Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुर अस्पतालमा बढ्यो मौसमी प्रकोपका बिरामी

उदयपुर अस्पतालमा बढ्यो मौसमी प्रकोपका बिरामी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । उदयपुर अस्पताल बोक्सेमा बिरामीको चाप बढेको छ । अस्पतालका अनुसार हाल अन्य बिरामीहरु भन्दा मौसमी प्रकोपका बिरामीहरु बढेको हो । समय अनुसार फैलिने भाईरस प्रकोपका सिजनल बिरामीको चाप हस्पिटलमा बढेको अस्पतालको भनाई छ । डेँगु, आँखा पाक्ने, ज्वरो, स्क्रपटाईपस, टाईफाई जस्ता बिरामीहरु हस्पिटलमा बढेको अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र झाले बताए । हस्पिटलमा बिषेशगरी ज्वरो सँगै डेँगुको बिरामीहरु बढीमात्रामा रहेको जनाए । ५२६ जनालाई डेँगु जाँच गर्दा १५६ जनामा संक्रमण पुष्टी भएको र २० जनालाई बेड भर्नानै गर्नु परेको डा. झाले बताए । डेँगु बाट बच्न बिषेशगरी सरसफाईमा ध्यान दिन झाले सुझाएको छ । पानी जम्न नदिने सरसफाई गर्ने र सुरक्षा अपनाएर हिँडडुल गर्न उनले सुझाए ।...
उदयपुरका एक युवक सहित ५ जना ब्राउन सुगर सहित पक्राउ

उदयपुरका एक युवक सहित ५ जना ब्राउन सुगर सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ३० । मोरङको बिराटनगर महा–नगरपालिकाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–८ का २५ बर्षीय ईन्द्र बहादुर तामाङ, बिदुर नगरपालिका–५ नुवाकोटका २४ बर्षीय सुजित डंगोल, बेलवारी नगरपालिका–४ का २४ बर्षीय संजिव राई, धरान–१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान–८ का ३१ बर्षीय रबिचन्द्र राई रहेका छन् । सोमबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले २८० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी प्रदेश १–०२–०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका खेमचन्द्र र रबिचन्द्र १ ग्राम ५८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन् भने को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चा...
उदयपुरको दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठनमा भाग लिने

उदयपुरको दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठनमा भाग लिने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । उदयपुरका बडिविल्डर दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठन प्रतियोगिता (नरेश सुर्य क्लासिक) मा भाग लिने भएको छ । उदयपुरबाट एक मात्रै प्रतिनिधित्वको रुपमा चौधरी हालै काठमाण्डौँमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको हो । उक्त प्रतियोगिता काठमाण्डौँमा भदौ २,३ र ४ गते हुँदैछ । चौधरीलाई डिएनवी क्लवले जितको अग्रिम शुभकामना दिँदै विदाई समेत गरेको छ ।...
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिका(५ फाकुम्बाका ३३ बर्षीय डिल्ली कुमार लिम्बुलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आज बिहान साँढे १० बजेको समयमा लिम्बुले ६३ बर्षीया आमा धनमाया लिम्बुलाई धारिलो हतियार बाम्फोकले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो । सोही जानकारीको आधारमा प्रहरी चौकी साँघुबाट प्रहरी टोलीले घटना स्थल गएर लिम्बुलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।...
सुन प्रकरण : क्विटल भनिएको सुनको तौल ६० किलो ६८९ ग्राम

सुन प्रकरण : क्विटल भनिएको सुनको तौल ६० किलो ६८९ ग्राम

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन २९ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन जोखिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पत्र पठाएपछि सुन जोखिएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुनको तौल ६० केजी ७८९ ग्राम रहेको छ । ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ६८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’ राजश्व अनुसन्धान विभागले भन्सार पास भएर बिहिरिएको सुन रहेको ब्रेक शु सिनामंगलबाट असार ३ गते बरामद गरेको थियो । विभागले सुन जोख्न भन्दै साउन ४ गते महाशाखामा पठाएपनि सुन जोख्ने प्रकिृया अगाडी बढाउन पत्र नपठाएपछि अहिलेसम्म जोखिएको थिएन् ।...
बिराटनगरमा युवकमाथि दिनदहाडै तरबार प्रहार

बिराटनगरमा युवकमाथि दिनदहाडै तरबार प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २९ । कोशी प्रदेशको अस्थाई राजधानी बिराटनगरमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । सोमबार दिउँसो बिराटनगर महानगरपालिका–१० सन्सारीमाइस्थान नजिकै तरबार प्रहारहुँदा बिराटनगर महानगरपालिका–८ का २२ बर्षीय मोहमद हलिम घाईते भएको प्रहरीले जनाएको छ । तरबार प्रहारबाट हलिमको दुबै हातमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार घाईते भएका हलिमलाई उपचारको लागी न्युरो अस्पतालबाट थप उपचारको लागी नोबेल शिक्षण अस्पताल लगिएको छ । हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार प्रहार गरेको प्रहरी निरिक्षक नायकले बताए । तरबार प्रहार गर्नेहरु फरार रहेको कारण खोजी तिव्र पारिएको र घटनामा प्रयोग गरिएको तरबार बरामद गरेको प्रहरीले जनाएको छ ।...
उदयपुरको मौवासेमा अवरुद्ध मदन भण्डारी राजमार्ग अझै खुल्न सकेन

