Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

सगरमाथा बृषि उपज बजारमा नयाँ कार्यसमिति

सगरमाथा बृषि उपज बजारमा नयाँ कार्यसमिति

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौं २ । सगरमाथा कृषि उपज बजार सञ्चालक समिति गाईघाटको नयाँ कार्यसमिति चयन भएको छ । दशरथ साहको अध्यक्षतामा ६ सदस्यीय नयाँ समिति बनेको हो । आज सम्पन्न समितिको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा मधु गुप्ता, ब्रम्हदेव चौधरी, ओमनारायण चौधरी, जिविन राई र भुपध्वज बस्नेत रहेका छन् ।...
सगरमाथा कृषि उपज बजार सञ्चालक समितिद्वारा साधारणसभा तथा अधिवेशन आयोजना

सगरमाथा कृषि उपज बजार सञ्चालक समितिद्वारा साधारणसभा तथा अधिवेशन आयोजना

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सगरमाथा कृषि उपज बजार सञ्चालक समितीको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन रोक्न नगरपालिकाले पत्रचार गरेपनि समितिले आजै आयोजना गरेको छ । कार्यक्रमको सबै तयारी र पत्रचार भइसक्दा एक्कासी हिजो स्थगितको पत्र आएपछि समिति र आम ब्यापारीको मत अनुरुप साधारण सभा तथा अधिवेशन गरिएको अध्यक्ष दुर्गानन्द चौधरीले बताए । नगरपालिकाले समितिबाट आम्दानी प्राप्त नभएको भन्दै गत असार १० गतेको नगरसभाबाट पुरानो गाईघाट हवाईफिल्ड स्थित कृषि उपज बजार ठेक्का लगाउने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ । नगरपालिकाको निर्णयप्रति असन्तुष्ट समिति र ब्यापारीहरुले पूर्वाग्रही ब्यवहार भएको आरोप लगाएका छन् । कृषि बजार ब्यवस्थापन जिम्मेवारी, भुमिका र दायित्वबाट पन्छिदै आम्दानी मात्र खोजेको आरोप उनीहरुको छ । बढि आम्दानी लिने नाममा ब्यापारीहरुलाई मारमा पार्न खोजेको आरोप छ ।स्थान...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने २२ बर्षीय सिजन मगर र संगमचोक बस्ने १९ बर्षीय सुमित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार दिउँसो १ बजे त्रियुगा नगरपालिका–६ लालपत्ता स्थितमा लाहानबाट गाईघाटतर्फ आउँदै गरेको विङ्गरमा सवार उनिहरुलाई फेनारगन ४, डाईजेपाम ४ र लुपिजेसिक ४ गरी जम्मा १२ एम्पुल सहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी चौधरीले जनाए ।...
बेलका नपामा मेयरकाे सचिवालयले तालाबन्दि र कर्मचारी हाजिरिखाता कब्जा

बेलका नपामा मेयरकाे सचिवालयले तालाबन्दि र कर्मचारी हाजिरिखाता कब्जा

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदाैं १ । उदयपुरको बेलका नगरपालिकाका मेयर अशोक कार्कीको सचिवालयले कर्मचारी हाजिरीखाता कब्जामा लिनुका साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ । गत साउन ३१ गते त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम सरुवा भई अन्यत्र गएको भोलीपल्ट सचिवालयले तालाबन्दी र कर्मचारी हाजिरीखाता कब्जामा लिँदा अधिकृतहरु हाजिरविहिन बनेका हुन् । कार्यालय प्रमुखको माताहतमा हाजिर हुनुपर्नेमा सचिवालयमा हाजिर गर्न उर्दी गरिएको थियो । काठमाडौं रहेका मेयर कार्कीको निर्देशनमा सचिवालयले तालाबन्दी र हाजिरीखाता कब्जा गरेको स्रोतको दावी छ । मर्यादा र नियमअनुरुप नभएको भन्दै साउन ३२ गते तीनजना अधिकृतहरुले हाजिर गरेनन् । हाजिर नगरेपनि उनीहरुले जनताको सेवा प्रवाह भने सुचारु राखेका थिए । सचिवालयले आज हाजिरखाता अधिकृतको कार्यकक्षमा फिर्ता गरेपनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको तालाबन्...
सगरमाथामा झोलामुक्त ह्याप्पी फ्राईडे प्रोग्राम

