Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

गाईघाट माछा पसल अनुगनम : सरसफाईमा सन्तोषजनक

गाईघाट माछा पसल अनुगनम : सरसफाईमा सन्तोषजनक

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १९ । त्रियुगा नगरपालिकाले बजार अनुगमनलाई ब्यापक बनाएको छ । खाद्यन्न देखी अनुदान सामाग्री समेतको अनुगमन भैरहदा तेस्रो दिन माछा पसल अनुगमन गरिएका थिए । अनुगम संयोजक तथा त्रियुगा नगरपालिकाकी उपमेयर समेत रहेकी महेश्वरी राईले माछा पसलमा सुधार आएको बताईन् । माछा तथा मासुको अनुगमनको दोस्रो दिन सन्तोष जनक परिणाम आएको राईले बताईन् । बुधबार मात्रै गरेको मासु पसलको अनुनगमनमा सरसफाईको ब्यापक समस्या रहेका थिए । पछिल्लो दिनको माछा तथा मासु पसलको अनुगमनमा भने सुधार भएको राईको भनाई छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीका अनुसार माछा पसलमा उत्ति समस्या नरहेको जनाए । अध्यक्ष रसाईलीले माछा पसलाई व्यवस्थित साथै स्वच्छ र ताजा माछाको लागि मापदण्डहरु पुरा गरेको पाईएको जनाए । बाहिर बाट ल्याईएको माछालाई ताजा र सफा बनाउन अक्सिजन समेतको व्यवस्था गरी व्यवसाय गरेको र...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १८ । उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी चौदण्डीगढी नगरपालिका–७ हाङ्गबजारका २३ बर्षीय दिप्सन मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बुधबार राती ११ बजे चौदण्डीगढी–६ खत्रीटोल स्थित प्र १०५००१ प ८५०५ नं. को होण्डा साइन मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मगर घाईते भएका थिए । दुर्घटनाको सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी सहायक निरीक्षक सुबास घिमिरे सहितको टोलीले घाईते मगरलाई उद्दारगरी नगर अस्पताल पु¥याएको थियो । त्याहा उपचार सम्भव नभएपछि थप उपचारको लागी धरान पठाईएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।...
अधिवक्ता भगवती पाण्डे ‘शितल’ थुनामुक्त

अधिवक्ता भगवती पाण्डे ‘शितल’ थुनामुक्त

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १८ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शितल’ रिहा भएकी छिन् । काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन हिरासतमा राख्न अनुमति नदिएपछि पाण्डेलाई बुधबार नै रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले जानकारी दिए । अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले पाण्डेविरुद्ध उजुरी दिएको थियो । सोही उजुरीको आधारमा पक्राउ परेकी पाण्डेलाई प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद थप नगरेको कारण छाडिएको एसपी ढुंगेलले बताए । तामाङ, मगरलगायतका समुदायले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।...
युवकमाथि गोली प्रहार गरी फरार भएका दुई जना पक्राउ

युवकमाथि गोली प्रहार गरी फरार भएका दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन १८ । सुनसरीमा एक युवकमाथि गोलाी प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् । उनिहरुले श्रावण ५ गते धरानबाट ईटहरी जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाईकललाई सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा रोकी बिराटनगर–५ कोचाखालका २८ बर्षीय रोहित चौधरी र बिराटनगर–३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई लुटपाट गर्ने प्रयास गरेका थिए । तर, लुटपाट गर्ने क्रममा चालक चौधरीले प्रतिकार गर्दा उनिहरुले गोली प्रहार गरेका थिए । कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोट...
गाईघाटको मासु पसलहरुमा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयक्त अनुगमन

गाईघाटको मासु पसलहरुमा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयक्त अनुगमन

