Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा युवा दिवस : मैत्रीपूर्ण फुटवल देखी बृक्षा रोपण सम्म

उदयपुरमा युवा दिवस : मैत्रीपूर्ण फुटवल देखी बृक्षा रोपण सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ साउन । युवा दिवस २०२३ को अवसरमा उदयपुरमा बिबिध कार्यक्रमको आयोजना गरिएको छ । मैत्रीपूर्ण खेल, बृक्षारोपण, अन्तरक्रिया तथा रेडियो कार्यक्रमको साथमा उदयुरमा भव्य युवा दिवस मनाईएको हो । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा–हरित सीप विकास भन्ने नाराका साथ छुट्टा छुट्टै समयमा युवामैत्री कार्यक्रमहरुको आयोजना गरिएको हो । शुक्रबार युवा रुपान्तरणको लागि सहभागितामुलक मैत्रीपूर्ण फुटवल थारुहट रंगशालामा सम्मपन्न गरियो भने, युवा सहभागीताका लागि युवा सहभागिता बिषयक कार्यक्रम पनि सोही दिन प्रस्तुत गरिएको थियो । यस्तै शनिवारका दिन पर्यावरणीय न्यायको लागि युवा नेतृत्वमा बृक्षारोपण कार्यक्रम र रेडियो कार्यक्रम पनि शनिवार सम्पन्न गरियो । उक्त कार्यक्रमलाई गैसस माहासंघ उदयपुर, जिल्ला युवा संञ्जाल उदयपुर, त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति, ओरेक उदयपुर र जाल्...
उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध

उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ साउन । बर्षाका कारण उदयपुरमा मदन भण्डारी राजमार्ग सडक अबरुद्ध भएको छ । लगतारको बर्षाले पहिरो खस्दा सवाडरी साधन आवतजावतमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार बिहान ३ बजेबाट खसेको पहिरोले करिब ५० मिटर हाराहारीमा सडक पुरेको जनाएको छ । उक्त सडकको पहिरो अहिले पनि हटाउन नसकिएको प्रहरीको भनाई छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं। ५ स्थित मौवासी खोला पुल नजिक भिषण पहिरा गएको छ । हाल पश्चिम बाट पुर्व तर्फ हिडेका लामोदुरीका सवारी साधनलाइ कटारीबाटै अर्को बाटो पठाइएको छ भने पुर्वबाट पश्चिम हिडेका सवारीलाई गाईघाट बाटै अर्को बाटो पठाईदै आइएको जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जनाएको छ । सडक विभागको जेजिवी पहिरो गएको स्थानमै रहेको कारण बर्षा रोकिनासाथ पहिरो खुलाउने काम सुरु गरिने समेत जिल्ला ट्राफिक प्रहारी कार्यालय गाईघाटले जानकरी दिएको छ । &nb...
बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

बहेडुवा थारु होम स्टेमा बढ्यो आन्तिरिक पर्यटकको आकर्षण

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिका १३ मा संञ्चालित बहेडुवा थारु सामुदायीक होम स्टेमा पर्यटक आकर्षित हुँदै गएको छ । बिषेशगरी आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको यहाँ बाह्य पर्यटकहरुको पनि चासो हुन थालेको जनाईएको छ । सामुदायीक रुपमा संञ्चालित होमेस्टेमा १५ घरको सहभागीता र संयुक्त लगानी रहेको संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले जनाए । चौधरीका अनुसार होम स्टे शान्त र रमयणीय वातावरणमा रहेको छ । परिकारहरुका लागि यहाँ बिषेशगरी थारु परिकारहरु पाईने चौधरीले जनाए । अडर अनुसार सम्पूर्ण थारु परिकार सँगै पाहुनाहरुको इच्छा अनुसारको सबैखाले परिकारहरु उपलब्ध हुने अध्यक्ष चौधरीले जनाए । हाल थारु परिकारहरु उसिना चामलको भुजा, बगिया, तेलको रोटी, कचरी, बडी, आलुचोप, आलसको फुलौरी, अण्डी धानको चामलको खिचडी, घँुगी, गंगटा, लोकल कुखुरा, खोलाको माछा, भातको फुलौरी र आर्गनिक खाना सँगै आर्गनिक पि...
मोरङमा वाईसिएलको सक्रियता बढ्यो

मोरङमा वाईसिएलको सक्रियता बढ्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ साउन । मोरङमा वाईसिएल नेपालले पछिल्लो समय सक्रियता बढाएको छ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा यसको सक्रियता बढाएको हो । वाइसिएलले एकमहिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरिरहेको छ । वाइसिएल मोरङका सचिव मोहम्मद रिहानले दिएको जानकारी अनुसार यस अवधिमा मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेलाहरु सम्पन्न भएका छन् । उक्त भेला तथा सम्मेलनबाट नयाँ समिति गठन भएको छ । जसअनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन तथा भेला गरिएको हो । वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र ...
बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा मण्डल बिजयी

बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा मण्डल बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ साउन । बेलका उद्योग वाणिज्य संघको अध्यक्षमा चन्द्र सेखर मण्डल (चन्द्र मणि) बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार पर्शुराम अधिकारी र शेर बहादुर खत्री लाई पछि पार्दै मण्डल अध्यक्षमा बिजय भएका हुन। त्यसैगरी प्रथम उपाध्यक्ष पदमा तिर्थ पराजुली, महासचिव पदमा सुसिल बिक्रम थापा, सचिव पदमा घनश्याम घिमिरे, कोषाध्यक्ष पदमा राकेश के. सि. निर्वाचन भएको छ । भने, सदस्यहरुमा प्रशुराम राई, राजेश श्रेष्ठ, धर्मराज थापा, शुशिला तामाङ, कबिराज राई, थिर कुमारी अधिकारी र जितेन्द्र शाह बिजय भएका छन।  ...
उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २६ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–२ बेलाहा बस्ने ३१ बर्षीय चित्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहिबार बिशेष सुचनाको आधारमा खटिएको प्रहरी चौकी भागलपुरका प्रहरी टोलीले अन्दाजी ९ बजेको समयमा घरवतनमै लुकिछिपि बसेको अबस्थामा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए । मिति २०६७÷०९÷२५ गते जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा ५ बर्ष कैद तोकेतापनि उनि हालसम्म फरार रहेका थिए । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।...
नक्कली सिर्टिफिकेटका डाक्टर पक्राउ पर्ने क्रम जारी, थप दुई पक्राउ

नक्कली सिर्टिफिकेटका डाक्टर पक्राउ पर्ने क्रम जारी, थप दुई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ साउन । नक्कली सर्टिफिकेट बनाएर डाक्टर बनेकाहरु पक्राउ पर्ने क्रम रोकिएको छैन् । प्रहरीले थप दुई जनालाई बिहिबार पक्राउ गरे सँगै नक्कली डाक्टर पक्राउको संख्या ७ पुगेको छ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेकाहरु मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि प्रहरीले समातेको हो । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । यसअघि बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध अपरेसन सञ्चालन गरेर ५ जना चिकित्सकलाई पक्राउ गरिएको थियो । बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।...
उदयपुरमा १ गतेबाट निजी विद्यालय वन्द गर्ने प्याव्सन र नेशनल प्याव्सनको चेतावनी

उदयपुरमा १ गतेबाट निजी विद्यालय वन्द गर्ने प्याव्सन र नेशनल प्याव्सनको चेतावनी

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २५ साउन । उदयपुरमा २८ गते निजी विद्यालय वन्द हुने भएको छ । सरकारले ल्याएको शिक्षा विधेयकमा निजी विद्यालय प्रति भएको असरलाई सच्याउन माग गर्दै विद्यालय वन्द गर्ने जनाएको छ । जिल्ला प्याव्पसन र नेसलनल प्याव्सन उदयपुरले बिहिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिईएको हो । प्याव्सन उदयपुरको अध्यक्ष प्रकाश वस्नेतले मन्त्रीपरिषदले पारित गरको उक्त निर्णय तत्काल फिर्ता नगरे भदौ १ बाटो अनिश्चितकालिन विद्यालय वन्दको चेतावनी समेत दिईएको छ । कम्पनीको विद्यालयलाई गुँठीमा परिणत गर्नु पर्ने सरकारको बिधेयक निर्णयमा निजी विद्यालयले आपत्ति जनाउँदै आएको अध्यक्ष वस्नेतले जनाए । योँ सँगै छात्राबृत्ति व्यवस्थापन, विद्यालय व्यवस्थापन निति, शिक्षा सँग सम्बन्धित समिति उपसमिति लगायत बुदाहरुमा विमती रहेको अध्यक्ष बस्नेतले जनाए । निजी विद्यालयहरु मास्ने तर्फ सरकार लागि परेको आरोप लगाउँदै उनिहरु यसक...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ 

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ 

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २५ ।  उदयपुरमा लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ मोतिगडा बस्ने १८ बर्षीय बिक्रम सदा र २१ बर्षीय कमल कुमार सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले आईतबार अन्दाजी साढेँ १ बजे लहानबाट गाईघाटतर्फ आउँदै गरेको वीङ्गरमा सवार उनिहरुलाई शंकालागी चेकजाँच गर्नेक्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार डाईजोपाम १० एम्पुल, पेनार्गन १० एम्पुल र बुप्रिनोर्फिन १० एम्पुल गरी जम्मा ३० एम्पुल सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ७ दिनको लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको...
उदयपुरमा लागुऔषध मुद्धाका फरार व्यक्ति पक्राउ

उदयपुरमा लागुऔषध मुद्धाका फरार व्यक्ति पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २५ । उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ चिरिया टप्पु बस्ने ६२ बर्षीय बुद्धिमान माझी रहेको जिल्ला प्रहरी कार्यालय उदयपरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार लागुऔषध मुद्धामा २०७७–१०–१७ गते जिल्ला अदालतले २ महिना २६ दिन कैद र २ हजार जरिवाना तोकेता पनि माझी हाल सम्म फरार रहेका थिए । फरार माझीलाई खोजतलास गर्ने क्रममा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलिले मंगलबार घरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।    ...