Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

एसीया कपको डेब्यु खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै

एसीया कपको डेब्यु खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ । एसीया कप २०२३ को डेब्यु खेलमा नेपालले आफ्नो पहिलो खेल आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपालले एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ । समुह ए मा रहेको नेपाल र आयोजक पाकिस्तानको उद्घाटन खेल आज दिउँसो ३:१५ बजेबाट मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। एसिया कपका लागि उत्साहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले अर्को खेल भारतसँग भदौ १८ गते श्रीलंकामा खेल्नेछ । एसीया कप प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन् । नेपालमा खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ । यसअघि नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि बिजेता बन्दै एसीया कप...
उदयपुरको कटारीमा प्लाष्टिकजन्य पदार्थको आयात र प्रयोगमा रोक लगाईने

उदयपुरको कटारीमा प्लाष्टिकजन्य पदार्थको आयात र प्रयोगमा रोक लगाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १३ । उदयपुरको कटारी नगरापालिकाले प्लाटिककजन्य पदार्थको आयात र प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार नगरापलिकाका प्रमुख राजेन्द्र चन्द्र श्रेष्ठले एक सुचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थमा रोक लगाउन लागिएको जानकारी दिएको हो । फोहोर मैला व्यवस्थापन समितिको २०८०÷५÷११ गते बसेको बैठकले भदौ १५ गतेबाट प्लाटिकको झोला आयात गर्न निषेध गर्ने र असोज १ गतेबाट प्लाष्टिक झोलाको प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध लागउने निर्णय गरेको नगरापलिकाले जनाएको छ । नगरापलिकाले प्लाष्टिकको झोला आयात तथा प्रयोग नगर्न अनुरोध गरेको छ । साथै, तोकिएको मिति पश्चात पनि प्लाष्टिकको झोला प्रयोग गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने’ सुचनामा उल्लेख गरिएको छ ।...
उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १२ । उदयपुरमा जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरापलिका–१ पाडारे बस्ने ३० बर्षीय मिन बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला अदालतले २०७४।०२।२३ गते जबरजस्ती करणी मुद्दामा १२ वर्ष ५ महिना २६ दिन कैद फैसला गरेतापनि हाल सम्म फरार रहेको श्रेष्ठलाई मंगलबार बिहान १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । डिएसपी चौधरीका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षक सहितको प्रहरी टोलिले घर वतन बाटै फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
सुर्यज्योती लाईफ इन्सुरेन्स गाईघाट शाखाका दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पनीबाट फ्रिज प्रदान

सुर्यज्योती लाईफ इन्सुरेन्स गाईघाट शाखाका दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पनीबाट फ्रिज प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ । सुर्य लाईफ इन्सुरेन्स गाईघाट शाखाबाट दुईजना उत्कृष्ट एजेन्सिलाई कम्पिनीले फ्रिज प्रदान गरेको छ । सुर्यज्योती लाईफ कम्पनीमा कार्यरत त्रियुगा नगरपालिका ११ की एजेन्सी म्यानेजर रिता खनाल र त्रिनपा ७ चुहाडेकी स्टार एजेन्सी वृहस्पती दनुवारलाई गाईघाट शाखाले फ्रिज प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच कार्यालय परिसरमा खनाल र दनुवारलाई तारर्गेट पुरा गरी सफल एजेन्सिको रुपमा हैसियत बनाएको भन्दै पुरस्कारको रुपमा फ्रिज प्रदान गरिएको कार्यालयले जनाएको छ ।६ महिनबाट कार्यरत रहेकी खनाल र ४ बर्षबाट कार्यरत रहेकी दनुवारले असार महिनामा उत्कृष्ट कार्य सम्पादन गरेकी उक्त फ्रिज स्किमबापत प्राप्त गरेको शाखा प्रमुख कमला खवासले बताईन् । फ्रिज सँगै अन्य एजेन्सी म्यानेजरलाई पनि टिसर्ट, कप लगायतका विभिन्न स्किमहरु प्रदान गरिएको खवासले जनाईन् ।...
टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

