Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

बृक्षारोपण गरी उदयपुरमा २९ औँ  विश्व आदिवासी दिवस मनाईयो

बृक्षारोपण गरी उदयपुरमा २९ औँ विश्व आदिवासी दिवस मनाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ साउन । उदयपुरमा विश्व आदिवासी दिवस बृक्षारोपण गरी मनाईएको छ । बुधबार आदिवासी जनजातिको भवन परिसरमा बृक्षारोपण गरी दिवस मनाईएको हो । नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वय परिषद र आदिवाजी जनजाति पत्रकार माहासंघ उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम मनाईएको हो । आदिवासीको २९ औँ र जनजाति पत्रकारको २४ औँ स्थापना दिवसको अवसरमा बृक्षारोपण गरिएको हो । त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिन् भने बिभिन्न आदिवासी जनजाति माताहत संस्थाहरुको उपस्थिति रहेको थियो । उक्त दिवस देशव्यापी रुपमा बिबिध कार्यक्रमको आयोजना गरी मनाईएको छ । आफ्नो पहिचान प्रति सचेत छु : उपमेयर राई त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले आफुपनि आदिवासी समुदाय भित्रकै मान्छे रहेको जनाईन् । म आफु पनि पहिचानको बारेमा सचेत छु एउटा ब्यक्तिलाई केन्द्री गरेर आक्रम...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २३ । उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट सर्लाहीका ४५ बर्षीय रमेश सुबेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार राति ८ बजे गाईघाटबाट कटारी तर्फ जाँदै गरेको प्र. २–०१–००३ प ९१११ नम्बरको मोटरसाईकल उदयपुरगढी गाउँपालिका–२ मदन भण्डारी राजमार्गमा आफै अयिनन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) हरिचनन्दन चौधरीले जानकारी दिए । दुर्घटनाबाट घाईते भएका मोटरसाईकलमा पछाडी सवार सुबेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको डिएसपी चौधरीले बताए । मोटरसाईकल चालक सप्तरीका ४५ बर्षीय उपेन्द्र यादवलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २१ । नेकपा माओवदी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको छ । जिम्मेवारी हेरफेर गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएका छन् । यस्तै सचिव देवेन्द्र पौडेललाई मधेस प्रदेशको इन्चार्ज तोकिएको छ भने डिलाराम आचार्यलाई सुदूरपश्चिम, मातृका यादवलाई लुम्बिनी, चन्द्र प्रकाश खनाललाई कर्णाली र लिलामणी पोखरेल कोशी प्रदेशको ईन्चार्ज तोकिएको छ । यसअघि मधेश प्रदेशमा गणेश शाह, सुदूरपश्चिममा खगराज भट्ट, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल, गण्डकीमा हितराज पाण्डे, कर्णालीमा कालिबहादुर मल्ल र कोशी प्रदेशमा राम कार्की इन्चार्ज थिए ।...
उदयपुरमा मोटरसाईकल दुर्घटनाहुँदा एकको मृत्यु, दुई घाईते

उदयपुरमा मोटरसाईकल दुर्घटनाहुँदा एकको मृत्यु, दुई घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २१ । उदयपुरमा मोटरसाईकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी त्रियुगा नगरपालिका–६ जलजले बस्ने २५ बर्षीय सुदिप चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शनिबार राती साढेँ ९ बजे त्रियुगा नगरपालिका १० स्थितमा प्रदेश १–०२–०४४ प ८८९३ नंम्बरका मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिचनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनाबाट गम्भिर घाईते भएका सुदिपको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका मोटरसाईकल चालक सोही ठाउँका २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीको जिल्ला अस्पतालमा उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाईएको डिएसपी चौधरीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २१ । भारतको श्रावस्ती जिल्लाको इकौनामा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज सरदलाइन निवासी ३५ बर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ बर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता तथा ६ महिनाकी छोरी श्रीया गुप्ता सहित नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको २२ बर्षीय छोरा निलान्स गुप्ता र २० बर्षीय छोरी सुनिती गुप्ता रहेका छन् । शनिबार राती भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार गाईसँग ठोक्किएर दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको जानकारी आएको बाँकेका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । सोही दुर्घटनमा परी कार चालक अजय मिश्र गम्भिर घाईते भएका छन् । उनको उपचार भईरहेको प्रहरीले जनाएको छ । सन्तोष गुप्ताका अनुसार निलान्स र सुनि...
गाईघाटमा डेँगु नियन्त्रण अभियान सुरु

