Monday, July 6News That Matters

Month: १ वर्ष अगाडि

गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

गाईघाटमा सुनचाँदी व्यवसायीहरुले गरे सिठ्ठी जुलुस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० असार । गाईघाट स्थित सुनचाँदी व्यवसायीहरुले सिठ्ठ जुलुस गरेको छ । शुक्रबार पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अब्यवहारीक करको बिरुद्धमा आन्दोलन जारी राखेको छ । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले यसको बिरुद्धमा संयुक्त आन्दोलन गरिरहेको छ । गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ । व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट नित...
सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

सेनाको स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित

Breaking News 1, Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १९ । श्री पशुपति प्रसाद गण, बोक्सेले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी सदरमुकाम गाईघाटबाट टाढा रहि अत्यावश्यक सुविधाहरुबाट पिछडिएको समुदायमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । बेलका नगरपालिका–२ स्थित भागलपुरको बनडाँडामा शिविर संचालन गरिएको हो । शिविरमा स्थानियहरुलाई विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा दिइएको गणले जनाएको छ । बाक्लोे बसोबास रहेको सो ठाउँमा अधिकतम स्थानियहरु सहभागी भइ शिविरबाट लावान्भित भएका थिए । शिविर प्रभावकारी भएपछि स्थानीयले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गरेका छन् । स्थानीयले नेपाली सेनाप्रति सकारात्मक झुकाव र नागरिक–सैनिक सम्बन्ध प्रगाढ भएको महशुस गरेका छन् । रेडक्रस भवन परिसरमा सञ्चालित शिविर श्री पशुपति प्रसाद गणको समन्वय तथा सहकार्यमा श्री नं.१८ फि.ए.गुल्मका प्रा.सह सेनानी डा.शंकर दयाल शाह, नेपाल नेत्र ...
उदयपुरमा सुनचाँदी व्यवसायीहरुको चरबद्ध आन्दोलन, कारोवार ठप्प

उदयपुरमा सुनचाँदी व्यवसायीहरुको चरबद्ध आन्दोलन, कारोवार ठप्प

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ असार । उदयपुरमा सुनचाँदी व्यवसायीहरुले चरणबद्ध आन्दोलन जारी राखेको छ । पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अनावश्यक करको निर्णय फिर्ता लिनु पर्ने उतिहरुको माग छ । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले हाल संयुक्त आन्दोलन गरिरहेको छ । गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ । व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट निति नियामावली ...
लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको पाँचौ बैठक सम्पन्न, केके भयो निर्णय ?

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको पाँचौ बैठक सम्पन्न, केके भयो निर्णय ?

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ असार । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना व्यवस्थापनको पाँचौ बैठक सम्पन्न भएको छ । सोमवार गाईघाट स्थित होटल कोहवरमा बैठक सम्पन्न भएको हो । त्रियुगा नगर प्रमुख तथा लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिका अध्यक्ष समेत रहेका बसन्त बस्नेतको सभाध्यक्षमा बैठक सम्पन्न भएको हो । बैठकमा बस्नेत सहित उप्रमुख महेश्वरी राई, चौदण्डीगढीका मेयर कालुमान लामा उपमेयर मणिका देवी दुलाल, कटारीका नगर उपप्रमुख गिता खड्का, लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, त्रियुगा नगर सामाजिक बिकास शाखा प्रमुख राजकुमार खड्का लगायतका कर्मचारीहरु थिए । यता जिल्ला अस्पताल उदयपुरबाट डा. रन्दिप राउत, उपस्थित रहे भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमन बानिया, प्...
त्रिनपा १६ का १० सुत्केरी आमालाई पोषण सामाग्री र आर्थिक सहयोग प्रदान

त्रिनपा १६ का १० सुत्केरी आमालाई पोषण सामाग्री र आर्थिक सहयोग प्रदान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ असार । त्रियुगा नगरपालिका वडा नं १६ ले १० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेको छ । वडा भित्रै रहेका स्वास्थ्य संस्थामै प्रसुति गराउने सुत्केरी आमाहरुलाई पोषणजन्य सामाग्री तथा ५ हजारको दरले आर्थिक सहयोग गरिएको हो । आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य चौकी चिलाउनेले उक्त कार्यक्रम आयोजना गरेको हो । वडाले आफ्नै क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुतिको अभियानलाई सार्थकता बनाउन खोजेको छ । यस कार्यक्रमले सुत्केरी आमाहरुलाई सुरक्षित प्रसुति र टाढाको हस्पिटलमा झन्झट र खर्चको अवस्थालाई समेत न्युनिकरण गरेको छ । वडा अध्यक्ष मान वहादुर राईले यस कार्यक्रम पश्चात वडावासी आमाहरुले वडाकै स्वास्थ्य संस्थामा प्रसुतिमा गर्ने बानी बसाल्नुका साथै वडा भित्र रहेको स्वास्थ्य संस्थामा प्रसुतिका लागि विश्व...