर्दै साउने फुटबल क्लवले उपाधी हात पारेको हो ।
उपाधी सँगै साउनेले नगद रु ३० हजार सहित ट्रफि प्रमाण पत्र हात पारेका छन् । फाईनल खेलमा सम्मानजनक हार व्यहोरेका आयोजक उपबिजेतामा सिमित रहँदै नदर १५ हजार र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएका हुन् ।
प्रतियोगिताको फाईन खेलमा बर्षाका कारण प्रतियोगिता सञ्चान हुन नसक्दा सेहि समय चिन्ता जनक स्थिति भए संगै केहि समय खेल स्थगित गरिएको थियो । हावा हुरीसँगै आएको वर्षाले गर्दा खेल अवरुद्ध गर्दा फाइनले खेल हेर्ने दर्शकहरुको भने निक्कै बाक्लो उपस्थिति ...









