Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

नुवाकाेटमा संसद विघटनकाे विरूद्ध मसाल जुलुस

नुवाकाेटमा संसद विघटनकाे विरूद्ध मसाल जुलुस

समाचार
पूर्णपुष्टि, माघ १८ । प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले संसद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान गरेका छ्न । जुलुस निरुत्साहित गर्न बट्टार चोकमा प्रहरी परिचालन गरिएपनि युवा बिध्यार्थीको उल्लेख्य उपस्थिती रहेकोले प्रहरीले मसाल जुलुस नियन्त्रण लिन भने सकेन ।प्रर्दशनका क्रममा केहि प्रर्दशनकारी सामान्य घाईते समेत भएका छन् । नेपाल तरुण दल अध्यक्ष सिंह राज तमाङ, नेपाल विद्यार्थी संघ अध्यक्ष उत्तम पाठक, नेपाल तरुण दल जिल्ला सचिब सुबन गिरी, नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति कृष्ण मिश्र, नेपाली कांग्रेसका नेता लक्ष्मण श्रेष्ठ, नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र प्रकाश गजुरेल, सुबर्ण श्रेष्ठ ...
एलिनाले जितिन् पहिलो वाईवाई नेपाल स्टारको उपाधी

एलिनाले जितिन् पहिलो वाईवाई नेपाल स्टारको उपाधी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १८ पहिलो नेपाल स्टारको उपाधी पोखराकी एलिना गुरुङले जितेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारित पहिलो वाईवाई नेपाल स्टारको उपाधी गुरुङले जितेकीछिन् । शनिवार भएको ग्राण्ड फिनालीमा ४ प्रतिस्पर्धिहरु पुगेका थिए । ४ मध्य सबै भन्दा बढी भोट प्राप्त गर्दै एलिना वाईवाई नेपाल स्टार बन्न सफल भईन् । वाईवाई नेपाल स्टार बने सँगै एलिनाले ३५ लाख पुरस्कार राशि जितेकी छिन् । साथै रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी बाट १ करोड बराबरको जिवन बिमा समेत प्राप्त गरिन् अन्य उपबिजेता ३ प्रतिस्पर्धिहरु सुरेश लामा, लक्ष्मण लिम्बु र शन्देस लामाले जनही नगद रु ५ लाख र ५० लाख बराबरको जिवन विमा प्राप्त गरेका छन् ।  ...
कन्चनपुरमा नक्कली नोट सहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गर्यो

कन्चनपुरमा नक्कली नोट सहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गर्यो

समाचार
पूर्णपुष्टि, माघ १८ नक्कली नेपाली नोट सहित कन्चनपुरबाट २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । कन्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीले पक्राउ गरेको हो । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ । ...
स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु

स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १६ गाईघाटमा लामो समय देखि भाडामा संञ्चालन रहेको समता स्कुलले आफ्नै भवन नर्माण सुरु गरेको छ । हाल ४ क्लास सम्म पठन पाठन गराईरहेको स्कलले यो बर्षको शैक्षिकसत्र देखि आफ्नै भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउने जमर्काे गरेका छन् । विद्यालयले १५ कोठे बराबरको भवन निर्माण गर्न लागेको छ । समयमै भवन निर्माण भएमा यसै बर्षबाट आफ्नै भवनमा पठनपाठन सुरु गर्ने समता स्कुलकी प्रिन्सिपल लक्ष्मी राईल बताईन् । लामो समय देखि भाडा लिएर विद्यार्थीहरुलाई पढाईरहेको भन्दै आफ्नो भवन नहँदा विद्यार्थी व्यवस्थापनमा निकै समस्या परेको राईले बताईन् । आफ्नै भवन निर्माण तयार गरेपछि क्लासहरु थप गर्न सहज हुने र कक्षा ५ समेत भवनमै संञ्चालन गर्ने राईले बताईन् ।त्रियुगा नगरपालिका ११ शिवालय टोल स्थित समताको भवन निर्माण कार्य सुरु भएको छ । हाल विद्यार्थीहरुलाई अरुको घरमा कोठा भाडामा पढाईरहेको समताले आर्थि...
नेकपा बिभाजनको असर ः रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको फेरि सिल्यान्यास

नेकपा बिभाजनको असर ः रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको फेरि सिल्यान्यास

समाचार
पूर्णपुष्टि, माघ १७ रोल्पामा निर्माण भईरहेको पुलको २५ प्रतिशत काम सकिएपछि शनिवार फेरी सिल्यान्यास हुने भएको छ । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् । पुलको सिल्यानस नेकपा बिभाजनको मुख्य जड देखिएको छ । उद्घाटन गर्नु पर्ने फुलको भखर सिल्यान्यास हुने भएपछि प्रचण्ड–माधव समूहले भने आपत्ति जनाएको छ । सामान्यतयाः कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ  । तर, २५ प्रतिशत निर्माणकार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आ...
कोरोना खोपमा असर देखियो