गाईघाटमा डेँगु नियन्त्रण अभियान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ साउन । त्रियुगा नगरपालिका स्वास्थ्य कार्यालय उदयपुर लगायतका सरकारी निकायहरुले गाईघाटमा डेँगु नियन्त्रण अभियान सुरु गरेको छ । स्वाथ्य कार्यालय उदयपुरका प्रयोगशाला अधिकृत लौकाजी राईका अनुसार उदयपुरमा पछिल्लो १५ दिनको हाराहारीमा २ सय बढी डेँगु संक्रमणका विरामीहरु देखापरेको जनाए । राईका अनुसार छिमेकी जिल्ला सुनसरीमा भयावह भएको उक्त संक्रमाण् उदयपुरमा पनि असरको रुपमा देखा परेको हो । राईले यसको नियन्त्रणमा सबै सचेत रहनु पर्ने जनाए । त्रियुगा नगरपालिककी उपप्रमुख महेश्वरी राईले डेँगु नियन्त्रणमा त्रियुगा नगरपालिका प्रतिवद्ध रहेको जनाईन् । यसलाई अभियानकै रुपमा अगाडी बढाईएको राईले जनाईन् । त्रियुगा नगरपालिका, स्वासथ्य कार्यालय, प्रशासान कार्यालय, सुरक्षा निकाय, संघसंस्था, पत्रकार, त्रियुगा उद्योग बाणिज्य संघ लगायत सबै अभियानमा सहभागी रहेको राईले जनाईन् । त्रियुगा उद्योग बाणिज्य संघ ...
यु-१९ पुरुष फुटबलमा उदयपुरबाट २४ खेलाडी छनोट

यु-१९ पुरुष फुटबलमा उदयपुरबाट २४ खेलाडी छनोट

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार २० । आगामी असोजमा सुरुहुँन गैरहेको यु-१९ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि उदयपुरबाट २४ जना खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघले ७८ वटै जिल्लाहरुलाई खेलाडी छनोट गर्न भनेअनुसार उदयपुरबाट बिभिन्न २४ जना युवा खेलाडीहरुका छनोट गरिएको हो । गाईघाटको थरुहट रंगाशालामा शुक्रबार छानिएका ११५ जना खेलाडीहरु मध्ये २४ जना छनोट गरिएको यु १९ पुरुष फुटबल खेलाडि छनोट समितिका संयोजक दिपक थापाले जनाए । उनका अनुसार उदयपुरबाट छनोट भएका सम्पूर्ण खेलाडीहरुले धरानमा हुने कोशी प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छ । कोशी प्रदेशका अन्य जिल्लाबाट छनोट भएर आएका खेलाडीमध्येबाट छानिएर एन्फामा पठाइने छ । देशभरिबाट छानिएर आएका खेलाडीबाट यु-१९ को राष्ट्रिय टोली घोषण गरिने जनाएको छ । उदयपुरमा छनौट भएकामध्ये सबैभन्दा बढी त्रियुगा नगरपालिकाबाट १० जना रहेकाछन् ।...
आँखा पाक्ने रोगले गाईघाटमा पठनपाठन अस्तव्यस्त