टिपरको ठक्करबाट चिकित्सकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १२ । टिपरको ठक्करबाट मोरङमा एक चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका २८ बर्षीय चिकित्सक निरज यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज बिहान ६ बजे पूर्व–पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहाले जानकारी दिए । उनका अनुसार पूर्वतर्फ गईरहेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पश्चिम तर्फ गईरहेको प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा डाक्टर यादव गम्भिर घाईते भएका थिए । घाईते यादवलाई उपचारको लागी तत्काल मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा लगिएको थियो । उनको उपचारको क्रममा चिकित्सकले ६ बजेर ५० मिनेटमा मृत घोषणा गरेको डिएसपी दाहालले बताए । टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको र डाक्...
उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु

उदयपुरमा डेंगु संक्रमित सुत्केरीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ । उदयपुरमा डेंगु संक्रमित एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–७ सिखर गाउँकी २४ बर्षीय सुमित्रा मगर रहेको गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले जानकारी दिए । सोमबार डेंगी संक्रमित २५ दिने सुत्केरी सुमित्राको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो । साउन यता जिल्लामा ९११ जनामा डेंगु पुष्टि भएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।...
कटारीमा व्यक्तिगत घटनाको दर्ता घरबाटै हुने

कटारीमा व्यक्तिगत घटनाको दर्ता घरबाटै हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १२ । उदयपुरको कटारी नगरपालिकामा व्यकितगत घटना घरबाटै दर्ता गर्न सकिने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै अनलाईन मार्फत घरबाटै व्यक्तिगत घटना दर्ता गर्न सकिने जानकारी गराएको हो । नेपाल सरकारले व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसइँसराई, बिबाह, सम्बन्ध विच्छेद) अनिवार्य दर्ता गनुपर्ने व्यवस्था गरेको हुँदा आफ्नो घरमै बसी अनलाईन मार्फत मोबाईलबाट व्यक्तिगत घटना दर्ताको फारम भरी प्राप्त टोकन लिएर सम्बन्धित वडा कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ । व्यक्तिगत घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरेमा जरिवाना नलाग्ने समेत जनाईएको छ ।...
उदयपुरमा ढुंगाले किचेर युवकको मृत्यु

उदयपुरमा ढुंगाले किचेर युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा एक युवकको ढुङगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका–६ बोलुङखा बस्ने पृथी बहादुरको १७ बर्षीय छोरा दिपेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार बिहान साँढे ७ बजेको समयमा आफ्नै बारीमा बाख्रा चराउने क्रममा अचानक माथिदेखि खसेको ढुङ्गाले किचेर युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । उक्त घटनाको खबर पाएपछि प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी नायव निरिक्षक सहितको प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मुचुल्का कार्य सम्पन्न गरी लास पोष्टमार्टको लागि जिल्ला अस्पताल गाईघाट पठाएको डिएसपी चौधरीले जनाए ।...
रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

रौतामाई गापा अध्यक्षको आफ्नाे सेवा सुविधाबाट तीन अशक्तलाई सहयोग

Breaking News 1, राजनीति, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ । चुनाव जितेमा सेवा सुविधा नलिने घोषणा गरेका उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्रकुमार मगरले आफ्नाे सेवा सुविधाबाट पालिकाका तीनजना अशक्तलाई सहयोग गरेका छन् । आज मुर्कचीमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रमसंगै गाउँ पार्टी अध्यक्षसमेत रहेका मगरले रौतामाईकी करेन्ट लागेर अपाङता भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, छोरो विरामी भई स्वर्गरोहण भएका शेरबहादुर कामीको दयनीय आर्थिक अवस्थालाई मध्येनजर गर्दै ५ हजार सहयोग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपी अछामीले सहयोग रकम हस्तान्तरण गरे । अध्यक्ष मगरले जनतालाई गरेको बचन अनुरुप आफु अध्यक्ष भएवापत राज्यले दिने सेवा सुविधाबाट असहायलाई सहयोगका साथै सामाजिक काम गरेर पुरा गरेका हुन् ।...
उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ । उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ गुरुङ चोक बस्ने ४३ बर्षीय राज कुमार तामाङ रहको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वन मुद्धामा जिल्ला अदालतको २०७५÷१०÷०१ गतेको फैसलाले रु. ९,७६,९७८ रुपैँया जरिवाना तोकेता पनि हालसम्म फरार रहेका तामाङलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गोप्य सुचनाको आधारमा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई आवश्यक कार्वाहिको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...