कोरोना खोपमा असर देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १७ हालै नेपालमा सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा अग्र पंक्तिमा खट्नेहरुलाई खोप लगाउने भनिए सँगै नेपालमा आज खोप अभिान ३ दिन भएको छ । सो अभियानमा अन्तरगत स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको खोप धमाधम लगाईँदै छ । हाल ३ दिनको अवधिभर नेपालभरी ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाई सकेका छन् । तर खोप लगाई सकेका केहि व्यक्तिहरुमा भने यसले असर देखाएको छ । कर्णाली प्रदेशमा खोप लगाएका एक जनालाई घम्भिर स्वास्थ्य समस्या देखाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोविन खड्काले बताए । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ ...
अब कक्षा ११ र १२ मा गणित बिषय अनिवार्य

अब कक्षा ११ र १२ मा गणित बिषय अनिवार्य

शिक्षा, समाचार
पूर्णपुष्टि, माघ १७ ऐच्छिक विषयका रुपमा अध्यान गरिरहेको कक्षा ११ र १२ मा गणित र समाजिक अध्यान अब अनिवार्य बिषयमा राखिने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । गणित विषय अनिवार्य नभएमा उच्चशिक्षामा विज्ञान, प्रविधि र इञ्जिनीयरिङजस्ता विषयमा गम्भीर असर पर्ने सम्बन्धित विज्ञहरुको भनाई अनुसार यस बिषयलाई अनिवार्य गरिएको छ ।गणित सँगै सामाजिक अध्यान पनि अनिवार्य बिषयमा समावेश गरिएको छ । गणित विषयले विद्यार्थीमा हरेक विषयका बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमता एवम् विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको विकास गराउने विज्ञको तर्क सहित गणित बिषय अनिवार्य बनाएको हो । ग...
आगो ताप्ने क्रममा खोटाङमा एक बृद्धाको जलेर मृत्यु

आगो ताप्ने क्रममा खोटाङमा एक बृद्धाको जलेर मृत्यु

समाचार
पूर्णपुष्टि, माघ १७ आगो तापिरहेको अवस्थामा खोटाङमा एक बृद्धाको जलेर मृत्यु भएको छ । खोटेहाङ गाउँपालिकाकै सबै भन्दा बढी उमेरकी जेष्ठ नागरिक हिमादेवी अधिकारीको जलेर घाईते भएको अवस्थामा मृत्यु भएको हो । जाडो मौसमका कारण आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको हो । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो तापिरहेकी अधिकारीको शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी थिईन् । घाईते हिमादेवीलाई घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।  ...
२६ स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि प्रशिक्षण तालिम

२६ स्वास्थ्यकर्मीलाई कुपोषण सम्बन्धि प्रशिक्षण तालिम

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १७ कुपोषण व्यवस्थापनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाअन्र्तगत मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)उदयपुरले स्वास्थकर्मीलाई सात दिनको तालिम दिएको हो । वल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको समन्वयमा आयोजित तालिममा जिल्लाको चौदण्डिगढी नगरपालिका वाहेकका सात वटा स्थानीय तहका २६ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । पोषणका सवालमा एकिकृत प्याकेज सम्बन्धि तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकिय पंक्षको क्षमता अभिबृद्धी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । त्यसैगरी पोषण सम्बन्धि व्यवहार सुधारका लागि परामर्श बिधीद्धारा ज्ञान, सिप र धारणा सकारात्मक परिवर्तन गर्न प्...
स्रोत नखुलेको ३८ लाख नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो

स्रोत नखुलेको ३८ लाख नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो

समाचार
पूर्णपुष्टि, माघ १६ स्रोत नखुलेको ठुलो रकम सहित ५ जनालाई महानगरीय प्रहरीले काठमाण्डौँको न्युरोडबाट पक्राउ गरेको छ । उनिहरुसँग चेक र नगद सहित ३८ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत जनसेवाबाट खटिएका प्रहरीले २२ लाख आठ हजार १५० रुपैयाँ नगद र २४ थान चेक बरामद गरेको छ । प्रहरीले शंकास्पद रूपमा हिँडिरहे ५ जनालाई नियन्त्रणमा लिई खान तलासी गर्दा सो रकम र चेक फेला पारेको हो । पक्राउ पर्नेहरुमा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुरको थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ बस्ने २७ वर्षीय भीमसेनबहादुर तामाङ रहेका छन् । पक्राउ परेका सबैलाई सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग पुलचोक पठाईएको प्रहरीले जनाएको छ ।    ...