Monday, April 20News That Matters

Month: ९ महिना अगाडि

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १५ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी स्थितमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३५ बर्षीय जिवन वि.क. रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहिबार बिहान ६ बजेको समयाम काठमाण्डौँबाट इटहरी तर्फ जादैँ गरेको प्र १–०२–००१ ख ९२६० नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक साईडमा पल्टी दुर्घटना भएको हो । दुर्घटनाबाट शरिरको विभिन्न भागमा चोटपटक लागी गम्भिर घाईते भएका विकलाई उपचारको लागी जिल्ला उदयपुर ल्याईएकोमा ७ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जोगिदहका क्यान्सर पीडित राईलाई आर्थिक सहयोगको अपिल

जोगिदहका क्यान्सर पीडित राईलाई आर्थिक सहयोगको अपिल

Breaking News 1
पूर्णपुष्टि, साउन १३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदह निवासी राम कुमार राईलाई क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ । जोगीदह निवासी ना.प्र.नं. १४१०१४÷१०४२८९ का राई हाल बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । क्यान्सर भएका राईको निरन्तर उपचार आवश्यक भएको तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भएको छ । विपन्न परिवारका राईको परिवारले महँगो उपचार खर्च व्यहोर्न नसक्ने अवस्थामा पुगेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज चौधरीले राईको अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोगका लागि सिफारिस गरेका छन् । चौधरीले भने, ‘राम कुमार राई हाम्रो वडाका नागरिक हुन् । उहाँको स्वास्थ्य अवस्था गम्भीर छ र तत्काल उपचार आवश्यक छ ।’ विभिन्न संघ संस्था तथा व्यक्त्तिहरुले कार्यालय तथा घरदैलोमा आउदा आफ्नो स्वेच्छाले आवश्यक ...
उदयपुरमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १४ । उदयपुरको त्रियुगा नगरपालिका–८ बगचौरी स्थितमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत्त प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत कर्मचारी त्रियुगा–१० बोक्से बस्ने ४५ बर्षीय राम कृष्ण राजधामी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार दिउँसो साढेँ ५ बजेको समयमा बागचौरी स्थितमा विद्युतको पोलमा चढी बिद्युत लाइन बनाउने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका राजधामीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उनको उपचारको क्रममा ६ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ब्याटमिन्टन संघ उदयपुरद्धारा पशुपति प्रसाद गणका प्रमुख सेनानी कार्कीलाई स्वागत, वाग्लेलाई बिदाई

ब्याटमिन्टन संघ उदयपुरद्धारा पशुपति प्रसाद गणका प्रमुख सेनानी कार्कीलाई स्वागत, वाग्लेलाई बिदाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १३ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले श्री पशुपति प्रसाद गण बोक्सेका नव–आगन्तुक प्रमुख सेनानी मनोज कार्कीलाई स्वागत गर्दै निवर्तमान प्रमुख सेनानी शिव प्रसाद वाग्लेलाई बिदाई गरेको छ । मंगलबार बोक्सेस्थित जिल्ला ब्याटमिन्टन संघको कबर्डहलमा एक कार्यक्रमको आयोजना गर्दै प्रमुख सेनानी मनोज कार्कीलाई जिल्लामा स्वागत गरिएको हो भने प्रमुख सेनानी शिव प्रसाद वाग्लेलाई बिदाई गरिएको हो । संघका अध्यक्ष कालिदास राई (किसन) ले मायाको चिनो स्वरुप ब्याटमिन्टन संघको टिसर्ट प्रदान गर्दै सैनिक इन्टेलिजेन्स निर्देशनालय काठमाडौँ सरुवा भएका प्रमुख सेनानी वाग्लेलाई बिदाई गरेका हुन् ।...
उदयपुरमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

उदयपुरमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १२ । उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का स्थानीय सिद्धेश्वर माध्यामिक विद्यालय मुसहर्नीयाका ४८ बर्षीय शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार शिक्षक गिरीले गत असार १७ गते चौदण्डीगढी–७ स्थित एक होटलमा जबरजस्ती करणी गरेको भन्दै पिडित महिलाले उजुरी दिएपछि गिरीलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका गिरीको सम्बन्धमा जिल्ला अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
प्रहरीद्धारा गोली हानी लागुऔषध कारोबारी पक्राउ