सगरमाथामा झोलामुक्त ह्याप्पी फ्राईडे प्रोग्राम

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १ । उदयपुरको सदरमुकाम गाईघाटस्थित सगरमाथा मोडेल स्कुलले तनावमुक्त, मनोरञ्जनात्मक, व्यावहारिक सिकाईका लागी पाठ्यपुस्तक तथा झोला मुक्त ह्याप्पी फ्राईडे प्रोग्रामको सुरुवात गरेको छ । पाठ्यक्रमको व्यावहारिक प्रयोगद्धारा दिगो सिकाइलाई सुनिश्चित गर्न, व्यावहार कुशल, जिवन उपयोगी सिप, बालबालिकामा विकास गर्न यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिईएको छ । उत्साह र खुसी विद्यार्थीबाट मात्र सिकाई सम्भव हुने भएकोले विद्यार्थीको रुची र क्षमता अनुरुपका अति क्रियाकलाप आयोजनामा सम्पूर्ण विद्यार्थीलाई सहभागी गराई कार्यक्रम आयोजना गर्न थालिएको विद्यालयका प्रबन्ध निर्देशक प्रकाश खत्रिले बताएका छन् । पाठ्यक्रम अनुरुपमा परियोजना कार्य र विद्यार्थीको प्रतिभालाई प्रष्फुटन गर्ने अन्य संगित, खेलकुद, वक्तित्क कला, हाजिरी जवाफ चित्रकला, हस्तकलाका कार्यक्रमलाई प्राथमिकतामा राखिने छ ‘उनले भने’ ब...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश सभा सचिवालयमा भदौ ३ गतेको समय निर्धारण गर्दै विश्वासको मत लिने प्रस्ताव पेश सम्बन्धि सुचना दिएका थिए । सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने सैवैधानिक प्रावधान रहेकोले सोही अनुसार थापाले विश्वासको मत लिन लागेका हुन् । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हिक्मत कुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको समर्थन सहित हस्ताक्षर पनि प्रयोग भएको थियो । सभाम...
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–११ बस्ने १७ बर्षीय सुरज मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शुक्रबार बिहान अन्दाजी ५ बजे चौदण्डिगढी नगरपालिका–१० स्थित स्व. मदन भण्डारी स्मृती लोकराजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक ( डिएसपी ) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार गाईघाटबाट बेल्टार तर्फ जादैँ गरेको ना.६ त नम्बरको ट्याक्टर खैरा झोडामा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलीले उद्धार गरी उपचारको लागी अस्पताल पठाएको डिएसपी चौधरीले जनाए । मुखमा चोट लागेर गम्भिर घाईते भएका मगरको उपचारको क्रममा वि.पि. कोईराला स्वास्थ्य विधि विज्ञान प्रत...
त्रियुगाको सबै ठाउँमा डेँगु बिरुद्धको बिषादी छिट्न नगरपालिकालाई ध्यानाकर्षण

त्रियुगाको सबै ठाउँमा डेँगु बिरुद्धको बिषादी छिट्न नगरपालिकालाई ध्यानाकर्षण

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३२ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले डेँगु नियन्त्रण गर्न नगरपालिकालाई आह्वान गरेको छ । पछिल्लो समय बढेको डेँगुबाट त्रियुगावासीहरुलाई सुरक्षित गर्न आवश्यक कदम चाल्न संघले आह्वान गरेको हो । त्रियुगा नगरपालिकाले हाल गाईघाट बजार एरिया परिसरमा मात्रै बिषादी छिटेको गुणासो संघलाई आएको भन्दै अन्य वडा तथा स्थानहरुमा पनि बिषादी छिट्न आह्वान गरेको हो । बजार बाहेक देउरी, जलजले, बगाहा, चुहाडे, लालपत्ता लगायत स्थानहरुबाट पनि बिषादी छिट्न माग भएपछि सोही अनुसार संघले नगरपालिकालाई ध्यानाकर्षण समेत बुझाएको छ । संघले त्रियुगाकावासीहरुलाई सुरक्षित हुनेगरी नगरको सबै स्थानमा बिषादी छिट्न माग सहित ध्यानाकर्षण बुझाएको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । बजार बाहेक अन्य स्थानहरुबाट जनगुणासो आएको भन्दै गुणासो सुनुवाईमा दवाव दिँदै ध्यानाकर्षण बmुझाएको अध्यक्ष रसाईलीको भनाई छ ।...
उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

उदयपुरमा राप्रपाको एक दिने जिल्ला परिषद् भेला

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ साउन । राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाले उदयपुरमा एक दिने जिल्ला परिषद् भेला आयोजना गरेको छ । बुधबार गाईघाट एवान होटल स्थित जिल्ला पदाधिकारी लगायतका उपस्थितिमा परिषद् भेला भएको हो । भेलामा राप्रपालाई नयाँ ढँगबाट अघी बढाउने बारे बृहत छलफल भएको छ । पार्टीलाई नविन योजनाको माध्यमबाट सफल बनाउने गरी बिभिन्न बिभाग तथा संगठनहरु निर्माण गरी अघि बढ्ने बारे उपपस्थितिहरुले कुरा उठाएको छ । पार्टीले हाल “नविन राप्रपा” भन्ने अभियाननै पनि संञ्चालन गरेको छ । केन्द्र देखी टोल सम्म नविन राप्रपा अभियान संञ्चालनमा ल्याउने र पार्टीलाई थप सुधार गर्ने परिषद्ले लक्ष्य राखेको छ । राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको प्रमुख आतिथ्यतामा जिल्ला भेला आयोजना गरिएका थिए ।...
उदयपुरमा भैँसी चोरी गर्ने भारतीय नागरीक पक्राउ

उदयपुरमा भैँसी चोरी गर्ने भारतीय नागरीक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरमा भैँसी चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुबनी ग्राम पंचायत लालमनिया थाना लौकाह वडा नं २ बस्ने ३० बर्षीय दिप कुमार भिमदवार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार साँझ ५ बजे त्रियुगा नगरपालिका– ५ देउरी बस्ने धुर्ब बहादुर खड्काको गोठबाट भैँसी हराएको थियो । खड्काले भैँसी हराएको भन्ने मौखिक जानकारी ईलाका प्रहरी कार्यालय जलजलेमा गराउन साथ तत्काल खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देउरीमा स्थानियलाई मेरो भैँसी रु ७५ हजारमा किन भनि हिडिरहेको अवस्थामा यादवलाई फेला पारी भैँसी सहित नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट दिन ५ म्याद लिई...