पत्रकार दिवाकर शाहमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग
पूर्णपुष्टि, असार २५ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिले एचटिपी खबरका पत्रकार दिवाकर शाहमाथि महोत्तरीको पूर्वाधार विकास कार्यालयमा दुव्र्यवहार गर्नेलाई कारवाहिको माग गरेको छ ।
बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिका महासचिव शैलेन्द्र महतोले निकालेको प्रेस विज्ञप्तमा शाहमाथि भएको दुव्यवहारप्रति महासंघको ध्यानाकार्षण भएको भन्दै समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप रहेको जनाएको छ । असार २३ गते राती पूर्वाधार विकास कार्यालयमा ठुलो रकमको चलखेल भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी सहित रिपोर्टिङमा गएका शाहमाथि केहि व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए ।
रिपोर्टिङ गर्न जानु अघि नेपाल प्रहरीका एक प्रहरी वरिष्ठ नायव निरिक्षक (सहि) लाई आफ्नो सुरक्षको जिम्मा लिनुहुन्छ भन्दा सुरक्षाको जिम्मा लिन्छु भने...