Breaking News 1
पूर्णपुष्टि, १७ साउन । गाईघाटको मासु पसलहरुमा बुधबार अनुगमन गरिएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले सरसफाको मापदण्ड, मासु व्यापार सम्बन्धिी सूचक र प्रक्रियाबारे अनुगमन गरेको हो । त्रियुगा नगरपालिकाकी उप्रमुख महेश्वरी राई, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली र त्रियुगा नगर पशु शाखाका कर्मचारीहरु सहितको टोली अनुगमनमा खटिएका थिए । अनुगमन टोलीले अधिकांश मासुपसलहरु सरसफाईमा चुकेको जनाए । सरसफाई सँगै प्रक्रियामा पनि समस्या रहेको जनाए । नगर पशु शाखा प्रमुख इन्द्र नारायण चौधरीका अनुसार मासु पसलहरुले धेरै कुराहरु सुधार गर्नु पर्ने देखिएको जनाए । चौधरीले अधिकांश मासु पसलहरु स्वास्थ्यबर्धक मासु बेच्नबाट चुकेको समेत जनाए । सामान्य सरसफाईमा समेत उनिहरुको चासो नभएको जनाए ।सरसफाईमा ध्यान दिन र नगरमा दर्ता गरी मात्र पसल संञ्चालन गर्न पनि सुझाएको जनाए । त्...
काठमाडौंमा एक महिलाको हत्या

काठमाडौंमा एक महिलाको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, १६ साउन । काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको हत्या भएको छ । बुढानीलकण्ठ नगरपालिका(४ भसन्थलीमा एक जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ। सप्तरी घर भई भसन्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बोहराले आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहार हुँदा चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा गएराति मृत्यु भएको हो । घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई पक्राउ गरेको थियो।  ...
थापाले गरे मुख्यमन्त्रीको लागी दोस्रो पटक दावी पेश

थापाले गरे मुख्यमन्त्रीको लागी दोस्रो पटक दावी पेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।...
उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन, अध्यक्षमा रिदम सुनवार

उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन, अध्यक्षमा रिदम सुनवार

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १६ साउन । उदयपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन भएको छ । पर्श सुनुवार (रिदम) को अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा फर्श वहादुर मगर, सचिवमा समिप राई, सहसचिवमा सन्तोष निरौला, तुलसा कुमारी थापा, कोषाध्यक्षमा मिलन तामाङ, रहेका छन् । यस्तै सदस्यहरुमा सचितत्र राई, प्रकाश राई, भुवन राई र टेक वहादुर मगर रहेको छ । देशैभरी संघ विस्तारको क्रममा उदयपुरमा पनि उक्त खेलको संघ विस्तार गरिएको अध्यक्ष रिदम राईले जनाए । राईका अनुसार पूर्वी जिल्लाहरुमा खोटाङ, ओखलढुँगा, इलाम उदयपुर लगायत ठाउँमा संघ विस्तार भैसकेको र बाँकी जिल्लाहरुमा पनि विस्तारको काम भैरहेको जनाए । मुवाँथाई खेल नेपालका महत्वपूर्ण र प्रख्यात राष्ट्रिय खेल रहेको समेत राईले जनाए । संघ गठन गरे सँगै कार्यसमितिको सम्पूर्ण विवरण सहित उदयपुर जिल्ला खेलकुद विकास समितिमा पनि दर्ता गराई सकिएको छ, राईल...
बर्दीमै टिकटक बनाउने प्रहरीका एसपी देखी जवान सम्म ९६ जनालाई कार्वाही

बर्दीमै टिकटक बनाउने प्रहरीका एसपी देखी जवान सम्म ९६ जनालाई कार्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ साउन । प्रहरीको आचारसंहिता कार्यादेश २०७७ अनुसार फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा प्रहरीको नाम, पोसाक वा कुनै पनि चिह्नहरू प्रयोग गर्न नपाईने भनिएको छ। साथै ड्युटीमा खटिएका बेला हातहतियार देखिने गरी कुनै पनि पोष्ट गर्न नपाइने उल्लेख छ। तर प्रहरीले बर्दीमै नाच्दै, गाउँदै गरेको भिडिओहरू टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । यो बर्ष मात्रै प्रहरीले यस्ता भिडिओ हाल्ने ९६ जनालाई कारबाही गरिसकेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले यो आर्थिक वर्षमा मात्र विभिन्न दर्जाका ९६ जनालाई विभागीय कारबाही गरेका छौं। जसमध्ये ४१ जनालाई नसिहत (एक प्रकारको चेतावनी) दिएका छौं, ५४ जनालाई चेतावनी र एक जनाको त दुई ग्रेड घटुवा नै भएको छ। डिआइजी कडायतका अनुसार कारबाहीको प्रकृति फरक(फरक हुनसक्छ। कसैले साथीको लहलहैमा लागेर भिडिओ बनाएको...