प्रहरीद्धारा गोली हानी लागुऔषध कारोबारी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ११ । झापाको भद्रपुर नगरपालिका–५ बाट प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ वर्षीय मोहमद इस्लाम रहेका छन् । कोशी प्रदेश प्रहरी कार्याल्य बिराटनगरका अनुसार शनिबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रहरीका अनुसार लागुऔषध बरामद भएपछि इस्लामलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई नै हातपात गरेका थिए । आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली प्रहार गर्न बाध्य भएको जनाएको छ । इस्लामको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका इस्लामको प्रहरीको निगरानीमा बि.पि. कोइ...
बस्ती जोगाउन श्रममा जुटेका स्थानीयलाई वाईसिएल उदयपुरको साथ

बस्ती जोगाउन श्रममा जुटेका स्थानीयलाई वाईसिएल उदयपुरको साथ

Breaking News 2, समाचार
पूर्णपुष्टि, ११ साउन । उदयपुरको त्रियुगा नगरपालिका १ मैना स्थित राई टोल बाढीको उच्च जोखिममा छ । खोरिया खोलाले वस्ती तर्फ कटान हाने पछि स्थानीयहरु त्रसित छन् । यो बर्षामा पानी कम परेको भएपनि केहिदिन अघिको बर्षाले भने बस्ती तर्फ कटान सुरु गरेको छ । बस्ती कटान सँगै सम्बन्धीत ठाउँहरुमा हार गुहार गरेपनि बजेट अभाव देखाउँदै समस्या समधान हुन सकेन । उक्त कटान नजिकै अन्दाजी डेड सय मिटर पर मात्रै सामुदायीक विद्यालय र ठुला वस्ती छ । त्यस वस्तीलाई जोगाउन स्थानीयहरुले जनप्रतिनिधि, राजनितिक दल, त्रियुगा नगरपालिका सँगै १ नं वडा कार्यालयलाई पनि जानकारी गराई वस्ती बचाउन आह्वान गरेका थिए । तर वडाले बजेट नभएका कारण वस्ती जोगाउनका लागि बाँध निर्माण गर्न नसकिने बताए । सम्बन्धित सरकारको यस्ता खाले कुरा पछि स्थानीयहरु आफै श्रममा खटिए । त्यस श्रम अभियानका लागि गोधुली युवा समूहले नेतृत्व गरेको छ । केहि हप्ता अघि...
सामान ढुवानी गर्न फोक्सिनटारमा घिर्नीको प्रयोग

सामान ढुवानी गर्न फोक्सिनटारमा घिर्नीको प्रयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १० । उदयपुर र खोटाङ जिल्ला जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा सामान ढुवानी गर्नको लागी घिर्नी जडान गरिएको छ । गत असोज १२ गते आएको अविरल बर्षा सहितको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । एक करोड बढी लागतमा ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरेर गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । वर्षा सुरु भएसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्णरूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । बेलीब्रिजसमेत झिकिएपछि विकल्पमा घिर्नी जडान गरिएको हो । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–र...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा तिन जना घाईते

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा तिन जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १० । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ रातमाटे डाँडास्थितमा मोटरसाईकल दुर्घटना हुँदा तिन जना घाईते भएकाम छन् । गएराती साढेँ ७ बजेको समयमा मदनभण्डारी राजमार्ग अन्तर्गत बसाहादेखी बेल्टार तर्फ आउँदै गरेको मे २ ख ६५२२ नं. को मोटरसाईकल दुर्घटना हुँदा चालक मिन गिरी पछाडी सवार २५ बर्षीया रोजिना रोका र १७ बर्षीया भावना रम्तेल घाईते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चालक गिरी नगर अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किएका छन् भने पछारी सवार दुबै युवतीको धरानस्थित घोपा क्याम्पमा उपचार भईरहेको छ । सो क्षेत्रमा अहिले सडकको कालोपत्रे चर्किन्दै गएपछि सडक मर्मतको काम भइरहेको छ ।...
कोशी सहित तिन प्रदेशका चार मुख्य सडक पूर्णरुपमा अवरुद्ध

कोशी सहित तिन प्रदेशका चार मुख्य सडक पूर्णरुपमा अवरुद्ध

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १० । बाढी पहिरोका कारण कोशी सहित तिन प्रदेशका मुख्य चार सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कोशी, कर्णाली र बागमति प्रदेशका मुख्य चार राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएका छन् भने केही सडकहरू एकतर्फी मात्र सञ्चालनमा आएका छन् । कोशी प्रदेशको संखुवासभाको भोटखैला गाउँपालिका–४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । यो कर्णाली प्रदेशको मुख्य यातायात मार्ग हो जसले भारतीय सीमादेखि चीन सीमासम्म जोड्छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । यो सडकखण्ड कर्णाली प्रदेशको दोस्रो मुख्य यातायात मार्ग हो । बाढी आएपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ ।...