आँखा पाक्ने रोगले गाईघाटमा पठनपाठन अस्तव्यस्त

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २० साउन । एक हप्ता देखी सुरु भएको आँखा पाक्ने रोगले विषेशगरी बालवालिकालाई आक्रमण गरेको छ । गर्मि र बर्खामासमा हुने सिजनल आखाँ पाक्ने रोग पहिलो बर्ष भन्दा यो बर्ष गुणत्मक रुपले बढी पाईएको आखाँ बिषेशज्ञ डाक्टरहरु बताउँछन् । गाईघाट आँखा उपचार केन्द्रका डाक्टर तथा अस्पताल इन्चार्ज मुरारी तिम्सिनाका अनुसार दैनिक दुईसयको हाराहारीमा आखाँ पाक्ने रोगकै बिरामी हस्पिटलमा आउने गरेको जनाए । त्यसमा सबैभन्दा बढी बालवालिकाहरु संक्रमित रहेको डा. तिमिल्सनाको भनाई छ । यसरी वालवालिकाहरुने संक्रमणको सिकार भैरहँदा विद्यालयमा भने पठनपाठन अवरोध भएको छ । केही विद्यालय वन्दनै गरिएको छ भने केही विद्यालयहरुलाई सुरक्षा अपनाएरर संञ्चालन गरिएको अवस्था छ । समता स्कुल गाईघाटका प्रिन्सिपल लक्ष्मी राईका अनुसार विद्यालयमा आँखा पाक्ने रोगले सताएपछि विद्यालयनै वन्द गर्नु पर्ने अवस्था आएको जनाईन् । उनले १४ ...
लागुऔषाध सहित दुई पक्राउ

लागुऔषाध सहित दुई पक्राउ

Breaking News 2
पूर्णपुष्टि, २० साउन । उदयपुरमा लागुऔषाध सहित दुईजना पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ झिल्के टोलका २६ बर्षिय संजिव परियार र सोही ठाउँका बिशाल मग्राति रहेका छन् । उनिहरुलाई बयगाहाको सालघारीबाट प्रहरीले नियन्त्रणमा लिईएका थिए । लाहानबाट गाईघाट तर्फ आउँदै गरेको ना १ ज ८६५९ नं को विंगरमा लाअुऔषाध डाईजेपाम (३८एम्पुल, आईपिपिएल (३८ एम्पुल र फेनार्गन (३३ एम्पुल गरी जम्मा १०९ एम्पुल लागुऔषाध लुकाई छिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो । लागु औषध सहित दुवै जनालाई अस्थायी प्रहरी पोष्ट बगाहाबाट खटिएको चेकिङ टोलिले फेला पारेका थिए । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुर कारागारबाट सरुवा भएको कैदीलाई पहुँचको भरमा फेरी पर्काइएपछि मच्चियो लफडा

उदयपुर कारागारबाट सरुवा भएको कैदीलाई पहुँचको भरमा फेरी पर्काइएपछि मच्चियो लफडा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २० साउन । उदयपुर कारागारबाट सरुवा भएर झुम्का पठाईएका कैदिलाई पहँचको भरमा फेरी फर्काएपछि कारागारमा असन्तुष्ट चुलिएको छ । बिभिन्न खरावी काम गर्ने र सोषण गर्ने प्रविद्धिका कारण सुरक्षाका दृष्टीले झुम्का पठाईएका पर्वत दाहाललाई फेरी उदयपुरनै फर्काईएको हो । उनलाई पहुँचको भरमा ८ महिना नवित्दै पून ः जिल्ला कारागार उदयपुरनै फर्काईएको हो । यसरी दुईसय बढी कैदीबन्दीले नरुचाएको दाहाललाई फर्काईएपछि आज विहानैदेखि कारागारमा तनाव सिर्जना भएको छ । ०७९ मंसिर २८ मा सुनसरीको झुम्का कारागार सरुवा भएका दाहाललाई ८ महिना नपुग्दै पुनः गाईघाट ल्याइएपछि कारागारमा तनावपूर्ण वातावरण सिर्जना भएको हो । अवैध लागुऔषध व्राउनसुगरको कारोवारमा जेल सजाय विताइरहेका दाहालले १ महिना कारागारको जिम्मेवारी सम्हालेका बेला कारागारभित्रै अवैध लागुऔषध व्राउनसुगर मगाएर खाने, अन्य कैदीहरुसंग पैसा उठाएर खाने, विभिन्न किसि...