उदयपुरको मौवासेमा अवरुद्ध मदन भण्डारी राजमार्ग अझै खुल्न सकेन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ साउन । उदयपुरगढी गाउँपालिका ६ मौवासेमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग हाईवे अझै खुल्न सकेको छैन । पहिरो खसेर शनिवार बाट अबरुद्ध उक्त राजमार्ग खुल्न अझै समय लाग्ने जनाईएको छ । खसेको पहिरो हटाउन सिमित स्रोत साधनका कारण सडक खुल्न ढिलाई भएको स्थानीयहरुको भनाई छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि उदयपुरगढी गाउँपालिका सहित सम्बन्धित निकायहरु सडक खोल्न लागि परिरहेको छ । सडक खोल्न आईतबार दिनैभरी परेको पानीका कारण पनि ढिलाई भएको गाउँपालिका उपाध्यक्ष जित बहादुर खड्लकाले जनाए । सडक खोल्नका लागि गाउँपालिका सँगै सडक कार्यालय र सोही सडकमा काम गर्दै आएका निर्माण कम्पनी समेत लागि परेको उपाध्यक्ष खड्काले जनाए । खड्काका अनुसार उक्त सडक खोल्नका लागि आज दिनैभरी लाग्न सक्ने अनुमान छ । सडक अबरुद्धका कारण पूर्वबाट काठमाण्डौँ लगायतका ठाउँमा जाने सवारीहरु अलपत्र परेको छ । पूर्वका लागि सहजर...
जिल्ला प्रहरी कार्यालय उदयपुरको रक्त्तदान कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय उदयपुरको रक्त्तदान कार्यक्रम सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन २८ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवको अवसरमा सञ्चालन गरेको रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालको प्रमुख अतिथ्यमा आईतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको रक्त्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उदयपुर र जिल्ला अस्पताल उदयपुरको समन्वय एवं प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए । थापाका अनुसार उक्त कार्यक्रममा नेपाली सेनाबाट ६ जना,नेपाल प्रहरीबाट २३ जना र सशस्त्र प्रहरी बलबाट ४ जनाले रक्तदान गरेका छन् । साथै बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं सर्वसाधारणहरु १३ जना गरी जम्मा ४६ जनाले रक्तदान गरेको थापाले बताए ।...
किरात राई कर्मचारी मन्चको केन्द्रीय अध्यक्षमा खिलराज राई उपाध्यक्षमा अनिल किराती

किरात राई कर्मचारी मन्चको केन्द्रीय अध्यक्षमा खिलराज राई उपाध्यक्षमा अनिल किराती

Breaking News 2, समाचार
पूर्णपुष्टि, २८ साउन । किरात राई कर्मचारी मन्चको अध्यक्षमा खिलराज राई र उपाध्यक्षमा कटारी नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल किराती चयन भएको छ । मन्चको ५ औँ अधिबेशनबाट नेपाल सरकारका कर्मचारी राई र किराती नेतृत्वमा चयन भएको हो । यस्तै महिला उपाध्यक्ष कोपिला राई, महासचिव अविलाल राई सचिव, योग्यप्रसाद राई सचिव, जंग बहादुर राई कोषाध्यक्ष, ध्यानविर राई सह कोषाध्यक्ष, विश्वनाथ राई सह कोषाध्यक्ष, चन्द्रशेर राई सदस्य, रन्जना राई, सदन राई, हिराधन राई, सन्जिब राई, बलराम राई, खोमबहादुर राई, शान्तराज राई , रेखा राई, खम्बराज राई, पुजा राई, शकुन्तला राई, नानुकला राई, नवीन राई, संगम राई, अन्जना राई, विनोद राई, विकास राई, तारादेवी राई, उषा कुमारी राई, धनमाया राई, मैयाँ राई, जितबहादुर राई रहेको छ ।...
त्रियुगा नगरपालिकामा शिक्षकहरुको धर्ना

त्रियुगा नगरपालिकामा शिक्षकहरुको धर्ना

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, २८ साउन । त्रियुगा नगरपालिकामा शिक्षकहरुले धर्ना बसेको छ । सरकारले ल्याएको शिक्षा ऐन विधेयक माथी प्रश्न गर्दै शिक्षकहरु धर्नामा वसेको हो । शिक्षक माहासंघ त्रियुगा नगरपालिका र माताहतका संघ घटकहरुले ३ घण्टे धर्ना सहित ज्ञापन पत्र बुझाएको छ ।  माहासंघका जिल्ला अध्यक्ष यादव बस्नेतले यो पहिलो चरणको आन्दोलन रहेको जनाए । आईतबार शिक्षक संगठनका पालिका कार्यसमितिले आन्दोलन गरेको जनाए । थप आन्दोलनका लागि जिल्ला कार्यसमितिको यहि ३० गते आन्दोलनको कार्यक्रम रहेको जनाए । आईतबार ८ ओटै पालिकाहरुमा पालिका स्तरीय धर्ना र बिज्ञाप्तीको कार्यक्र रहेको जनाए । जिल्लाले पनि सोही कार्यलाई आन्दोलनमा निरन्तरता दिने अध्यक्ष वस्नेतको भनाई छ । पहिलो सरकारमै शिक्षक माहासंघ सरकार सँग ५१ र ३० बुद्धे सम्झौता सरकार सँग गरेको शिक्षकहरुले जनाएको छ । तर त्यस सम्झौतालाई बेवास्ता गरी हावादारी नियमहरु लागु गर्दै श...